Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विचार

उपभोक्ता अधिकार यसमा रहेका चुनौती र समाधानका उपाय

20201113_154525-1605261840.jpg

अधिवक्ता– कृष्णप्रसाद भण्डारी

परिचयः हामी सवै आफ्ना लागि आबश्यक उपभोगका सामाग्री बजारबाट खरिद गरेर उपभोग गर्छौ । आबश्यक उपभोग्य बस्तु वा सेवा बजारबाट खरिद गरी उपभोग गर्ने सवै व्यक्तिहरु उपभोक्ता हुन । यसअर्थमा तपाई, म, हामी हाम्रा छर छिमेकका दाजु भाई दिदी बहिनी आमा बुबा सवै उपभोक्ता हौं । अर्को शब्दमा उत्पादित कुनै बस्तु तथा सेवा उपभोग गर्ने अभिप्रायले त्यसको मूल्य तिर्ने र बस्तु वा सेवाको उपयोग वा प्रयोग गर्ने व्यक्तिहरु वा संस्था सवै उपभोक्ता हुन् ।
बजारमा उत्पादित र उपलब्ध उपभोग्य बस्तु उपभोक्ताले उपभोग गर्छन । यसले उत्पादकलाई बस्तु उत्पादन गर्नको लागि उत्प्रेरणा मिल्छ । फलस्वरुप उत्पादक बस्तु उत्पादनमा उत्प्रेरित भई बस्तु तथा सेवा उत्पादन गर्छन । परिणामतः उद्योग तथा व्यापार व्यवसाय फष्टाउदै गएर राष्ट्रको आर्थिक प्रणालीमा ठूलो भूमिका निर्बाह गर्छ । प्रश्न उठन सक्छ उपभोग्य बस्तु र सेवा भनेका के हुन ? उपभोक्ताले उपभोग र प्रयोग गर्ने बस्तु वा पदार्थहरु नै उपभोग्य बस्तु हुन् भने कुनै कामका लागि सेवा शुल्क वा प्रतिफललिई प्रदान गरिएको श्रम, सुविधा वा परामर्शलाई सेवा भन्ने गरिन्छ ।

                  उपभोक्ता अधिकार र उत्तरदायित्व
उपभोक्ता अधिकारहरुले उपभोक्ता हुनुका नाताले उसलाई प्राप्त हुने बिभिन्न अधिकारहरुलाई जनाउछन् भने उपभोक्ताले निर्वाह गर्नु पर्ने जिम्मेवारी तथा भूमिकालाई उसको उत्तरदायित्व हो । अधिकाहरुमा  हानीकारक बस्तुहरुबाट सुरक्षित हुने, गलत र अन्योल तुल्याउने किसिमले बढाई चढाई (उत्पादन गर्ने बेचबिखन गर्ने व्यक्तिहरु जो सुकैबाट) गरिने विज्ञापनबाट संरक्षित हुने गरी सुसूचित हुन पाउने, छान्न वा छनौट गर्न पाउने, सुन्न बुझन र आवाज उठाउन पाउने, क्षतिपूर्ति पाउने, वातावरणीय स्वास्थ्य, सेवाको अधिकार र उपभोक्ता शिक्षाको अधिकार आदि पर्दछन् । उपभोक्ता अधिकार र मानवाधिकार अन्योन्याश्रित छन् । सवै नागरिकहरुले उपभोग्य बस्तुहरु सही परिमाणमा, गुणस्तरीय, सुपथ मूल्यमा र सहज रुपले पाउनु पर्छ । यो उनीहरुको मानवोचित मानवीय हक हो । 
यस्तै उपभोक्ताका अन्य अधिकारमा जीउ ज्यान स्वास्थ्य तथा सम्पत्तिमा हानी पुर्याउने बस्तु तथा सेवाको विक्री वितरणबाट सुरक्षित हुन पाउन, बस्तु तथा सेवाको मूल्य गुण, परिमाण, शुद्धता, गुणस्तरवारे सुसूचित हुने, प्र्रतिस्पर्धात्मक मूल्यमा बस्तु तथा सेवाको छनौट गर्न पाउने अवसरमा विश्वस्त हुने, उपभोक्ताको हित संरक्षणमा सुनुवाई हुन्छ भन्ने कुरामा विश्वश्त हुने, अनुचित व्यापारिक कृयाकलापबाट हुने शोषण विरुद्ध सुनुवाई र क्षतिपूर्ति पाउने अधिकार आदि रहेका छन्।
अधिकार एक्लै हुँदैन ।यसको दुई पाटो हुन्छ।एउटापाटो अधिकार हो भने अर्कोपाटो भनेको उत्तरदायित्व हो।तसर्थ उपभोक्ताले केही उत्तरदायित्व पनि निर्वाह गर्नु पर्ने हुन्छ । उपभोक्ताहरुले निर्वाह गर्नु पर्ने उत्तरदायित्वहरु निम्नानुसार छन्ः

१ बस्तु तथा सेवाको गुणस्तर र मूल्यका सम्बन्धमा जागरुक र चनाखो भई सोधपुछ गर्ने,
२ ठगीएकोमा निष्कृय नबसी त्यस्ता जलत कार्य बिरुद्ध उजूरी गर्ने (एक्सनमा जाने),
३ आफूले गरेको उपभोगले कमजोर समूहका अरु नागरिकहरुमा पार्ने प्रभावको बिषयमा जागरुकतापूर्वक सामाजिक चासो राखी बस्तुको सही उपयोग गर्ने,
४  उपभोगको वातावरण र अन्य परिणामलाई आत्मसात गर्ने उत्तरदायित्व (वातावरणीय जागरुकता वा सचेतना) । जसवाट भावी पुस्ताको लागि राष्ट्र्यि साधन र स्रोतको संरक्षण हुन सकोस ।
५ आफ्ना हित प्रवद्र्धन र संरक्षणको निमित्त प्रभाव पार्न सबल हुन उपभोक्ताको रुपमा संगठित हुने उत्तरदायित्व र समूहगत उत्साह एवं एक्यबद्धता आदि ।

                                  कानूनी व्यवस्था
नेपालमा उपभोक्ताहित संरक्षण सम्बन्धी कानूनी व्यवस्थाहरुमा नेपालको संबिधान, खाद्य ऐन, २०६३,उपभोक्ता संरक्षण ऐन, २०५४, कालोवजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ लगायतका विभिन्न कानुनी व्यवस्थाहरु गरिएका छन् ।

 नेपालमा उपभोक्ता अधिकार सम्बन्धमा बिद्यमान चुनौती
नेपालमा उपभोक्ताका अधिकारमा उत्पन्न चुनौतीहरुका कारकतत्व शासन व्यवस्थामा रहेको कमजोरी तथा कु–शासन नै हुन भन्न सकिन्छ । उपभोक्ता अधिकारमा देखिएका चुनौतीहरु निम्नानुसार छन्ः
१ मिसाबटयुक्त, सडे गलेका, फोहर मैलायुक्त र बिषाक्त अवस्थाका खाद्य पदार्थहरु विक्री वितरण,
२ म्याद समाप्त भै खान अयोग्य भएका खाद्य बस्तुलाई च्भ(भिदबष्लिन गरी हुने बिक्री वितरण ,
३ रोगी पशु पंक्षी वा हानीकारक वनस्पतीबाट दूषित खाद्य सामाग्रीहरु तयार गरी विक्री वितरण, 
४ अनाबश्यक परिमाणमा प्रिजर्भेटिभ राखी खाद्य पदार्थको विक्री वितरण, 
५ खाद्य पदार्थको स्वभाविक गुण भन्दा कमसल हुनेगरी परिमाण घटाई वा बढाई मिसावटगरी न्यून गुणस्तरका सामान विक्री वितरण,  
६ एउटा खाद्य पदार्थलाई अर्कै खाद्य पदार्थ हो भनी झुक्याई गरिएको विक्री वितरण,
७ न्यून स्तरको खाद्य पदार्थलाई माथिल्लो स्तरको हो भनी ढाँटी, झुक्याई हुने विक्री वितरण,
८ उपभोग्य बस्तुको गुणस्तर र परिमाण एवं मूल्यमा रहे भएको  व्यापक अनियमितता,
९ निश्चित व्यक्तिहरुको मिलेमतो (ऋबचतभष्लिन, कथलमष्अबतभ)जस्ता विभिन्न अनुचित व्यापारिक क्रियाकलाप द्वारा हुने मूल्य बृद्धि, 
१० बस्तु तथा सेवाका बिषयमा झुट्टा तथा भ्रामक प्रचार प्रसार (बिज्ञापन) तथा उपभोग्य बस्तुको नक्कल गरी उपभोक्तालाई झुक्याउने प्रबृति,
११  विक्री वितरण गरिने प्रत्येक बस्तुको थोक वा खुद्रा मूल्य विक्रीस्थलमा देखीने गरी नराखिने प्रबृत्ति,
१२ कालो वजार, नाफाखोरी, माल बस्तुको बिचलन, जम्माखोरी वा कृत्रिम अभाव तथा गलत विज्ञापन गरी उपभोक्तालाई भ्रमित वा झुक्याई माल वस्तु विक्री वितरण गर्ने प्रबृत्ति,
                     उपभोक्ताले भोग्नु परेको समस्या 
उपर्युक्त पृष्ठभूमिमा आम उपभोक्ताले बर्तमानमा भोग्नु परि रहेको अवस्था जटील छन् । किनकि जव चाडपर्वहरु नजिकिदै जान्छन् तब कृतिम अभाव, अस्वाभाविक मूल्य बृद्धि, मिसावटमा बढोत्तरी हुने गरेको छ । समग्रमा आम उपभोक्ताले भोग्नु परेको समस्या निम्न रहेका छन्:
१मिसावटयूक्त र गुणस्तरहीन खाद्य पदार्थ बजारमा विक्री वितरण र बोलवाला,खाद्य पदार्थहरुमा हुनु पर्ने स्वभाविक गुणको अभाव,
२ बिषाक्त, फोहर र सडे गलेको अवस्थाका खाद्य सामाग्रीहरु विक्री वितरण भै रहेका, 
३ खाद्य पदार्थमा रोगकारक बस्तुहरु रंग, किटनाशक बिषादी आदि अखाद्य पदार्थको बढ्दो प्रयोग,
४ उपभोक्तालाई दिग्भ्रमित गराउने अनाबश्यक बढाई चढाई गरिने विज्ञापनले आतंकित तुल्याएको,
५  उपभोग्य पदार्थको बिषयमा ढाँट्ने, छल्ने, परिमाण र गुणस्तर न्यून गर्ने, मूल्यसूची नराख्ने, वास्तविक मूल्य भन्दा बढी मूल्य लिने जस्ता क्रियाकलाप प्रचूर मात्रामा,
६ उपभोग्य बस्तुमा उल्लेख हुनु पर्ने निम्नानुसारका विवरणहरु उल्लेख नहुने । जस्तै ः
       उत्पादकको नाम, ठेगाना, 
      वनोटको मात्रा विवरण (
Composition)

        गुणस्तर, 
      उपयोगको तरिका, 
     उपभोगबाट पर्न सक्ने असर, 
     बस्तुको मूल्य, 
     व्याच नं., 
     उत्पादन तथा म्बतभ या भहउष्चथ नराखिने र 
  कतिपय बस्तुमा नबुझिने गरी भ्रमात्मक किसिमले राखिने गरेको ,

७ आपसमा परस्पर मिलेमतोगरी अरु सेवाप्रदायकलाई प्रबेश हुन नदिई मूल्य बृद्धि गराउने, वजारमा  सामान अभाव हुने गरी सञ्चय गरी वस्तु आपूर्तिमा अभाव सृजना गर्ने गरेको ।
८ गर्नु पर्ने भनिएका काम नगरिएका र गर्नु नहुने भनिएका काम गर्ने गरिएका,
९  उपभोक्तामा सुसूचित हुने विषयमा जागरुकता नदेखिएको,
१० कालोवजार, नाफाखोरी, मालवस्तुको विचलन, जम्माखोरी वा कृत्रिम अभाव आमरुपमा भएपनि सो विरुद्ध न त उजूरी नै हुने गरेको पाइन्छ, न त सरकारी संयन्त्रबाट कुनै कारबाही नै हुने गरेको छ ।
११ सरकारी संयन्त्रको अनपेक्षित निष्कृयताले उपभोक्ता मारमा परेका

 उपभोक्ता अधिकार सुरक्षित तुल्याउन अपनाउनु पर्ने उपायहरु 
उपभोक्ता अधिकार सुरक्षित तुल्याउन कानूनी प्राबधानको कार्यान्वयन गर्न गराउन नियामक निकायले महत्पूर्ण भूमिका निर्वाह गर्नु जरुरी छ । यसका लागि जिम्मेवार नियामक निकायको सक्रियतामा गरिने निगरानी, अनुगमन र कारबाहीमा निरन्तरता हुनु पर्छ । यसमा सरकारको प्रतिवद्धता अपरिहार्य छ । साथै आम उपभोक्ता, उत्पादक, विक्रेता तथा सेवा प्रदायकको भूमिका पनि जरुरी छ । यसमा निम्न काम गर्न सकिन्छ । 
१ उपभोक्ता अधिकार र जिम्मेवारीका विषयमा उपभोक्ता शिक्षामा पहुँच बढाउने । साथै आम उपभोक्ताहरुको बलियो संयन्त्र निर्माण गरी उपभोक्ता हित बिपरित हुने क्रियाकलाप बिरुद्ध मोर्चाबन्दी गर्ने ।
२ उपभोक्ताको हक अधिकारमा आघात हुने किसिमको जुनसुकै गैर कानूनी क्रियाकलाप भए गरेको जानकारी प्राप्त भएमा सम्बन्धित निकायमा सूचना दिने ।
३ उपभोक्ताहरु आफूले उपभोग गर्ने उपभोग्य वस्तु तथा सेवाको वनावट, शुद्धता, परिमाण एवं गुणस्तर र मूल्यका विषयमा आफैले वजार अनुगमन र अध्ययनगरी हुनसक्ने संभावित गैर कानूनी कृयाकलापको बिषयमा जानकारी राख्ने ।
४ उपभोग्य बस्तु तथा सेवाको विक्री वितरण तथा आपूर्ति सम्बन्धमा सरकारी नियामक निकायले निरीक्षण तथा अनुगमन गर्ने कार्यलाई निरन्तर र प्रभावकारी तुल्याई उपभोक्ताहित संरक्षणमा जोड दिने।
५  उपभोक्ताबाट प्राप्त जानकारी एवं निरीक्षण तथा अनुगमनबाट दोषी देखिएका सेवा प्रदायकलाई कानून अनुसार कडा कारबाही गर्ने।
६ सेवाको गुणस्तर, मूल्य र परिमाणलाई  नियमित तुल्याई, एकाधिकार, कृत्रिम अभाव, अनाबश्यक प्रचार प्रसार जस्ता अवाञ्छित कृयाकलापलाई हतोत्साहित र नियन्त्रण गर्ने।
७  उपभोक्ताका लागि सुरक्षित तथा गुणस्तरीय वस्तु तथा सेवाको उपलव्धताको प्रबन्ध मिलाउने।
८ उपभोग्य बस्तु वा सेवा प्रदायकहरुलाई स्वनियन्त्रित र नैतिकवान रही कानून निषिद्ध व्यवहार व्यवसाय जस्तै कालोवजार, नाफाखोरी, जम्माखोरी, कृत्रिम अभाव, मालवस्तुको विचलन तथा झुठा विज्ञापन र अफवाह फैलाउने कार्य नगर्न उत्प्रेरित गर्ने।

 

                             उपसंहार 
कानूनी व्यवस्थाहरु जतिसुकै राम्रा र सुरुचीकर भए तापनि कार्यान्वयन तदनुकूल हुन सकेनन् भने कानूनको अभिष्ट पुरा हुँदैन । मौकामा चौका हान्ने आम प्रबृत्तिका कारण वजारमा बेथितिले सीमा नाघेको कुरा कसैबाट छिपेको छैन । यस तथ्यलाई बिशाल ग्रुपले म्याद गुज्रेको खाद्य बस्तुको रि–लेबलिंग गरिदै गर्दा केही अपराधीहरु पक्राउमा परेको, प्याजको मूल्यमा भएको बृद्धि एवं स्यानीटाइजर उद्योग प्रकरणहरुले पुष्टि गरेकै छन् । 
त्यस्तै गत बर्ष आयातित चीनी सरकारी निकायबाट एक पटकअखाद्य ठहर गरिसके पछि पनि पुनः खान योग्य छ भनेर प्रमाणिकरण गरेको दृष्टान्त समेत हाम्रा सामु छन् । यी तथ्यले हामी कति सरक्षित छौं भन्ने कुरा देखाउँछन् । 
स्पष्टै छ, बजारमा गुणस्तरहीन, मिसावटयूक्त, वासी, उपभोग अबधि व्यतित भैसकेका खाद्यान्न तथा उपभोग्य सामग्रीको प्रचुरता छ । मिलेमतोमा कृतिम अभाव सिर्जना, तौलमा नपुर्याई भएका प्याकिंग समेत प्राय भेटिइ रहन्छन् ।यद्यपि उपभोक्ताले यी कुरा थाहा पाउन कठीन हुने र थाहा पाईहाले पनि यस्तो गलत प्रबृत्तिलाई मुद्दा वनाएर आवाज उठाउन सकेको पाईन्न ।त्यस्तै नियामक निकायकोटाउको दुखाई पनि भएकोे पाइदैन । यी सब हाम्रा बिडम्बना हुन् ।
र अन्तमा उपभोक्ता अधिकार उपभोक्ताको संरक्षणको लागि हो ।यसका लागि उपभोक्ता समयोचित सुसूचित हुने र उपभोग्य बस्तुको सम्बन्धमा दिईको निर्देशन राम्रो संग अध्ययन गर्ने, गलत गतिबिधि बिरुद्ध आवाज उठाउन प्रेरित गर्ने र नियामक निकायबाट हुने बजार अनुगमनको कार्यलाई औपचारिकतामा मात्र सीमित हुन नदिई त्यस्मा प्रभावकारी ढंगले निरन्तर अनुगमन गर्ने, गलत क्रियाकलाप गर्नेलाई सक्त कानूनी कारबाही गर्ने परिपाटीको विकास गरिएमा उपभोक्ता अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने देखिन्छ ।

(लेखक एम.ए.अर्थशास्त्र,एम.पि.ए.(द्वय),वि.एल. तथा कानुन व्यवसायी हुनुहुन्छ)

20201113_160056-1605262680.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार