Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

घर वरीपरी नै छन् यस्ता औषधी

Aruna-1599186516.jpg

- डा. अरुण उप्रेती

बोझो, खदरादी र कागतीले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने मेरो व्यक्तिगत अनुभव छ । नेपालभित्र मात्र होइन नेपालबाहिर जाँदा पनि बोझो र खदरादी प्रायः साथमै हुन्छ । किनभने औषधि भनेको जुनसुकै बेला पनि चाहिन सक्छ ।
घाँटी दुखेको बेलामा बोझोले धेरै फाइदा गर्छ । दुखाइ कम गर्नुका साथै बोल्न सहज गराउँछ । सामान्य अवस्थामा पनि धेरै बोल्नु छ भने पहिला नै मुखमा बोझो राख्दा फाइदा गर्छ । बोलीमा पनि निखार ल्याउँछ ।
आयुर्वेदिक औषधिहरूमा प्रशस्त प्रयोग गरिने बोझोको उपयोगिताबारेमा सबै समुदायमा पर्याप्त जानकारी नभए पनि कुनै–कुनै समुदायमा परम्परागतरुपमा प्रयोग गर्ने गरिन्छ । मैले केही वर्षअघि कैलालीको एक समुदायमा घाँटी दुखाइको उपचार गर्न बोझोलाई निकै महत्व दिने गरेको पाएको थिएँ । त्यहाँकी एक महिलाले दिएको जानकारीअनुसार पहिला त बच्चाहरूलाई घाँटीमा बोझोको टुक्राको माला नै लगाइदिने चलन थियो रे ∕ तर अहिले आधुनिक औषधिहरुको व्यापक प्रचलनले यसको महत्व घट्दै गएको छ ।
बोझो सहजैसँग उम्रिने, कुनै स्याहार नचाहिने वनस्पति हो । गमलामा वा सानो टुक्रा जमिनमा पनि बोझो उमार्न र हुर्काउन सकिन्छ । वर्षातमा एकचोटि रोपेपछि आफैं बिस्तारै फैलिँदै जान्छ । यसको जरा बढ्दै जान्छ र यही जरा औषधिको रुपमा उपयोग हुन्छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुने अनुभव छ ।
कतिपय अवस्थामा यसले एन्टिबायोटिकले जस्तै काम गर्छ । घाँटीमा संक्रमण भएर एन्टिबायोटिक खाँदा पनि सानो बोझोको टुक्रा ४–५ दिनसम्म लगातार मुखमा राखिरहँदा छिटो फाइदा गर्छ । तर विचार गर्नुपर्ने कुरा के छ भने, कसै–कसैलाई यो धेरै प्रयोग गर्दा सुख्खा भएर नाकबाट रगत आउन सक्छ । त्यसैले एकैचोटि धेरै प्रयोग गर्नुहुन्न । बोझोको बारेमा अहिले वैज्ञानिक अनुसन्धान पनि भइरहेको छ ।
यस्तै घाँटीलाई स्वस्थ राख्नका लागि प्रयोग गरिने अर्को जडीबुटी औषधि हो खदरादी, जुन वैद्यका पसलहरुमा सहजै पाइन्छ । खोकी लागेको बेलामा खदरादी मुखमा राखेर चुसिरहँदा फाइदा गर्छ । तर दैनिक तीन–चारवटाभन्दा बढी प्रयोग गर्नुहुन्न । बढी प्रयोग गर्दा यसले मुटुको धड्कन बढाउन सक्छ । पहिला म आफैंले दिनमा ७–८ वटा खदरादीको प्रयोग गर्दा मुटुको धड्कन बढ्न गएको थियो । यससम्बन्धी विज्ञ डा। सरिता श्रेष्ठसँग छलफल गर्दा उहाँले पनि खदरादीको प्रयोग दिनमा ६–७ वटा गरेमा यसले मुटुको धड्कन बढ्न सक्ने जानकारी दिनुभयो । वैद्यको औषधि भन्नेबित्तिकै जथाभावी प्रयोग गर्नुहुँदैन, यसबाट पनि साइड इफेक्ट हुन सक्छ ।
घाँटीको समस्याको लागि बोझो र खदरादीको प्रयोग निकै लाभदायक हुन्छ । म पनि यसको प्रयोग गर्छु । यस्तो कुरा गर्दा मलाई कतिपय साथीले ‘पुरातनवादी’ पनि भन्छन् । तर बोझोको औषधीय गुणको बारेमा जब अंग्रेजीमा लेखिएको वेबसाइटमा देखाएपछि चाहिँ धेरैले विश्वास गर्छन् । अंग्रेजीमा लेखेपछि मात्र वैज्ञानिक सत्य मान्ने सोच अझै पनि धेरैमा छ ।
असुरोको पात पकाएर कुल्ला गर्नाले दाँत तथा गिजाका रोगीलाई फाइदा हुन्छ भनेर गाउँघरमा पहिले सुन्थें, तर त्यति वास्ता गरिएको थिएन । असुरोको औषधीय महत्वको बारेमा केही वैद्यहरुसँग छलफल गरेपछि यसबारेमा थप ज्ञान भयो । उहाँहरुको भनाइअनुसार असुरोको १० ग्राम रसमा मह मिसाएर बिहान–बेलुका खाँदा महिलाहरूलाई श्वेत प्रदरको समस्या ठीक हुन्छ । यसमा रहेको केही विशेष तत्वले विभिन्न संक्रमण कम मर्न मद्दत गर्छ । असुरोको सुकेको पात पुस्तकका पानाहरूमा राख्दा कीरा लाग्दैन । असुरोको पात पानीमा उमालेर खाँदा कफ सजिलै बाहिर निस्कन्छ । असुरोको पातलाई सुकाएर वा ताजा पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुने अनुभव छ ।
विभिन्न बिरुवाको बारेमा जानकारी राख्नेहरूले चरिअमिलोलाई पानीमा उमालेर मुखमा कुल्ला गर्दा मुखको घाउ निको हुने बताउँछन् । युरोपतिर चरिअमिलोलाई सलादमा हालेर पनि खान्छन् । गिजाबाट रगत आउने, घाउखटिरा भएर पाक्ने, दुख्ने र सुन्निने भएमा चरिअमिलोको बोट सफा गरी चपाएर कुल्ला गर्नाले निको हुन्छ । यसलाई गाईवस्तुको लागि घाँसको रूपमा अन्य घाँससँग मिसाएर खुवाउने गरिन्छ, जसले गर्दा दूधको उत्पादन धेरै हुन्छ ।
यसै गरी अमला बहुउपयोगी फल हो । अमलाको तितौरा बनाएर वा त्यसै पनि खाने गरिन्छ । यसलाई सुकाएर विभिन्न औषधि बनाउने गरिन्छ । धार्मिक दृष्टिकोणले अमला पवित्र मानिन्छ । भगवान् विष्णुको मन पर्ने फलमा अमला विष्णुको पूजामा नैवेद्यको रूपमा चढाइन्छ । शायद यसको औषधीय महत्व भएर होला । कब्जियत रोक्नका लागि प्रयोग गरिने त्रिफलामा अमला पनि हुन्छ तर त्रिफलाको विज्ञापन राम्रा–राम्रा हिरो–हिरोइनले गर्दैनन् । त्यसैले त्रिफलाको महत्व धेरैले बुझ्दैनन् । कब्जियत हटाउन महँगा औषधिहरूको प्रयोग गरेर खुशी हुने हाम्रो चलन छ । नजिकको तीर्थ हेला भनेको यही होला । (नेपालसमाचारपत्रबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार