४ चैत, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्गमा नियमित सवारी संचालन गर्ने ढंगले काम भईरहेको छ । यसका लागि हेटौंडादेखि ललितपुरको सात दोवाटोसम्म विभिन्न भागमा सडक स्तरोन्नतिको काम भईरहेको छ ।
तर यसअघि नै कालोपत्रे भईसकेका कतिपय ठाउँमा सडक भत्कने, चिरा पर्ने र गाडि नै डुब्ने खाल्डा पर्न थालेका छन् । करिब २ बर्ष अघि नै कालोपत्रे भईसकेको हेटौंडादेखि मकवानपुरगढीको लेनडाँडासम्मको सडक कतै भुकम्पले चर्किएका छ भने कतै खानेपानीको पाईप विस्तार गर्ने क्रममा सडकबीचमै ठाउँ ठाउँमा खाल्डो परेका छन् । हेटौंडा–१७ चुच्चेखोला बजारमा भने अहिले गाडि नै डुब्ने खाल्डो बनेको छ । यसअघि ठेक्का सम्झौता भएका दुबै निर्माण कम्पनीले काम सम्पन्न गरेपनि यो क्षेत्रमा भने हिउँदमै गाडि डुब्ने खाल्डो परेको छ ।
मोतिदान कन्स्ट्रक्सनको शुरु विन्दु र बानियाँ निर्माण सेवाको अन्तिम विन्दु रहेको चुच्चेखोलामा कालोपत्रे हुन सकेको छैन । करिब एक सय मिटर सडक स्थानीयको विवादका कारण कालोपत्रे हुन नसक्दा अहिले गाडि डुब्ने खाल्डो परेको छ । दुबै कम्पनीले विवाद भएको क्षेत्र छोडेर आफ्नो काम सम्पन्न गरिसकेका छन् । ‘अहिले हिउँदमा खाल्डो परेर गाडि डुब्ने अवस्था रहेको र धुलोले बस्नै नसक्ने अवस्था उत्पन्न भएको छ ।’–स्थानीय प्रमेश पराजुलीले भने । यथाशिघ्र रोकिएको कालोपत्रे गर्ने काम शुरु गर्न उनले माग गरेका छन् ।
२ दिन अघि कान्तिलोकपथ हुँदै ललितपुर जाँदै गरेका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले समस्या रहेका स्थानमा छलफलमार्फत काम अघि बढाउने बताए । चुच्चेखोलामा रोकिएका उनलाई स्थानीयले आफ्नो समस्या राखेका थिए । यस विषयमा मन्त्रालय छलफल पनि भएको बताउँदै उनले छिटै काम अघि बढ्ने विश्वास दिलाए । खाल्डो पानी पोखरी जस्तो बनिसकेको र यस क्षेत्रमा दुर्घटनाको जोखिम बढेको भन्दै यथाशिघ्र समस्या समाधान गर्न स्थानीय शिव गौतमले सरोकारवाला निकायसंग आग्रह गरेका छन् ।
कान्तिलोकपथमा यो क्षेत्रमा शिवम सिमेन्ट उद्योगका दैनिक २ सय बढि सवारी संचालन हुने गरेको छ भने काठमाडौं जाने साना सवारी समेत संचालन हुने गरेका छन् ।
२२ जेठ, हेटौँडा । जेठ २९ गते सोमबार नेपाली कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...
२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...
२२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६७२ वटा नमुना परीक्षण गर्दा...
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भैंसी चढेर आएको’ भन्ने शब्द संसदको रेकर्डबाट हटाइएको छ...
२२ जेठ, हेटौंडा । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले कमाने स्वस्टेसन मार्फत १३२ केभि प्रसारण...
२२ जेठ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार ४६ जना प्रहरी निरीक्षक (ईन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक...
२२ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
२२ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । विश्व...
२२ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिणअफ्रिका जाँदैछन् ।...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
२१ जेठ, ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी...