Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

तार हालेको ३ बर्षसम्म धियालमा विजुली बलेन

Dhiyal-1497866608.jpg

५ असार, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका धियालमा विद्युतिकरण नहुँदा स्थानीय बासिन्दालाई समस्या परेको छ । पोल गाडेर तार हालेको ३ बर्ष पुगिसक्दा पनि धियालमा विद्युतिकरण हुन नसक्दा स्थानीयहरु समस्या भोगिरहेका हुन् ।
जिल्लाका सबै क्षेत्रमा विद्युतिकरण भईसक्दा पनि धियालका बासिन्दा अझै अन्धकारमा बस्न बाध्य छन् । विद्युतिकरण नहुँदा धियालका करिव ६ सय घरधुुरीका बासिन्दा अध्ययन, मोवाई चार्ज, कुटानी पिसानी, टिभि हेर्ने जस्ता सुविधाबाट बन्चित भएको स्थानीय सोना जिम्बाले बताईन् ।
विद्युतिकरणका लागि स्थानीय भुमेश्वरी सामुदायिक वनले ६ लाख र तत्कालिन धियाल गाविसले ६ लाख बजेट खर्चिसकेको छ । ३ किलोमिटर टाढाको मामदमार गाउँबाट काठे पोल गाडेर तार हालिसकेपनि अझै विजुली नबल्दा स्थानीय बासिन्दा निरास छन् । विद्युतिकरणका लागि हालसम्म सहयोग नगरेको नेपाल विद्युत प्राधिकरणले काठको पोल गाडेको भन्दै विद्युत सुचारु नगरेको स्थानीय रमेश लामा स्यांतानको गुनासो छ ।
बर्षौदेखि विजुली बाल्ने सपना बोकेका स्थानीयले यसबर्ष सांसद इन्द्रबहादुर बानियाँबाट प्राप्त क्षेत्र विकास कोषको १५ लाख र जिल्ला समन्वय समितिबाट प्राप्त ५ लाखबाट फलामका पोल फेरेर विद्युतिकरण गर्ने जनाएका छन् । धियालभरी नै विद्युतिकरणका लागि प्राधिकरण र स्थानीय निकायको सहयोग आवश्यक रहेको स्थानीयको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार