Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौंडाको आर्थिक विधेयक पारित

प्लटिङ शुल्कमा उल्लेख्य बृद्धि, पक्कीघरको मूल्याकंन सामान्य बृद्धि

Nagar-1499953448.jpg

२९ असार, हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रर्म पारित भएको छ । बिहीबार सम्पन्न प्रथम नगर सभा अधिवेशन (बैठक)बाट १ अर्व २२ करोड ९० लाख ३५ हजार आयको अनुमान सहितको आर्थिक विधेयक पारित भएको हो । 
नगर प्रमुख हरिबाहादुर महतको अध्यक्षतामा शुरु भएको सभा बैठक मा उप प्रमुख  मिना कुमारी लामाले आर्थीक बर्षा २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम सभामा पेश गरेकी थिईन् ।

लामाले प्रस्तुत गरेको २०७४ /०७५ को आर्थीक बिधेयकमा  नगरमा पक्की घर बनाउने कर वृद्धि हुनुका साथै महिलाले दर्ता गर्ने उद्योगमा विशेष छुट प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेख्य बृद्धि  गरिएको छ । 

पक्कीघरहरूको मूल्याकंनमा सामान्य बृद्धि गरेको छ भने कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकमको ३० प्रतिशत भन्दा बढी नहुने गरी कर संकलन गर्ने र यदि कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कम  हुने भएमा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कमी नहुने गरी कर संकलन गर्ने गरी प्रस्ताव गरेको छ ।

त्यसैगरी उपमहानगरपालिकाले हाल अभ्यासमा नआएका  उपमहानगरपालिका क्षेत्रभित्र रहेका वातावरणलाई प्रतिकुल प्रभाव पार्ने उद्योग, व्यवसाय, वातावरण प्रदूर्षण गर्ने खालका बस्तु सेवाको कारोबार गर्ने व्यक्ति, संघसंस्थालाई  वातावरण प्रदूर्षण शुल्क लगाउने  प्रस्ताव गरेको छ । 

महिला उद्यमीहरूले सञ्चालन गर्ने उद्योगहरूको दर्ता दस्तुरमा निर्धारित दस्तुरको ५० प्रतिशत छुट दिने गरी प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाले  प्रदान गरिने विभिन्न प्रकारका सेवामा साबिकदेखि लाग्दै आएको दस्तुर तथा सेवा शुल्क मध्ये केहीमा सामान्य बृद्धि सहित प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेखय बृद्धि गर्ने प्रस्ताव गरिएको छ । 

अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम माथि सभा सदस्य राजन थापा, बेगम बराल,जनरल श्रेष्ठ, रघुनाथ खुलाल, इन्द्र नेपाल र देवराज रिमालले आ–आफ्नो जिज्ञासा राखेका थिए भने उप प्रमुख मिना कुमारी लामाले सभा सदस्यबाट आएको जिज्ञासालाई सम्बोधन गरेकी थिइन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार