Email :- prastakhabar@gmail.com
विकास

कैलाशको नामटारदेखि खुमलटारसम्म ३ किमि बाटोको स्तरोन्नती हुने

IMG_20230420_142145-1681979829.jpg

७ बैशाख, कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारदेखि वडा नम्बर १० भाल्टार खुमलटारसम्मको तीन किलोमिटर मोटरेवल बाटोको स्तरोन्नति हुने भएको छ ।
स्तरोन्नती हुने बाटोको बुधबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले शिलान्यास गरेका छन् । संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र गाउँपालिकाको ७० लाख गरि एक करोड ४० लाख रुपैयाँ लागतमा उक्त बाटोको स्तरिकरण गरिने गाउँपालिकाका अध्यक्ष मोक्तानले जानकारी दिए । 
बहुबर्षिय योजना अन्तर्गत भिमफेदीको चुनियाँदेखि गाउँपालिकाको केन्द्र कालिकाटर जोड्ने उक्त बाटोको पालिकाको वडा नम्बर ९ नामटार देखि कालिकाटरसम्म ४ करोड रुपैयाँमा सम्पन्न गर्नेगरि लागत अनुमान गरिएको छ । जसअन्तर्ग पहिलो खण्डमा आव २०७९÷०८० मा  एक करोड ४० लाख रुपौयाँ लागतमा नामटारदेखि खुमलटारसम्म र बाँकी काम आगामी बर्ष सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष मोक्तानले बताए ।
उक्त बाटो निर्माणका लागी संघीय सरकारले समपुरक बजेट मार्फत ७० लाख, प्रदेश सरकारले एक करोड र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने सहमती भएको छ । बाटोको शिलान्यास गर्दै पालिकाका अध्यक्ष मोक्तानले २०३७ सालदेखि चलन चल्तिमा रहेको उक्त बाटोको बल्ल स्तरिकरण हुन लागेको जानकारी दिए । पालिकाको सदरमुकाम कालिकाटर जोड्ने बाटोको राम्रो व्यवस्था नहुँदा यहाँका सर्वसाधरणले ठूलो सास्ती व्यहोर्दै आएको अध्यक्ष मोक्तानले बताए ।
उनले बाटो स्तरिकण भएसँगै पालिकाका सर्वसारधणलाई आवतजावतमा मात्र नभई उनीहरुले उत्पादन गरेका कृषी उपज बजारसम्म पु¥याउँन सहज हुने बताए । यस्तै सर्वसाधरणलाई जटिल विरामी पर्दा स्वास्थ्य उपचारका लागी हेटौंडा वा काठमाडौंसम्म पुग्न पनि सहज हुने अध्यक्ष मोक्तानको भनाई छ ।
आयुश्री विल्डर्स एण्ड सप्लायर्स प्रा.लिले निर्माणको जिम्मा पाएको उक्त बाटो २०८१ असार ६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । निर्माण कम्पनिले उक्त बाटो स्तरीकरणका क्रममा माटो कटिङ, ग्याविन वाल र स्टोन मेशिनरीको जिम्मा पाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार