१२ असोज, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ पहिरोका कारण विभिन्न स्थानमा छियाछिया भएको छ । पछिल्लो समय परेको अविरल बर्षाका कारण कान्तिलोकपथ छियाछिया भएको हो ।
मकवानपुरको मकवानपुरगढी–२ शिखरकटेरीदेखिमाथि बकैयागाउँपालिका-१२ ठिंगनसम्म दर्जनौं स्थानमा पहिरो गएको छ भने सडक आधासम्म भासिएको छ । ठूला ठूला पहिरो गएका कारण कान्तिलोकपथमा यातायात संचालन हुन सकेको छैन । लेनडाँडा भन्दा केही तलदेखि आँपचौर क्षेत्रसम्म सडक हिलाम्मे र पहिरो गएका कारण नियमित रुपमा सवारी संचालन हुन नसकेको हो । सामान ढुवानीका लागि घाम लागेको समयमा ट्याक्टरको प्रयोग गर्ने गरिएको ठिंगनका स्थानीले बताए । मोटरसाइकलमा त्यस क्षेत्रका स्थानीय जोखिमपूर्ण ढंगले यात्रा गरिरहेका छन् । कतिपय स्थानमा सडकको एकभाग खसेको छ । त्यसलाई निकै तलदेखि पर्खाल निर्माण गरेर सडक स्तरोन्नती गर्नुपर्ने देखिन्छ ।
दशैं नजिकिएको र बर्षा पनि कम हुने क्रममा रहेकाले सडक सुचारु गर्ने काम भईरहेको कान्तिलोकपथ आयोजनाका सुपरभाईजर साजन न्यौपानेले बताए । विभिन्न क्षेत्रमा निर्माण कम्पनीले काम गरिरहेको र दशैंसम्म सडक सुचारु गर्ने गरी पहिरो पन्छाउने र सडक सुधारको काम भईरहेको उनले बताए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















