Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सरसफाई गर्दै चुनडाँडाका स्थानीयद्वारा कान्तिलोकपथ बन्दको चेतावनी

C5-1584166953.jpg

१ चैत, हेटौंडा । हेटौंडा–१७ चुनडाँडाका स्थानीयले कान्तिलोकपथ बन्दको चेतावनी दिएका छन् । शनिबार चुनडाँडा क्षेत्रको सडक पानी हालेर सरसफाई गरेका उनीहरुले आइतबारदेखि कान्तिलोकपथ अवरुद्ध गर्ने चेतावनी दिएका हुन् । 
उनीहरुले त्यस क्षेत्रमा संचालन हुने सवारीका चालकलाई आफ्नो समस्याबारे अवगत गराउँदै बैकल्पिक मार्ग प्रयोग गर्न समेत सुझाव दिएका छन् । शिवम् सिमेन्ट उद्योगका सिमेन्ट, क्लिंकर, ढुंगा बोक्ने सवारीका कारण त्यस क्षेत्रमा पानी परेपछि सडक हिलाम्मे र घाम लागेपछि धुलाम्मे हुने समस्या भएको भन्दै स्थानीयले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । उनीहरुले कान्तिलोकपथदेखि शिवमसम्म जाने सडक स्तरीकरण र सडकमा हुने धुलो र हिलोको समस्या समाधान गर्नुपर्ने मागसहित बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौंडा नगरपालिका, शिवम् लगायत सरोकारवाला निकायमा जानकारी गराएका छन् । 
धुलो र हिलोका कारण त्यस क्षेत्रका स्थानीय बस्नै नसक्ने अवस्थामा पुगेको र स्वास्थ्यमा प्रतिकुल असर परिरहेकाले सडक स्तरोन्नति गर्दै धुलो र हिलो नियन्त्रणको माग गरेको लक्ष्मी बंकटेश टोल विकास संस्थाका अध्यक्ष बोधनाथ तिमल्सिनाले बताए । कान्तिलोकपथबाट शिवम्सम्म जाने सडक कच्ची हुँदा सो सडक भएर गुड्ने सवारीका टायरमा टाँसिएको धुलो र हिलो कान्तिलोकपथसम्म आउँदै त्यस क्षेत्रमा दिनभर हिलाम्मे र धुलाम्मे हुने गरेको छ । बेलैमा समस्या समाधान नभए सवारी दुर्घटनाको जोखिमसमेत रहेकोले सचेतना अभिबृद्धि गर्दै आन्दोलन थालेको स्थानीय दामोदर दाहालले बताए ।
शनिबार भएको सरसफाई कार्यक्रममा हेटौंडा–१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, भीमप्रसाद अधिकारी, समाजसेवी लक्ष्मण कटुवाल, युवा नेता नवराज न्यौपाने, चुच्चेखोला टोल विकास टोल विकास संस्थाका अध्यक्ष अमित कँडेल, लक्ष्मीनारायण दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष रच्युत देवकाटा लगायतको सहभागिता रहेको थियो ।

C1-1584167022.jpg
C7-1584167110.jpg
C2-1584167023.jpg
C8-1584167110.jpg
C4-1584167023.jpg
C6-1584167024.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार