५ चैत, हेटौंडा । हिलोका कारण समस्या भोग्नु परेको भन्दै हेटौंडा–१७ चुच्चेखोलाका स्थानीयले बुधबार विहान कान्तिलोकपथमा रोपाई गरेका छन् ।
चुच्चेखोलामा कान्तिलोकपथमा ठूलो खाल्डो परेर गाडि डुब्ने अवस्था आउँदा समेत सरोकारवाला निकायले चासो नदिएको भन्दै स्थानीयले रोपाई गरेका हुन् । चुच्चेखोला बजारदेखि दिव्यज्योति आधारभुत विद्यालयसम्मको एक सय मिटर क्षेत्रमा सडक कालोपत्रे नहुँदा धुलो र हिलोका कारण स्वास्थ्यमा समस्या भएको स्थानीय प्रमेश पराजुलीले बताए । उनले समुदायसंग छलफल गरी यथाशिघ्र कालोपत्रे गर्न आग्रह गरे पनि वेवास्ता गरेकाले विरोध स्वरुप सडकमा भएको हिलोमा धान रोपेको उनले बताए ।
अन्यत्र सडक फराकिलो र कालोपत्रे गर्न डोजर समेत चलाएको बताउँदै राधा गुरागाईले यथाशिघ्र यहाँ सडक विस्तार र स्तरीकरणको काम गरी जनतालाई राहत दिन माग गरिन् । स्थानीयले चुच्चेखोला बजार सरसफाई समेत गरेका थिए । यसअघि, हेटौंडा–१७ चुनडाँडामा समेत स्थानीयले सडक स्तरीकरणको माग गर्दै २ दिन अघि सडक अवरुद्ध गरेका थिए । सडक स्तरीकरण नहुँदा हिलो र धुलोले स्थानीयहरुले सास्ती भोगेको भन्दै स्थानीय अमित कँडेलले समस्या समाधानका लागि आग्रह गरे ।
कान्तिलोकपथमा यो क्षेत्रमा शिवम सिमेन्ट उद्योगका दैनिक २ सय बढि सवारी संचालन हुने गरेको छ भने काठमाडौं जाने साना सवारी समेत संचालन हुने गरेका छन् ।
यो पनि पढ्नुस्
हिउँदमै कान्तिलोकपथमा गाडि डुब्ने खाल्डो (तस्विरहरु)
२१ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा...
२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...
२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...
२० जेठ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...
२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...
२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...
२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...
१२ जेठ, हेटौंडा । २५ वर्षअघि एक टन गाँजा छाडेर भागेका मकवानपुरको राक्सिराङ गाउँपालिकाको सरिखेतका ईमान सिं...
१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन्...
२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...
१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २...
२० जेठ, हेटौंडा । हेटौडा - ५ राईटोल बाट मनकामना जाने बाटोको जंङगलमा शव फेला परेको छ । शनिवार विहान राईटोल बाट...
१३ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले...
१८ जेठ, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा दुई जनाको हत्या गरिएको छ । हत्या हुनेमा बाणगंगा नगरपालिका-६ मटेरियाका...
१६ जेठ, काठमाडौं । मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ । पाँच टी-२० सिरिज...
१२ जेठ, हेटौंडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को आयोजनामा भएको टोल विकास संस्था परिचालन तथा क्षमता...