४ पुस, हेटौँडा । मकवानपुरको वाग्मती गाउँपालिकाका करिब ८० प्रतिशतभन्दा बढी घरधुरी लालपुर्जाविहीन छन् ।
आठ दशकअघि जग्गा नापी भए पनि हालसम्म उनीहरूले लालपुर्जा नपाएको समाचार सुवास विडारीले कान्तिपुरमा लेखेका छन् । विक्रम सम्बत १९९१ सालमा पहिलोपटक जमिन नापी भएपछि केहीले लालपुर्जा प्राप्त गरेका थिए । ०३२ सालमा उक्त गाउँपालिकाको सबै स्थानमा पुनः नापी भएको थियो । स्थानीयले तिरो पनि तिर्दै आएका थिए । तर, लालपुर्जा पाउन सकेनन् । सशस्त्र युद्ध सुरु भएपछि तिरो पनि तिर्न छाडेको स्थानीय बताउँछन् । वाग्मती गाउँपालिका–६ का भीम राईले लालपुर्जा नहुँदा सरकारी सेवा सुविधाका साथै धेरै क्षेत्रमा समस्या परेको बताए ।
लालपुर्जाका लागि सरोकारवालासँग कुरा गर्दा स्थानीय सरकारमै पहल गर्नुस् भन्ने जवाफ आएकाले झन् समस्यामा परेको राईको दुखेसो छ । वाग्मती गाउँपालिका–८ का राजकुमार तिमल्सिनाको गुनासो पनि उस्तै छ । राष्ट्रिय गौरवको आयोजना धरान–चतरा सडकको काम भइरहेको र जग्गाको मूल्य बढिरहेको अवस्थामा लालपुर्जा नहुँदा अप्ठेरो भएको उनले दुखेसो पोखे ।
गाउँपालिकाले भूमिहीन किसानले उपभोग गर्दै आइरहेको जग्गाको स्वामित्व दिनका लागि नापी सुरु गरिसकेको अध्यक्ष सर्केश घलान बताउँछन् । गाउँपालिकाले जग्गा नापजाँच गर्ने प्राविधिक करारमा लिएर काम थालेको छ ।
‘संघीय सरकार भूमि सुधार ऐन संसद्मा पारित गरी लालपुर्जा दिने तयारी गरेपछि जग्गा नापी सुरु गरेका हौं । एउटा वडाको नापी भइसकेको छ । अब अस्थायी पुर्जा भए पनि वितरण गर्छौं,’ उनले भने । किसानले उपभोग गर्दै आइरहेको जग्गामा नौजना अमिन र सर्वेक्षकले पहिलो चरणमा नापी गरेर नक्सा निकाल्ने काम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
‘१० वर्षदेखि भोगचलन गर्दै आइरहेका जग्गाधनीलाई गाउँपालिकाको तर्फबाट अस्थायी लालपुर्जा दिने गरी काम अगाडि बढाइएको छ,’ अध्यक्ष घलानले भने ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















