Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

मकवानपुरका तरुण नेता विकेशको पहलमा विकले पाए नयाँ घर

20201005_102506-1601872886.jpg

१९  असोज, हेटौंडा । मकवानपुरका तरुण नेता विकेशलाल श्रेष्ठको पहलमा हेटौंडा–१ भैरवडाँडाका पाण्डु विकले नयाँ घर पाएका छन् । 

जिर्ण घरमा कष्टपूर्ण ढंगले बस्दै आएका विकको घर निर्माणका लागि श्रेष्ठले पहल गरेका थिए । शौचालयसहित २ कोेठे पक्कि घर निर्माण गरी सोमबार हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले विकलाई घर हस्तान्तरण गरेका छन् । घर हस्तान्तरण गर्दै नेता बानियाँले विपन्न र समस्यामा परेकाहरुलाई सहयोग गरेकोमा श्रेष्ठसहित दाताहरुलाई धन्यवाद दिंदै यस्ता सामाजिक कामको निरन्तरताका लागि आग्रह गरे । उनले राज्यले गर्नुपर्ने काम गरेको भन्दै दाताहरुको प्रशंसा गरे । 

घर निर्माण भएपछि आफ्नो ३ जनाको परिवारको दैनिकी सहज भएको भन्दै विकले खुशी व्यक्त गरे । ३ महिना अघि निर्माण थालिएको घरका लागि २ लाख ४४ हजार एक सय ३६ रुपैंया खर्च भएको श्रेष्ठले बताए । कार्यक्रममा घर निर्माणको पहल गरेका तरुण नेता श्रेष्ठले दाताहरुको सहयोगका कारण आफ्नो पहल सार्थक भएको भन्दै दाताहरुप्रति आभार व्यक्त गरे । 

कार्यक्रममा हेटौंडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने,नेपाली कांग्रेस हेटौँडा नजरसभापति आनन्दराम पराजुली,कांग्रेस हेटौँडा-१ का सभापति  हरिकृष्ण महर्जन, तरुण नेता राजेश भेटवाल,दिनेश लामा,सुमन लामा,सुमन अर्याल लगायतकाको उपस्थिति रहेको थियो। 

भवन निर्माण का सहयोगी तथा खर्च विवरण 

20201005_102117-1601872954.jpg
20201005_104213-1601874045.jpg

विकको पुरानो घर

20201005_104241-1601874048.jpg

विकेशलाल श्रेष्ठको पहलमा बनेको विकको नयाँ घर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार