Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सरकारको नीति तथा कार्यक्रममा सडकका योजना

Koteshwor-Suryabinayak-ro-1589592173.jpg

३ जेठ, हेटौंडा । सरकारले स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता राखेको भएपनि भौतिक पुर्वाधारका पुराना कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । 
गत आर्थिक वर्षमा मदन भण्डारी राजमार्ग निर्माण ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको सरकारले अहिले पनि सोही समयावधी राखेर राजमार्ग निर्माण गर्ने कार्यक्रमलाई समावेश गरेको छ ।
सरकारले मदन भण्डारी राजमार्ग निर्माण गरि एक वर्षभित्र १ सय ५५ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यक्रम अघि सारेको छ । 
जनस्वास्थ्य र पुर्वाधारमा ठूलो बजेट विनियोजन गर्नुपर्ने वर्तमान आवश्यकता संगै सरकारले भौतिक पुर्वाधारका पुराना कार्यक्रमलाई पनि यथावतरुपमा निरन्तरता दिने भएको छ । 
सरकारले ३ बर्ष भित्र मध्यमहाडी पुष्पलाल लोकमार्गको निर्माण सम्पन्न गर्ने, हुलाकी राजमार्गको २ सय ५० किलोमिटर र उत्तरदक्षिण लोकमार्ग अन्तर्गत कालिगण्डकी कोरिडोरको ९० किलोमिटर कालोपत्रे गर्ने भएको छ । 
कोशी र कर्णाली कोरिडोरको ट्रयाक स्तरोन्नतीको काम सुरु गर्ने, नागढुंगा नौबिसे सडक खण्ड अन्र्तगतको सुरुङमार्गको २ दशमलव ६८ किलोमिटर मध्ये १ किलोमिटर सुरुङ खन्ने काम आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम छ ।  
यस्तै सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माण सुरु गर्ने, पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक चारलेनको बनाएर सम्पूर्ण खण्डलाई चार लेनको दु्रत मार्गको रुपमा विकास गर्ने, नारायणगढ बुटवल खण्ड र कमला कञ्चनपुर खण्डको विस्तार कार्य तीन वर्ष भित्र सम्पन्न गर्ने, बेत्रावति–साफ्रुबेसी टोखा–छहरे गुर्जेभन्ज्याङ–खुटीया दिपायल लगायतका सुरुङ निर्माणको काम अघि बढाइने, रसुवागढी काठमाडौं रेलमार्ग, विरगञ्ज काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक सुरु गरिने भएको छ ।
पुर्व पश्चिम विद्युतिय रेलमार्ग आयोजनाको पूर्वतयारी सम्पन्न गरी काकडभिट्टा—इनरुवा खण्डको निर्माण सुरु गर्ने र विद्युतिय यातायात प्रणालीलाई प्रोत्साहन गर्ने कार्यक्रम पनि सरकारले बनाएको छ ।  फोटोः गुगल
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार