Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विचार

बि.पि.कोइराला र उनको साहित्य

BP-1599371488.jpg

पृष्ठभूमि 
बि.पि.कोइरालाको पिता श्रीकृष्णप्रसाद कोइराला र माता श्री दिव्या कोइराला हुनुहुन्छ । बि.पि.को जन्म बि.सं. १९७१ भाद्र २४ मा तत्कालिन ब्रिटिश इण्डियाको बारणासीमा भएको हो । उनको जन्मदिन इश्वि सम्बत् अनुसार सार १९१४ सेप्टेम्बर ८ तारिखमा पर्दछ । उनको प्रारम्भिक पठन पाठन १४ बर्षको उमेर सम्म आफ्ना पिता श्री कृष्णप्रसाद कोइरालाले स्थापना गर्नु भएको बिद्यालयमा  गरेका थिए । त्यसपछि वि.पि.बनारमानै हरिश्चन्द्र स्कूलमा भर्ना भई अध्ययन गरे । वि.पि.ले बि.सं.१९८९ मा इण्टरमिडियट र वि.सं १९९१ मा वनारस बिश्व बिद्यालयबाट अर्थशास्त्र र राजनीति शास्त्रमा स्नातक पूरागर्नुका साथसाथै उनले पछि वि.सं १९९४ मा कलकत्ता विश्व बिद्यालयबाट कानूनमा स्नातक अध्ययन समेत पूरा गरेका थिए । कानूनको अध्ययन पछि करीव १० बर्ष सम्म कानून व्यवसाय गरेका थिए । उनको व्यवसायको क्षेत्र दार्जिलिङ थियो ।
राजनीतिक जीवन 
बि.पि.भारतीय राष्ट्रिय कांग्रेसमा बि.सं.१९९१ देखि संलग्न भएका थिए । भारतमा ब्रिटीश उपनिवेशको बिरुद्ध आन्दोलन चलिरहेको बेलामा नेपालमा पनि राणाहरुको एकतन्त्रीय जहानीया शासन विरुद्ध आन्दोलन जारी थियो । सो समयमा वि.पि.कै  वि.सं.२००६,चैत्र २८ मानेपाली कांग्रेस पार्टीको स्थापना भएको थियो । वि.सं.२००४ मा विराटनगरमा मजदुर आन्दोलनमा  अन्य नेताहरु सहित वि.पि.पक्राउ परे र उनलाई जेलमा राखियो । वि.पि.ले जेलमा २७ दिनसम्म लामो भोक हडताल र गान्धीको अनुरोधमा उनी जेलबाट मुक्त भएका थिए ।
राणा शासनको अन्त्य भएपछि राणा–कांग्रेस संयुक्त सरकारमा उनले ९ महिना गृृहमन्त्रीका रुपमा काम गरे । राणा कांग्रेसको संयुक्त सरकार भंग भएपछि उनी पार्टी संगठनमा लागे । बि.पि.कोइराला २००९ देखि २०१२ सम्मनेपाली कांग्रेसकासभापतिको रुपमा कार्य गरे । वि.सं.२०१५ को संसदीय चुनावमाविजयीभएपछि उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बने । बि.सं. २०१७ पुस १ मा राजा महेन्द्रले सरकार भंग गरेपछि उनलाई थुनामा राखियो । बि.सं.२०२५ मा उनलाई जेलमुक्त गरी स्वनिर्वासनमा जान दिइयो । वि.सं २०३३ सालमा राष्टिय मेलमिलापको नीति सहित स्वदेश फर्के र बाँकी जीवन२०३८ साल श्राबण ६  स्वर्गारोहण नहुँदा सम्म नेपाल र नेपालीकै हितकालागि संघर्षरत रहे । 
बि.पि.र उनको साहित्य
बि.पि.साहित्यकारको अनुभूति र नेताको सामाजिक दायित्व दुवै विद्यमान भएका साझा व्यक्तित्व थिए । साहित्यको इतिहासमा काल विभाजनका दृष्टिले वि.पि.लाई आधुनिक कालका सात्यिकारका रुपमा लिइन्छ भने बिधागत हिसावले उनलाई आख्यानकारका रुपमा राखिएको पाइन्छ । 
वि.पि.कोइरालाको साहित्यप्रतिको लगाव किशोरवय देखिनै रहेको थियो भन्न बिषय उनको साहित्य सृजनाको यात्रा उनले कक्षा ९मा अध्ययन गर्दा देखिनै प्रारम्भ भएकोे पाइएबाट स्पष्ट हुन आउछ । बि.पि.एकातिर राजनीतिक चिन्तनमा लागेका देखिन्छन् त अर्कोतिर साहित्यिक कृतिहरुको निर्माणमा पनि उत्तिकै समर्पित रहेको पाइन्छ ।
बि.सं.१९७१ मा जन्मेका बि.पि.ले २० बर्षकै युवावयमा (बि.सं.१९९१)परिपक्क र एउटा नयाँधारको प्रतिनिधित्व गर्दै नेपाली आधुनिक कथा साहित्यमा योगदान पुर्याएको र २४ बर्षको उमेरमै सिद्धहस्त कथाकारका रुपमा आफूलाई स्थापित गर्न सफल भएको देखिन्छ । यस्तो अद्भुत क्षमता सामान्य मानिसहरुमा पाउन कठीन छ । बि.पि.ले हिन्दी तथा नेपाली दुवै भाषामा कथा लेख्ने गरेका थिए । कोइरालाको पहिलो कथा बनारसबाट प्रकाशित हुने हंश पत्रिकामा छापिएको थियो । ती कथाहरु हिन्दी भाषाका थिए । हंश पत्रिकाका सम्पादक थिए– प्रशिद्ध कथाकार पे्रमचन्द ।  
बि.पि.कोइरालाकोे प्रथम नेपाली कथाचन्द्रबदन थियो । उनको चन्द्रबदन कथा काठमाडौबाट प्रकाशित हुने शारदा पत्रिकामा वि.सं.१९९१ ( सन् १९३५) मा प्रकाशित भएको थियो । यही समयमै मनोवैज्ञानिक ढंगले जीवन केलाउदै आधुनिक कथा शिल्प लिएर कोइराला देखा परे वि.पि. । 
उनका कथाहरुमा यौनजन्य अतृप्ति र मानसिक समस्या जनित नारी मनका यौन मनोबिश्लेषण गरिएका हुन्छन् । यस्तै उनका अन्य कथाहरुमा कर्नेलको घोडा, पबित्रा र शत्रु आदि हुन् । यी कथाहरुमा कथाकारले मानवको अन्तर्मनमा रहेका यौन कुण्ठा र अतृप्त यौन चाहना जनित मनोदशालाई उजागर गरेका छन् । त्यस्तै मधेशतिर कथा नेपाली पृष्ठभूमिमा अधिकांश नेपालीको आर्थिक जीवन र बालबैधव्यजनित यौन अतृप्ति यी दुवै समस्याको चित्रण गर्न सफल कथा मानिएको छ । मधेशतिर कथाका पात्र गोरेको समस्या काम र मामको हो भने, बिधवाको समस्या पोइको रहर रहेको छ । गोरे दुई गाँस निम्ति भोकै हिडन बिबस मान्छे हो भने बिधवा गहनाको पोको लिएर घर छाडेर हिँडेकी यौन बिवस मान्छे हो । उनको कथाहरुमा सिग्मण्ड फ्रायडको मनोविज्ञान प्रयुक्त भएका छन् । वि.पि.का उल्लिखित कथाहरु निकै सफल र बहुचर्चित कथा हुन् । 
उनका अन्य चारवटा कथाहरु दार्जिलिंगबाट प्रकाशित हुने साहित्यिक पत्रिका कथा कुसुुममा वि.सं.१९९५मा प्रकाशित भएका थिए । वि.पि.ले आफूलाई वि.सं.१९९५ सम्ममा नै एउटा सशक्त र सफल आधुनिक कथाकारको रुपमा स्थापित गरिसकेका देखिन्छन् । 
बि.पि.का दुइवटा कथा संग्रहहरु प्रकाशित भएका छन् । ती मध्ये दोषी चश्मा, वि.सं.२००६ (सन् १९४९) र श्वेत भैरवी (वि.सं.२०४०) हुन् । दोषी चश्मा कथा संग्रहमा १६ वटा कथा संग्रहित छन् । उनको कथाशैली सरल र छरिता छन् । नेपाली साहित्यमा फ्रायडीय मनोविज्ञानको प्रयोग गरेर मानव मनको सूक्ष्मतम बिश्लेषण गरेर कथा लेख्ने कथा शिल्पी हुन कोइराला । कथाकार बि.पि. साहित्यकार लरेन्स र चेखभबाट प्रभावित थिए र उनमा मानिसको यौन जनित चारित्रिक संगठन तर्फ फ्रायडको दृष्टि घुमाउने बिशेषता थियो भनिन्छ ।
बि.सं १९९१ सालदेखि काठमाडौबाटशारदा पत्रिका प्रकाशित हुन थाले र सो पत्रिका नै नेपाली आधुनिक कथा साहित्यको पहिलो चौतारो मानिएको पाइन्छ । समीक्षकहरु सो समयदेखि नेपाल भित्र र बाहिर प्रकाशित विभिन्न पत्रिकाहरुमा नेपाली आधुनिक कथाको मौलिक स्वरुप देखिन थालेको हो भन्ने गर्छन ।
शारदाकाल बि.सं १९९१ मा कथा लेख्ने आधुनिक कथाकारहरुमा गुरुप्रसाद मैनाली, पुष्कर शम्शेर, बालकृष्ण सम र बिश्वेश्वर प्रसाद कोईराला थिए । यी मध्येका बि.पि. मनोवैज्ञानिक कथाकार  हुन ।  उनको गोरेटो पच्छ्याउदै कथा लेख्ने उनी पछिका कथाकारमा भवानी भिक्षु, गोविन्द बहादुर मल्ल, बिजय मल्ल, पोषण पाण्डे आदि मानिन्छन्  । 
वि.पि.ले कथाका अतिरिक्त जीवनी तथा थुप्रै उपन्यासहरु पनि लेखेका छन् । उनका उपन्यासहरुतीन घुम्ती (ई.स १९६८), सुम्निमा (ई.स १९६९), नरेन्द्रदाई (ई.स १९६९), मोदिआइन (ई.स १९८०), हिटलर र यहुदी (२०४२), बाबु आमा र छोरा (२०४६) आदि रहेका छन् । साथै उनको जीवनीमा जेल जर्नल र आफ्नो कथा (अपुरो) हुन् । 
बि.पि.कथा साहित्य जस्तै नेपाली उपन्यास साहित्यमा समेत उत्तिकै सशक्त र सफल छन् । उनी आफ्ना उपन्यासमा पनि पात्रहरुको यौन मनोभाव अति सूक्ष्म तरिकाले केलाउन खप्पिस छन् । बि.पि.को अधिकत्तर साहित्यमा यौनजन्य मानसिक समस्या र मनोविश्लेषण पाइन्छ । बि.पि.लेउपन्यासमा पनि मनोबिज्ञानको प्रयोग  गरेका छन्  । उनको उपन्यासमा नारीपात्रका अचेतन तथा चेतन मनको बिश्लेषण गरिएको देखिन्छ । बि.पि.कोइराला सामाजिक यथार्थबादी र यौन मनोविश्लेषणे साहित्यकार हुन् ।
भनिन्छ–‘उपन्यास साहित्य नवीन बिधा हो ।’ समालोचकहरुका अनुसार पढनेले छापहरु छोड्दा समालोचना हुँदैन । समालोचकहरुको बिचारमा कृतिलाई हेर्ने विभिन्न माध्यम छन् । ती माध्यमहरु मध्ये कसैले उपन्यासमा बुनिएको प्याटर्न हेर्छन, कसैले कलात्मकता हेर्न खोज्छन् । उनीहरुको बिचारमा उपन्यासले जीवन मात्र भन्दैन, जीवनबारे पनि केही भन्छ र जीवनमा एउटा प्याटर्न देख्छ । कसैले लेखाइको कलामा हेर्छन् कसैले प्रबृत्ति हेर्छन अर्थात हेराइमा बिबिधता रहन्छ । समीक्षकहरु भन्छन्–वि.पि.का उपन्यासहरुमा व्यक्तिमात्रमा पाइने प्रबृत्तिहरु र आदिम भोक छन् । व्यक्ति जीवनको प्रबृत्ति, चरित्रहरुको अध्ययन बिश्लेषणमा कामशास्त्रीय मनोविश्लेषण सिद्धान्तहरुलाई आधार बनाइएका उपन्यासहरु दिए बि.पि.ले । परम्पराको सापेक्षतामा यो पनि साहस हो खास गरेर मर्यादा, संकिर्णता र जातीय श्रेष्ठताको व्यर्थ घमण्डहरु तोडिएका छन् । 
उनका उपन्यासमा नैतिक मर्यादा प्रमुख भएर उभिएका छन् । स्वभाविक यौन सुखेच्छा र सामाजिक मर्यादा माझको द्धन्द जीवन उनको मुख्य बिषय हो । यौन–जीवनको अभिन्न अंग कहलिएको र निरन्तर सत्य मानिआएको यौनको पनि वैज्ञानिक अध्ययन गर्ने तर्फ उपन्यासकार आकृष्ठ भएका छन् । वि.पि.को उपन्यासमा चेतन र अचेतन (नैतिक र अनैतिक) मनको द्धन्दपूर्ण रतिरागात्मक यथार्थता पाइन्छ । सुम्निमाका सोमदत्त र पुलोमा तीन घुम्तीकी इन्द्रमाया र नरेन्द्रदाईको नरेन्द्र यसका उदाहरण हुन् । 
यस लेखमा हामी बि.पि.का सृजनाहरुका पात्रको मनोदशा संक्षिप्तमा चर्चा गर्ने प्रयास गर्छोः
सर्वप्रथम तीन घुम्ती उपन्यासका पात्रहरु इन्द्रमाया, पीताम्बर र रमेश रहेका छन् । त्यस्तै दोश्रो उपन्यास नरेन्द्रदाईमा उपन्यासका पात्रहरु नरेन्द्र, मुनरिया (धानुककी छोरी) र गौरी (नरेन्द्रको पत्नी) छे । त्यसै गरी तेश्रो सुम्निमा उपन्यासका पात्रहरुमा सोमदत्त, पुलोमा, सुम्निमा र भिल्ल युवक तथा बाबुहरु (बाबुहरु सूर्यदत्त र विजुवा ) रहेका छन् । 
तीन घुम्ती 
यस उपन्यासमा इन्द्रमायाको मनोदशालाई उपन्यासकारले केलाएका छन् । इन्द्रमाया भित्रको मनको भाव समय अन्तरालमा परिवर्तन हुदै गएर पटक पटक एउटा बिशिष्ट मोड अर्थात निर्णयमा पुग्छ । ती हुन् ः पति ग्रहण, गर्भधारण र मातृत्वप्रेम ।
पहिलो मोड, जसमा इन्द्रमायाको घरमा उस्को बिबाहको कुरा चल्छ, अर्कोतर्फ इन्द्रमायाको पीताम्बर प्रतिको प्रेम हुर्कदै आएको हुन्छ । यो अवस्थामा घर छाडेर इन्द्रमायाले उसको स्वतन्त्र रोजाईमा पीताम्बरलाई स्वयंबरण गर्छे । यो उसको रोजाई हो ।(पति ग्रहण) ।
दोश्रो मोड, शरीर र मनको आन्तरिक आग्रहले इन्द्रमायाले पतिवाट यौन सुख र सन्तान चाहन्छे । तर पतिवाट त्यो यौन सुख र सन्तान प्राप्त हुँदैन । नीतिवादको परामर्शमा उमेर क्षयगर्दै प्रतीक्षामा कहिले सम्म चोखो पत्नी उभीइ रहनु ? नारी प्रकृति अनुसार यौन सुख र सन्तान रोज्छे, र देहधर्म अनुरुप परपुरुष रमेश संग सहबास गर्छे । जीवतात्विक स्वभाव मार्फत प्रकृतिले अह्राएको कार्य उसले स्वधर्मले गर्छे । (गर्भधारण) ।
तेश्रो मोड, छोरीलाई स्वीकार्न पीताबम्बर असमर्थ बन्छ । छोरी छाडेर उ इन्द्रमाया संग सम्बन्ध सहज बनाउन चाहन्छ तर छोरी छाड्ने कुरामा इन्द्रमाया सहमत हुन्न । रमेशबाट प्राप्त गरेको तृप्तिदायी दैहिक आनन्द, शाफ्नो गर्भको गौरब र अन्त्यमा माताको मर्यादा यी सवैलाई एउटा प्राप्तिको संरक्षणकालागि चुप्प लागेर बस्न नहुने सोचेर पीताम्बरलाई नत्यागी पुत्रीलाई सधै पाईरहु भन्ने चाहना राख्छे इन्द्रमाया । पीताम्बरको अस्वीकृतिमा अन्ततः गृहत्याग गर्छे । (मातृत्वप्रेम) ।
तीन घुम्तीकी इन्द्रमाया अचेतन र चेतनमनको द्वन्द द्वारा निर्मित नारी हो । उसमाको काम बृत्तिले पति पीताम्बर छँदाछँदै उसको अनुपस्थितिमा रमेशसंग अनैतिक र अमर्यादित समागममा अचेतनमनको बलियो आग्रहलाई दमन गर्न नसक्नुको दृष्टान्त हो । अचेतनले मर्यादा र निषेधलाई मान्दैन । तर, रमेश संगको समागमपछि उसको चेतन मन अमर्यादित भोगको अनौचित्यले कुण्ठित र विस्मित हुन्छ र प्रायश्चित गर्न थाल्छ । यो अति सचेत क्रिया हो । 
तीन घुम्तीमा इन्द्रमाया पीताम्बरबाट अतृप्त, लोग्नेको गिरफ्तारी पछि रमेशसंगको सहबासबाट यो कामना पूरा गर्छे । यसरी प्राप्त सुख र सन्तानलाई अपमानित हुन नदिने अठोटले प्रियातत्वलाई त्यागेर अनिश्चितता र एकांकी जीवन बरण गर्न उद्दत हुन्छे । 
नरेन्द्रदाई
यस उपन्यासमा नरेन्द्रले आफ्नी पत्नी गौरीमा मुनरियाको दैशिक शरीरको तुलनामा  यौनाकर्षण पाउदैन । उ गौरीमा यौवनोचित शारीरिक आकर्षण नभएपछि धानुक पुत्री मुनरिया प्रति आकर्षित हुन्छ । अतृप्त यौनकै कारण नरेन्द्रले परपत्नी मुनरियालाई लिएर गृहत्याग गर्छ । नरेन्द्रको व्यवहार देहधर्म अर्थात यौन अतृप्तिको विकृति बिस्पोटन हो ।
यौनलाई प्रमुखता दिएर त्यसका अपरितृप्तिबाट देखापर्ने मानवीय कुण्ठा, विकार आदिको अध्ययन नरेन्द्रदाई उपन्यास हो । नरेन्द्रदाईको गौरीको विक्षिप्ततालाई हेरौ न । उ विवाहित भइकन पनि कहिल्यै लोग्नेको माया नपाउने परित्यक्ता नारी थिई । 
सुम्निमा
वि.पि.को सुम्निमा उपन्यासमा इड र सुपरइगोको द्वन्द गहिरो र सूक्ष्मरुपमा बिश्लेषण गरिएको छ । चेतन र अचेतन मनको आदर्शोन्मुखी र रागात्मक बृत्तिको संघर्ष तर यथार्थ प्रक्रियाको रुपमा नायक नायिकाको मानसिकतामा चित्रित छ । सुम्निमाका सोमदत्त र पुलोमामा देखिने विक्षिप्तता र विकृति तथा शारीरिक दुर्वलताहरु अतृप्त बासनाले ल्याएको एक प्रकारको मानसिक शैथिल्य र उद्धिग्नता हुन् ।
सुम्निमा उपन्यासमा विवाहपूर्वको यौटा भिल्ल युवक संझेर पुलोमा पुलकित हुन्छे भने मानसमा सुम्निमा लिएर सोमदत्त समागमरत बन्छन् । पुलोमा र सोमदत्तको पुत्र दुवैको मानसपुत्र हो । किनकि पुलोमाले समागमरत रहदा भिल्ल युवकबाट तृप्ति लिएको कल्पना गरेकी थिई भने सोमदत्तले सुम्निमाको कल्पना गरेको थियो । रतिकृयारत रहँदाका अवस्थामा दुवै यथार्थ धरातलमा बिचाररत थिएनन् । कोईरालाका अनुसार सुम्निमाको कथा सत्य र असत्यको तराजुमा नजोखिएको एउटा बृतान्त हो । यसको महत्व पौराणिक छ,संकेतमय प्रतिकात्मक ।
सन्दर्भ सामाग्री 

- विकिपेडिया
- नेपाली उपन्यासका आधारहरु– इन्द्र बहादुर राई, नेपाली साहित्य परिषद् प्रकाशन, दार्जलिग, १९७४
- नेपाली उपन्यास र उपन्यासकार– कृष्णचन्द्रसिंह प्रधान, साझा प्रकाशन, ललितपुर नेपाल, २०३७

कृष्णप्रसाद भण्डारी (अधिवक्ता)

       - तीन घुम्ती,

       - सुम्निमा, प्रतिनिधि साहित्य प्रकाशन, चावहिल, काठमाण्डू नेपाल, प्र.सं.२०२७
       - नरेन्द्रदाई, प्रशान्त प्रकाशन, सि.के.३४। लाहोरी टोल बाराणसी,दो.सं.१९८६

       - सझा कथा, दोश्रो संस्करण, २०३१ साझा प्रकाशन काठमाडौ (केही बिबरण–केही बिचरण भैरब अर्याल)
      (लेखक लेखक संघ, मकवानपुरका सदस्य हुन् ।)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालद्वारा राजीनामा
Screenshot_20240328_15363-1711619508.jpg

१५ चैत, काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । बिहिबार...

नेपाली बजारमा सुनचाँदीको मूल्यो बढ्यो
silver-gold_2019122207002-1711604898.jpg

१५ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा ११ सय रूपैयाँ बढेको हो...

सुदूरपश्चिमका दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी
Screenshot_20240328_10254-1711600857.jpg

१५ चैत, हेटौंडा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका दुई विना विभागीय...

बागमतीमा हल्कादेखी मध्यम वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711592881.jpg

१५ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच प्रतियोगिता हुँदै
20240328_080703-1711592553.jpg

१५ चैत, काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिचको पहिलो टी-२० क्रिकेट प्रतियोगिता हुँदैछ । खेल...

एसईई आजबाट सुरु, मकवानपुरमा २६ परीक्षा केन्द्र
Neb-1609301848-1711589219.png

१५ चैत, हेटौंडा। यस वर्षको माध्यमिक शिक्षा परीक्षा(एसईई) आजबाट सुरु हुँदैछ। एसईई परीक्षामा देशभरबाट ५ लाख ४ हजार...

थप समाचार