६ कार्तिक, हेटौंडा । नेपालीहरूको ठूलो चाड दशैंको महाअष्टमीको दिन घर घरमा मार हानेपछी हरेकजसो मांशहारी घरमा मासुका परिकारहरु धेरै पाक्ने गर्दछन् ।
मासु खाँदा धेरैको के चलन छ भने ‘दशैंमा त खाने हो नी खाने’ भन्दै आफ्नो स्वास्थ्यको ख्यालै नगरी खाने । तर, हाम्रो यही बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौँ । दशैंमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा दशैंको समयमा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ ।
एकै पटक धेरै मासु पकाएर धेरै दिनसम्म खाँदा त्यसबाट रोगलाई बढावा दिनेबाहेक अन्य केहि पौष्टिक पोषण नपाइने चिकित्सकहरू बताउँछन् । रातो मासु पोलेर, धेरै भुटेर वा तारेर खाँदा क्यान्सरको खतरा बढ्न सक्छ ।
दशैंमा मासु खाँदै नखाने भनेर रोक्न सकिँदैन । तर, खाँदा सावधानी अपनाएर खानुपर्छ । बासी नखाने, मासु मात्र नखाने, त्यसमा सागसब्जी र गेडागुडी पनि समावेश गर्ने । माछाले बरु त्यति धेरै असर गर्दैन । दशैंमा मासु खाँदा के–के कुरामा ध्यान दिनुपर्ने हुन्छ तल बताईएको छ ।
१. रातो हैन सेतो मासु खानुस्
दशैंमा माछा मासुको प्रयोग अत्याधिक हुन्छ । धेरैका घरमा खसीबोका र च्याङ्ग्रा काटिन्छन् । माछा मासुमा पनि दशैंमा रातो मासुको प्रयोग ज्यादा हुन्छ । रातो मासुमा यसै पनि चिल्लोको मात्रा बढी हुन्छ । यस्तो मासुमा भएको कोलस्ट्रोल र फ्याटी एसिडले स्वास्थ्यलाई बढी हानी गर्छ । यसले मुटु रोगीलाई सबै भन्दा बढी हानी गर्छ भने निरोगीलाई पनि मुटु रोगको खतरा निम्त्याउँछ । सेतो मासु भन्नाले कुखुरा, माछा, अष्ट्रिज लगायतको मासुलाई जनाउँछ ।
२. छालायुक्त मासु नखानुस्
छालासहित जनावरको खुट्टा, पखेटा, साँप्रोमाचिल्लो पदार्थ, कोलस्ट्रोल र क्यालोरीको मात्रा बढी हुन्छ। यसले पनिविभिन्न रोगहरुलाई निम्तो दिन्छ ।
३. मसलाको प्रयोग कम गर्नुस्
दशैंको परिकारहरुमा मसलाको प्रयोग अत्याधिक हुने गर्छ । चिल्लोसँगै मसला धेरै प्रयोग गर्दा त्यसले स्वास्थ्यमा विभिन्न समस्या ल्याउन सक्छ । मासुका परिकारमा बेसार, अदुवा, खुर्सानी, जिरा, मरिच, मेथी, सुप, धनियाँ धेरै राख्नु पनि उचित हुँदैन ।
४. धुम्रपान र मद्यपान नगर्नुस्
दशैंको बाहनामा धेरै धुम्रपान र मद्यपान नगर्दा नै बेस हुन्छ । रोगी मान्छेले त झन् बिल्कुल गर्नु हुँदैन । धुम्रपानले मुटु र फोक्सोलाई हानी गर्छ । मद्यपानले मुटुरोगको खतरा बढाउँछ । झन् रोगी त त्यसबाट टाढा नै बस्दा राम्रो हुन्छ ।
५. ड्राइफुड र कोल्ड ड्रिंक्स कम गर्नुस्
दशैंका बेलाचिनी र चिनीबाट बनेका परिकार, प्लास्टिक र टिनमा राखिएका अचार, ड्राइफुड, फलफूल, जंकफुड नखाएकै बेस हुन्छ । यसैगरी विभिन्न कोल्ड ड्रिंक्स, आइसक्रिम, मह, जाम, केकलगायत पनि खानु मधुमेहका रोगीहरुलाई हानिकारक छ । सुगर, प्रेसर र मुटुका बिरामीलाई पनि यसले लाभ गर्दैन ।
६. फुड प्वाइजनबाट जोगिनुस्
प्रोटिनयुक्त खानेकुरा बढी खाने, फुर्सदको समय भएकाले आराम बढी गरिने हुँदाहामीले खाएको खानेकुरा अपचभएर धेरै बिरामी पनि हुने गरेको पाइने गरेको छ । खानपिनकै कारण दशैं दशा बनेको कतिपय उदाहरण छन्। चाडवाडमा आम नेपालीहरुले चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउने गरेको पाइन्छ । तर, तिनीहरूले मात्रा नमिलाई खाँदा शरीरलाई हानिगर्ने गर्छ ।
७. शाकाहारीमा जोडदिनुस्, व्यायाम गर्नुस्
दशैंमा खानाको मात्रा एकनास हुँदैन । धेरै शारीरिक काम गर्नेले धेरै खानुपर्छ, थोरै कामगर्नेले थोरै खानुपर्छ । कामकम, माम धेरै गर्नुहुँदैन । शाकाहारी भोजन मुटुरोगका लागि फाइदाजनक हुन्छ । तर, नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















