३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी फाउन्डेसनले बनाएको घर एक कार्यक्रमका बीच विहिबार हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले टुकी फाउन्डेसनले निर्माण गरेको भुकम्प प्रतिरोधात्मक ४ वटा घर चेपाङ समुदायका एकल महिलालाई हस्तान्तरण गरेका हुन् । घर हस्तान्तरण गर्दै प्रदेशसभा सदस्य बानियाँले फाउण्डेसनले मनहरी गाउँपालिकाको समन्वयमा अतिविपन्न चेपाङ समुदायका एकल महिलालाई घर बनाईदिएर अनुकरणीय कार्य गरेको बताउँदै आउँदा दिनहरुमा पनि मकवानपुरका विकट क्षेत्रमा विपन्न परिवारलाई घर बनाएर सहयोग गर्न आग्रह गरिन् ।
नेता बानियाँले मजदुरी गरेर जीविका चलाउनुपर्ने गरिब, अतिविपन्न तथा एकल महिलाहरु पक्की घर भएपछि सुरक्षित भएर बस्न पाउने बताउँदै अव विपन्न परिवारहरुलाई सीपमुलक तालिमका साथै रोजगारीको अवस्था सिर्जना गर्न प्रदेश सरकारसंग समन्वय गरेर गाउँपालिका लाग्नुपर्ने बताए ।
टुकी फाउन्डेसनले मनहरी गाउँपालिका-४ नयाँबस्ती, मनहरी-६ को प्रतापपुर र नयाँवस्ती, मनहरी-८ सिम्पानीका एकल महिलाहरु सानुमाया प्रजा, सविता प्रजा, प्रविना प्रजा र जातिमाया प्रजालाई सुरक्षित आवास बनाएर हस्तान्तरण गरेको छ ।
फाउण्डेसनले प्रत्येक एकल महिलाहरुलाई करिब ८ लाख बराबरको सुरक्षित घर, शौचालय र ३० हजार बराबरको बाख्रा र गोठ निर्माण गरिदिएको फाउण्डेसनकी अध्यक्ष सावित्री रजालीले बताईन् ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती, नेपाली कांग्रेसका महासमिति सदस्यहरु राजेश भेटवाल र जनकराज उप्रेती, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मिलन पुडासैनी, मनहरी ४ का वडा अध्यक्ष प्रकाश थापा, ८ का वडा अध्यक्ष नारायण उप्रेती, वडा सदस्य मिरा खत्री, समाजसेवीहरु सिताराम बर्तौला, विदुर थापा, भीमसेन लामा, लक्ष्मण कार्कीलगायतको उपस्थिति रहेको थियो ।
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२८ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो ३४औँ स्थापना दिवस मनाउँदैछ । दिवसको अवसरमा आज...
२८ माघ, हेटौंडा । नियमित गस्तीमा रहेका प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ...
२८ माघ, हेटौंडा । नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) ले महाधिवेशन आयोजक समिति विघटन गरी पाँच जनाको अध्यक्ष...
२८ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...