Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

बाग्मति गाउँपालिकाका ८० प्रतिशत घरधुरी पुर्जाविहिन

Phaparbari1-1576807869.jpg

४ पुस, हेटौँडा । मकवानपुरको वाग्मती गाउँपालिकाका करिब ८० प्रतिशतभन्दा बढी घरधुरी लालपुर्जाविहीन छन् । 
आठ दशकअघि जग्गा नापी भए पनि हालसम्म उनीहरूले लालपुर्जा नपाएको समाचार सुवास विडारीले कान्तिपुरमा लेखेका छन् । विक्रम सम्बत १९९१ सालमा पहिलोपटक जमिन नापी भएपछि केहीले लालपुर्जा प्राप्त गरेका थिए । ०३२ सालमा उक्त गाउँपालिकाको सबै स्थानमा पुनः नापी भएको थियो । स्थानीयले तिरो पनि तिर्दै आएका थिए । तर, लालपुर्जा पाउन सकेनन् । सशस्त्र युद्ध सुरु भएपछि तिरो पनि तिर्न छाडेको स्थानीय बताउँछन् । वाग्मती गाउँपालिका–६ का भीम राईले लालपुर्जा नहुँदा सरकारी सेवा सुविधाका साथै धेरै क्षेत्रमा समस्या परेको बताए । 
लालपुर्जाका लागि सरोकारवालासँग कुरा गर्दा स्थानीय सरकारमै पहल गर्नुस् भन्ने जवाफ आएकाले झन् समस्यामा परेको राईको दुखेसो छ । वाग्मती गाउँपालिका–८ का राजकुमार तिमल्सिनाको गुनासो पनि उस्तै छ । राष्ट्रिय गौरवको आयोजना धरान–चतरा सडकको काम भइरहेको र जग्गाको मूल्य बढिरहेको अवस्थामा लालपुर्जा नहुँदा अप्ठेरो भएको उनले दुखेसो पोखे ।
गाउँपालिकाले भूमिहीन किसानले उपभोग गर्दै आइरहेको जग्गाको स्वामित्व दिनका लागि नापी सुरु गरिसकेको अध्यक्ष सर्केश घलान बताउँछन् । गाउँपालिकाले जग्गा नापजाँच गर्ने प्राविधिक करारमा लिएर काम थालेको छ ।
‘संघीय सरकार भूमि सुधार ऐन संसद्मा पारित गरी लालपुर्जा दिने तयारी गरेपछि जग्गा नापी सुरु गरेका हौं । एउटा वडाको नापी भइसकेको छ । अब अस्थायी पुर्जा भए पनि वितरण गर्छौं,’ उनले भने । किसानले उपभोग गर्दै आइरहेको जग्गामा नौजना अमिन र सर्वेक्षकले पहिलो चरणमा नापी गरेर नक्सा निकाल्ने काम अघि बढाएको गाउँपालिकाले जनाएको छ । 
‘१० वर्षदेखि भोगचलन गर्दै आइरहेका जग्गाधनीलाई गाउँपालिकाको तर्फबाट अस्थायी लालपुर्जा दिने गरी काम अगाडि बढाइएको छ,’ अध्यक्ष घलानले भने ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

योजना छनौटमा नगरवासीसँग छलफल गर्दै हेटौंडा
ff-1711588259.jpg

१५ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले आगामि आर्थिक बर्षको योजना निर्माण गर्दा शिक्षा र...

थप समाचार