Google Photo
१९ मंसिर, हेटौँडा । आफूहरूलाई सुकुम्बासी बनाउने गरी मकवानपुरको हेटौंडादेखि नुवाकोटको बेलकोटगढी नगरपालिकाको सव–स्टेसनसम्म जोड्ने गरी प्रसारण लाइन विस्तार गर्न लागेको भन्दै स्थानीयहरूले विरोध गरेका छन् ।
उनीहरूले सव–स्टेसन निर्माणका लागि बनाइएको रेखांकनप्रति असन्तुष्टि जनाउँदै तत्काल यस विषयमा गम्भीर हुन सम्बन्धित निकायलाई ध्यानाकर्षणसमेत गराएको समाचार कान्तिपुरमा सुवास विडारीले लेखेका छन् । हेटौंडा–११, थानाभर्याङमा रहेको सव–स्टेसनबाट हेटौंडा–३, १, १९ नम्बर वडा हुँदै कैलाश, थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकाबाट विस्तार हुने प्रसारण लाइनका लागि तयार गरिएको वातावरणीय प्रभाव मूल्यांकनको मस्यौदाप्रति नै स्थानीयले असहमति जनाउँदै तत्काल सच्याउन माग गरेका छन् ।
आयोजना निर्माणको जिम्मा लिएको मिलेनियम च्यालेन्स एकाउन्ट नेपाल (एमसीए) ले हेटौंडामा आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्रसारण लाइनको रेखांकन नै वैज्ञानिक तवरबाट नभएको भन्दै स्थानीयलाई घरबारविहीन बनाउने गरी योजना आएको आरोप लागेको छ ।
सुनुवाइमा हेटौंडा–११ का स्थानीय पद्मराज लामिछानेले प्रसारण लाइनको अहिलेको रेखांकनले ठूलो क्षेत्रमा असर पर्ने भन्दै वनको सीमा र नदी उकासको जग्गाको छेउबाट प्रसारण लाइन लैजानुपर्ने बताए । प्रसारण लाइन विस्तार गरिँदा धेरै स्थानीय घरबारविहीन हुने तथा निजी जमिन पनि धेरै ओगट्ने भएका कारण वैकल्पिक मार्ग प्रयोग गर्न लामिछानेले सुझाव दिए । स्थानीयसँग पर्याप्त छलफल र सहमति नगरी जबरजस्ती काम अघि बढाइए स्थानीयले प्रतिकार गर्ने उनले चेतावनी दिए । हेटौंडा–११ कै स्थानीय अजय विडारीले आफूहरूसँग छलफल र सहमति नगरी लाइन विस्तारको लागि भन्दै निजी जग्गामा किला गाड्ने काम भएको बताए ।
आयोजनाले २३ मिटर चौडा मात्र अधिग्रहण गर्ने भनिएको तर, विद्युत्को असर ४६ मिटर वरपरसम्म पर्ने भएकाले मानव बस्तीमा विद्युत् प्रसारणबाट धेरै ठूलो असर पुग्ने देखिएको पीडितहरूको भनाइ रहेको छ । प्रसारण लाइनको अहिलेको रेखांकनअनुसार धेरै बस्ती र निजी जग्गा प्रभावित हुने भन्दै त्यसको रेखांकन परिवर्तन गर्न आयोजनालाई उनीहरूले आग्रह गरेका छन् ।
आगामी असार महिनादेखि प्रसारण लाइन विस्तारको काम थाल्ने जनाएको मिलेनियम च्यालेन्जले जनाएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार प्रसारण लाइनले हेटौंडाको तीनवटा वडाको करिब ३१ हजार जनसंख्या प्रभावित हुनेछन् । हेटौंडा क्षेत्रमा १२।२ किमि लम्बाइ रहनेछ भने ३३ वटा टावर राखिनेछन् । हेटौंडा क्षेत्रमा मात्र ८ वटा आवासीय तथा गैरआवासीय भवनमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको वातावरणीय प्रभाव मूल्यांकनका विज्ञ मधुकर खड्काले जानकारी दिए । उनका अनुसार प्रसारण लाइनका कारण हेटौंडा उपमहानगरपालिका क्षेत्रका ५ सामुदायिक वनमा प्रभाव पर्नेछ । लेवट सामुदायिक वन, बसामाडी सामुदायिक वन, चक्रदेवी सामुदायिक वन, नवलपुर सरस्वती सामुदायिक वन र डाङडुङे सामुदायिक वन क्षेत्रबाट प्रसारण लाइन लगिनेछ । वन क्षेत्रमा १२.१७ र निजी क्षेत्रको ४३.८८ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















