Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

सुकुम्बासी बनाउने भन्दै प्रसारण लाईनप्रति हेटौँडामा विरोध

transmission-line-1575509998.jpg

Google Photo

१९ मंसिर, हेटौँडा । आफूहरूलाई सुकुम्बासी बनाउने गरी मकवानपुरको हेटौंडादेखि नुवाकोटको बेलकोटगढी नगरपालिकाको सव–स्टेसनसम्म जोड्ने गरी प्रसारण लाइन विस्तार गर्न लागेको भन्दै स्थानीयहरूले विरोध गरेका छन् । 
उनीहरूले सव–स्टेसन निर्माणका लागि बनाइएको रेखांकनप्रति असन्तुष्टि जनाउँदै तत्काल यस विषयमा गम्भीर हुन सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएको समाचार कान्तिपुरमा सुवास विडारीले लेखेका छन् । हेटौंडा–११, थानाभर्‍याङमा रहेको सव–स्टेसनबाट हेटौंडा–३, १, १९ नम्बर वडा हुँदै कैलाश, थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाबाट विस्तार हुने प्रसारण लाइनका लागि तयार गरिएको वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदाप्रति नै स्थानीयले असहमति जनाउँदै तत्काल सच्याउन माग गरेका छन् ।
आयोजना निर्माणको जिम्मा लिएको मिलेनियम च्यालेन्स एकाउन्ट नेपाल (एमसीए) ले हेटौंडामा आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्रसारण लाइनको रेखांकन नै वैज्ञानिक तवरबाट नभएको भन्दै स्थानीयलाई घरबारविहीन बनाउने गरी योजना आएको आरोप लागेको छ ।
सुनुवाइमा हेटौंडा–११ का स्थानीय पद्मराज लामिछानेले प्रसारण लाइनको अहिलेको रेखांकनले ठूलो क्षेत्रमा असर पर्ने भन्दै वनको सीमा र नदी उकासको जग्गाको छेउबाट प्रसारण लाइन लैजानुपर्ने बताए । प्रसारण लाइन विस्तार गरिँदा धेरै स्थानीय घरबारविहीन हुने तथा निजी जमिन पनि धेरै ओगट्ने भएका कारण वैकल्पिक मार्ग प्रयोग गर्न लामिछानेले सुझाव दिए । स्थानीयसँग पर्याप्त छलफल र सहमति नगरी जबरजस्ती काम अघि बढाइए स्थानीयले प्रतिकार गर्ने उनले चेतावनी दिए । हेटौंडा–११ कै स्थानीय अजय विडारीले आफूहरूसँग छलफल र सहमति नगरी लाइन विस्तारको लागि भन्दै निजी जग्गामा किला गाड्ने काम भएको बताए ।
आयोजनाले २३ मिटर चौडा मात्र अधिग्रहण गर्ने भनिएको तर, विद्युत्को असर ४६ मिटर वरपरसम्म पर्ने भएकाले मानव बस्तीमा विद्युत् प्रसारणबाट धेरै ठूलो असर पुग्ने देखिएको पीडितहरूको भनाइ रहेको छ । प्रसारण लाइनको अहिलेको रेखांकनअनुसार धेरै बस्ती र निजी जग्गा प्रभावित हुने भन्दै त्यसको रेखांकन परिवर्तन गर्न आयोजनालाई उनीहरूले आग्रह गरेका छन् ।
आगामी असार महिनादेखि प्रसारण लाइन विस्तारको काम थाल्ने जनाएको मिलेनियम च्यालेन्जले जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार प्रसारण लाइनले हेटौंडाको तीनवटा वडाको करिब ३१ हजार जनसंख्या प्रभावित हुनेछन् । हेटौंडा क्षेत्रमा १२।२ किमि लम्बाइ रहनेछ भने ३३ वटा टावर राखिनेछन् । हेटौंडा क्षेत्रमा मात्र ८ वटा आवासीय तथा गैरआवासीय भवनमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको वातावरणीय प्रभाव मूल्यांकनका विज्ञ मधुकर खड्काले जानकारी दिए । उनका अनुसार प्रसारण लाइनका कारण हेटौंडा उपमहानगरपालिका क्षेत्रका ५ सामुदायिक वनमा प्रभाव पर्नेछ । लेवट सामुदायिक वन, बसामाडी सामुदायिक वन, चक्रदेवी सामुदायिक वन, नवलपुर सरस्वती सामुदायिक वन र डाङडुङे सामुदायिक वन क्षेत्रबाट प्रसारण लाइन लगिनेछ । वन क्षेत्रमा १२.१७ र निजी क्षेत्रको ४३.८८ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार