७ बैशाख, कैलाश । मकवानपुरको विकट कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारदेखि वडा नम्बर १० भाल्टार खुमलटारसम्मको तीन किलोमिटर मोटरेवल बाटोको स्तरोन्नति हुने भएको छ ।
स्तरोन्नती हुने बाटोको बुधबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले शिलान्यास गरेका छन् । संघीय सरकारको समपुरक बजेटबाट ७० लाख र गाउँपालिकाको ७० लाख गरि एक करोड ४० लाख रुपैयाँ लागतमा उक्त बाटोको स्तरिकरण गरिने गाउँपालिकाका अध्यक्ष मोक्तानले जानकारी दिए ।
बहुबर्षिय योजना अन्तर्गत भिमफेदीको चुनियाँदेखि गाउँपालिकाको केन्द्र कालिकाटर जोड्ने उक्त बाटोको पालिकाको वडा नम्बर ९ नामटार देखि कालिकाटरसम्म ४ करोड रुपैयाँमा सम्पन्न गर्नेगरि लागत अनुमान गरिएको छ । जसअन्तर्ग पहिलो खण्डमा आव २०७९÷०८० मा एक करोड ४० लाख रुपौयाँ लागतमा नामटारदेखि खुमलटारसम्म र बाँकी काम आगामी बर्ष सम्पन्न गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष मोक्तानले बताए ।
उक्त बाटो निर्माणका लागी संघीय सरकारले समपुरक बजेट मार्फत ७० लाख, प्रदेश सरकारले एक करोड र बाँकी रकम गाउँपालिकाले व्यहोर्ने सहमती भएको छ । बाटोको शिलान्यास गर्दै पालिकाका अध्यक्ष मोक्तानले २०३७ सालदेखि चलन चल्तिमा रहेको उक्त बाटोको बल्ल स्तरिकरण हुन लागेको जानकारी दिए । पालिकाको सदरमुकाम कालिकाटर जोड्ने बाटोको राम्रो व्यवस्था नहुँदा यहाँका सर्वसाधरणले ठूलो सास्ती व्यहोर्दै आएको अध्यक्ष मोक्तानले बताए ।
उनले बाटो स्तरिकण भएसँगै पालिकाका सर्वसारधणलाई आवतजावतमा मात्र नभई उनीहरुले उत्पादन गरेका कृषी उपज बजारसम्म पु¥याउँन सहज हुने बताए । यस्तै सर्वसाधरणलाई जटिल विरामी पर्दा स्वास्थ्य उपचारका लागी हेटौंडा वा काठमाडौंसम्म पुग्न पनि सहज हुने अध्यक्ष मोक्तानको भनाई छ ।
आयुश्री विल्डर्स एण्ड सप्लायर्स प्रा.लिले निर्माणको जिम्मा पाएको उक्त बाटो २०८१ असार ६ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने छ । निर्माण कम्पनिले उक्त बाटो स्तरीकरणका क्रममा माटो कटिङ, ग्याविन वाल र स्टोन मेशिनरीको जिम्मा पाएको छ ।
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...













-1786686763.jpg)


-1786539267.jpg)

