Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विचार

जीवनको दर्शन र समाजशास्त्रकाे सम्बन्ध

Bal-Kumar-1577540419-1582727211.jpg

बालकुमार श्रेष्ठ (balkumars466@gmail.com)

कुनै पनि सामाजिक अन्तरसम्बन्ध र अन्तरक्रियाबाट सामाजिक घट्नाहरूकाे जन्म हुन्छ ती घटना समाजका सबै मानिसहरूसंग सम्बन्धित हुन्छ र ती घट्नाहरूकाे प्रभाव जनमानसमा पनि पर्दछ । त्यसैले मानिस एक विश्वव्यापी प्राणी हाे । विश्वका सबै देशहरूले गरेका भाैतिक उत्पादन र बाैद्धिक सिद्धान्त विश्वका सवै समाजका लागि उत्तिकै फलदायी हुन्छ । कुनै पनि घटनाले विचारलाई जन्म दिन्छ । व्यक्ति पिच्छे विचारकाे प्रवाह अलग अलग तरिकावाट सिर्जना हुने भएकाेले विचार(Views)मा मत भिन्नता हुने गर्दछ । विचार व्यक्तिगत अभिव्यक्ति हाे । त्यसपछि अलि धेरै मानिसहरूले जीवनका दर्शनहरूलाई चिन्ने, बुझ्ने र विश्लेषण गर्ने क्रममा सामाजिक घटनाहरूलाई हेर्ने हेराइ (perspective ) विकास हुने गर्दछ । त्यसलाई दृष्टिकोण (perspective) भनिन्छ । यश लेखमा विचारबाट सिर्जना हुने जीवनको दर्शन र समाजशास्त्र विषयको सम्बन्धका बारेमा चर्चा गरिनेछ ।

जीवनलाई हेर्न दृष्टिकोणलाई धेरै समूह वा समाजका ठुलो संख्यामा रहेका वर्गले अभ्यासमा ल्याउने र चर्चा गर्ने गर्नथाले पछि त्यो दृष्टान्त (paradiam) बन्दछ । त्यस्ता दृष्टान्तहरू व्यापक रूपमा लेखिने र पढिने दृष्टिकोणहरूकाे समूह हाे । यसमा आलोचनात्मक दृष्टिकोण हुने गर्दछ, समय सापेक्ष व्याख्या विश्लेषण हुने गर्दछ । ती दृस्टान्तहरूकाे मुलभुत मान्यताहरूलाई एकीकृत गरि सिद्धान्त(theories) काे निर्माण हुने गर्छ । अनि एउटै विषय (descipline) समेट्ने सिद्धान्तहरूकाे समुहलाई models भनिन्छ । यस्ता माेडेलहरू कलेजहरूमा अध्यापन गरिन्छ । यस्तै माेडेलमा सम्बन्धित भएर जीवनमा भएका विभिन्न वाद र प्रतिवादहरूकाे अनुसन्धान हुने गर्दछ । जीवन के हाे ? जीवनमा सफल हुनलाई के के गर्नहुन्छ ? के के कुरा गर्नुबाट बच्नुपर्छ ? एउटा सामान्य नैतिक शिक्षाबाट जीवनको दर्शन शुरू हुन्छ । जीवन दर्शनदे भाैतिक तथा अभाैतिक दुवै पृष्ठभूमिका दृष्टान्तहरू अध्ययनमा समावेश गरेका हुन्छन् । सुखदुखका कारण र ती क्षणहरूमा मानिसले गर्ने अनुभवहरूकाे खाेजीनितिकाे विश्वव्यापी सम्बन्ध नै जीवन दर्शन हाे ।
समाजशास्त्र पनि मानव समाजका सामाजिक अन्तरक्रिया र अन्तरसम्बन्धकाे अध्ययन गर्ने शास्त्र हाे । याे शास्त्रमा पनि कसरी जैविक प्राणीको रूपमा जन्मिएको मानिस सामाजिकीकरणकाे प्रक्रिया पछि सामाजिक प्राणीमा रूपान्तरण हुन्छ ? समाजमा अास्था र विश्वासका रूपमा रहेकोे धार्मिक विश्वासमा कसरी paradigm shift हुन्छन् ? समाजमा सामाजिक परिवर्तनका संयन्त्रहरू के के हुन्छन् ? ती कुराहरूलाई वैज्ञानिक विधि र पद्धति अपनाएर अध्ययन अनुसन्धान गरिन्छ । समन्वयात्मक समाजशास्त्रमा त्यो समाजका सामाजिक-साँस्कृतिक, अार्थिक, राजनीतिक र कानुनी पक्षहरूले मानव समाजमा पारेका प्रभावहरू, समस्याहरू र घटनाहरूका कार्यकारण सम्वन्धकाे अध्ययन गर्नुपर्ने कुरामा जाेड दिइएकाे छ ।

वास्तवमा मानिस सामाजिक प्राणी हाे । समाजबाटै मानिसले आफ्ना समस्या समाधान वा आवश्यकताकाे पुर्ति गर्दछ । कुनै पनि समाजमा मानिसको कार्य र कारणलाई नाम दिने कार्य दार्शनिक पक्ष हाे । सामुहिक विचारधारालाई नेतृत्व गर्ने सिपलाई राजनीति भनिन्छ । त्यसैले राजनीतिलाई प्रधान नीति  पनि भनिन्छ । समाजशास्त्रमा राजनिति र समाजकाे पनि अध्ययन हुन्छ । मानिसको जीवनमा राजनितीले धेरै प्रभाव पारेको हुन्छ । शासन सत्ताको अपेक्षा राख्दै समाजलाई हित गर्ने उद्देश्यले गरिने क्रियाकलाप नै राजनीति हाे । राजनीतिक विचारधारा अनुसार मानिसका जीवनका क्रियाकलापहरू निर्देशित हुने गर्दछन्, तर कतिपय अवस्थामा राजनीतिक आस्थाबाट माथि उठेका व्यक्तिहरूकाे जीवन दर्शनले पनि समाजमा अनुसरण पाइरहेका हुन्छन् । राज्यको राजनितिक व्यवस्था जस्तो छ, मानिसले भाेगाइकाे क्रममा जीवनका क्रियाकलाप पनि त्यस्तै गर्ने गर्दछन् ।

जीवनमा धेरै मानिसहरू राजनीति गर्नुभन्दा पनि राजनीतिक व्यवस्था जनकल्याणकारी हाेस भन्ने चाहन्छन् । उनीहरू अाफुलाई जीवनयापन गर्ने पेशागत सुरक्षा चाहन्छन् । अायअार्जनका अाधारहरू सिर्जना गर्न रमजनितिक प्रणालीले उत्पादन, उपभाेग, विनिमय र वितरणमा समान अवसरहरूकाे सिर्जना गराेस भन्ने चमहन्छन्, जुन हरेक मानिसका जीवन दर्शनभित्र पर्ने कुरा हुन् । समाजशास्त्रले राज्यकाे अाधारभुत उत्पादन प्रणालीमा भएको स्वामित्वको प्रभावकारी विश्लेषण गरि अर्थतन्त्रको पनि विषयबस्तुहरू समावेश गरेकाे छ, मानिसको दैनिक जीवन सन्चालन गर्नका लागि अनिवार्य शर्त अार्थिक उपार्जन र अर्थतन्त्र नै हाे । समाजमा कृषकहरूकाे वाहुल्यता भएका ठाउँमा खानपान र जीवनशैली कृषिसंग मिल्दाेजुल्दाे हुन्छ । त्यस्तै उद्योग कलकारखानामा काम गर्ने मजदुरकाे बढी बसाेवास भएकाे ठाउँका मानिसहरूकाे खानपान र जीवनशैली कृषिकाे भन्दा फरक हुन्छ । ती रहन सहन र खानपान पनि जीवन दर्शनका निर्धारक तत्वहरूभित्र पर्दछन् । ती तत्वहरूकाे समाजशास्त्रमा सूक्ष्म रूपले अध्ययन गरिने भएकाेले जीवन दर्शनर समाजशास्त्र बीच सम्बन्ध रहेकाे हुन्छ ।

कानुनी प्रक्रिया एउटा छुट्टै विषय भए पनि समाजशास्त्रमा पनि कानुन निर्माणलाई planned  change भित्र राखेर समाज परिवर्तनको वाहक कानुनलाई मानिन्छ । याेजनाबद्ध परिवर्तनको महत्त्वपूर्ण साधनका रूपमा समाजशास्त्र विषयमा कानुनी निर्धारणवाद र सामाजिक साँस्कृतिक परिवर्तनको प्रभाव विषयमा सिंगाे समाजकाे अध्ययन गरिन्छ ।ममनवशास्त्री E.B. Tylor का अनुसार - संस्कृति समाजकाे सदस्यकाे हैसियतले मानिसले आर्जन गरेको कला, भाषा, साहित्य, रितिरिवाज, मूल्य, मान्यता, विश्वास र कानुनलाई संस्कृति भनिन्छ । यसरी हेर्दा मानवलाई अावश्यक पर्ने भाैतिक तथा अभाैतिक नियम, कानुन, प्रथा र परम्परा नै संस्कृति हाे । संस्कृति समय, स्थान र धर्म अनुसार विविध प्रकारकाे हुन सक्दछन्, तर मुख्य समानता के हाे भने मानिसका दैनिक जीवन यापनलाई सहज बनाउनका लागि संस्कृतिको निर्माण र परम्परा चलेका हुन्छन्, जुन जीवनकाे दर्शनसंग प्रत्यक्ष समेबन्धित हुन्छन् ।

निष्कर्ष : जीवनकाे गतिविधिलाई निरन्तरता दिनका लागि बनेका सिद्धान्त र व्यवहार जीवनको दर्शन हुन । सामाजिक घट्नाहरूकाे कार्य कारक सम्बन्धकाे अध्ययन विश्लेषण गर्ने विषय समाजशास्त्र हाे । जीवन दर्शन र समाजशास्त्र दुवैको विषयवस्तुकाे लाभग्राही समाजका मानव भएकाले ती भित्र गरिने अभ्यास र अध्ययनवीच सम्बन्ध जाेडिएकाे छ । यी दुवैले एक अर्काकाे अध्ययनमा मानव समाजलाई केही दृष्टान्तहरू अादानप्रदान गरेर सघाउ पुर्‍याइरहेका हुन्छन् । यस्ताे सम्बन्धलाई शिक्षक तथा प्राध्यापकहरूले अध्यापनकाे अाैजार पनि बनाउने गर्दछन् ।  
(लेखक सिद्धार्थ मावि हेटाैंडाका सामाजिक अध्ययन विषय विभागका विभागीय प्रमुख हुन् )


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बागमती प्रदेशको अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय
Screenshot_20240224_20374-1737716507.jpg

११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको  १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...

हेटौंडा-१५मा शौचालयमा लडेर वृद्धको मृत्यु
images(9)-1737715618.jpg

११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो  हेटौडा-१५...

हेटौंडा ९ बाट नाबालिका बलात्कारको आरोपमा एकजना पक्राउ
Screenshot_20240528_08091-1737712684.jpg

११ माघ, हेटौंडा । हेटौंडा ९ बाट  नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...

मधेस सरकारले फिर्ता लियो भाषा सम्बन्धि विधेयक
IMG_20240607_180745-1737710989.jpg

११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले  भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...

कुवामा डुबेर एक बृद्धाको मृत्यु
death_body-1737703741.jpg

११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...

सुनको मूल्य एक हजार रूपैयाँले बढ्यो
gold-1737703034.png

११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...

हेटौंडा १२ मा बाघ देखापर्यो
download-1737680830.jpg

११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...

तीन प्रदेशको मौसममा आंशिक बदली रहने
kathmandu-sky-(1)-1737680284.jpg

११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  जसको प्रभावले...

प्रज्ञा प्रतिष्ठान ऐनसम्बन्धी विधेयक पारित
1684587645_1609591046_sud-1737679563.jpg

११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...

थप समाचार