६ बैशाख, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ का आधा दर्जन गाउँका एक सय ५० भन्दा बढि घर र ५० बढि गोठ शुक्रबार राति आएको असिनापानी र हावाहुरीको क्षति पुर्याएको स्थानीयले जनाएका छन् । कति घरगोठी क्षति भयो तथ्यांक संकलन भईरहेको छ ।
घर गोठको जस्तापाता उडाएको र घरमा राखेका अन्नपात र लत्ताकपडा क्षति भएको डिल्लीपुरका लक्ष्मण घिमिरे बताए । घरगोठमा क्षति पुगेपछि बेलुकाबाटै कहाँ सुत्ने र के खाने भन्ने समस्या आएको अर्की पिडित लक्ष्मी सुवेदीको भनाई छ । ‘पुरै गाउँको घर लाईनै क्षति पुर्याएको छ ।’–केशव विष्टले भने ।
डिल्लीपुर, बसन्तपुर, रातोमाटे लगायतका आधा दर्जन गाउँका घर हावाहुरीले छानाविहिन छन् । गाउँमा पशुचौपाया मरेका छन् भने स्थानीय एक महिला घाइते समेत भएकी छिन् । तरकारीको पकेट क्षेत्र मानिने यस क्षेत्रमा लगाएको तरकारी सखाप भएको छ । ‘गाउँभरका घरमा क्षति पुर्यायो, तरकारी र मकै पुरै क्षति पुर्याएको छ ।’–स्थानयि नेत्रबहादुर न्यौपानेले भने–‘म त अब कुखुराको खोरमा सुत्नुपर्ने भएको छ ।’
सरकारले घरबाट बाहिर ननिस्कनु भनेपनि बस्ने घर नै क्षति भएपछि के गर्ने भन्ने चिन्तामा उनीहरु रहेका छन् । ‘तत्कालका लागि ओत लाग्ने र खाने व्यवस्था मिलाईदिनु पर्छ ।’–स्थानीय सम्प्रस पौडेलले भने । पोल ढलेर गाउँ विद्युत विहिन छ । शनिबार क्षतिको अवलोकन गर्न पुगेका मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतिले तथ्यांक संकलनपछि जिल्ला प्रशासन कार्यालय मकवानपुर अन्तरगत रहेको कमाण्ड पोष्टमार्फत राहतको व्यवस्था गर्ने बताए ।
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...
१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...
१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...
१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...


















