२९ असार, हेटौडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रर्म पारित भएको छ । बिहीबार सम्पन्न प्रथम नगर सभा अधिवेशन (बैठक)बाट १ अर्व २२ करोड ९० लाख ३५ हजार आयको अनुमान सहितको आर्थिक विधेयक पारित भएको हो ।
नगर प्रमुख हरिबाहादुर महतको अध्यक्षतामा शुरु भएको सभा बैठक मा उप प्रमुख मिना कुमारी लामाले आर्थीक बर्षा २०७४/०७५ को अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम सभामा पेश गरेकी थिईन् ।
लामाले प्रस्तुत गरेको २०७४ /०७५ को आर्थीक बिधेयकमा नगरमा पक्की घर बनाउने कर वृद्धि हुनुका साथै महिलाले दर्ता गर्ने उद्योगमा विशेष छुट प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेख्य बृद्धि गरिएको छ ।
पक्कीघरहरूको मूल्याकंनमा सामान्य बृद्धि गरेको छ भने कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकमको ३० प्रतिशत भन्दा बढी नहुने गरी कर संकलन गर्ने र यदि कर निर्धारण गर्दा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कम हुने भएमा गत वर्ष तिरेको वा तिर्नुपर्ने कर रकम भन्दा कमी नहुने गरी कर संकलन गर्ने गरी प्रस्ताव गरेको छ ।
त्यसैगरी उपमहानगरपालिकाले हाल अभ्यासमा नआएका उपमहानगरपालिका क्षेत्रभित्र रहेका वातावरणलाई प्रतिकुल प्रभाव पार्ने उद्योग, व्यवसाय, वातावरण प्रदूर्षण गर्ने खालका बस्तु सेवाको कारोबार गर्ने व्यक्ति, संघसंस्थालाई वातावरण प्रदूर्षण शुल्क लगाउने प्रस्ताव गरेको छ ।
महिला उद्यमीहरूले सञ्चालन गर्ने उद्योगहरूको दर्ता दस्तुरमा निर्धारित दस्तुरको ५० प्रतिशत छुट दिने गरी प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाले प्रदान गरिने विभिन्न प्रकारका सेवामा साबिकदेखि लाग्दै आएको दस्तुर तथा सेवा शुल्क मध्ये केहीमा सामान्य बृद्धि सहित प्लटिङ स्वीकृत प्रदान गर्दा लाग्ने शुल्कमा भने उल्लेखय बृद्धि गर्ने प्रस्ताव गरिएको छ ।
अर्थ सम्बन्धि प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको बिधेयक र त्यस सम्बन्धि बार्षिक निति तथा कार्यक्रम माथि सभा सदस्य राजन थापा, बेगम बराल,जनरल श्रेष्ठ, रघुनाथ खुलाल, इन्द्र नेपाल र देवराज रिमालले आ–आफ्नो जिज्ञासा राखेका थिए भने उप प्रमुख मिना कुमारी लामाले सभा सदस्यबाट आएको जिज्ञासालाई सम्बोधन गरेकी थिइन् ।
२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, भरतपुर ।कास्की काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...
२४ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १६ सय रुपैयाँ बढेको हो । बिहीबार सुन प्रतितोला...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२४ माघ, हेटौंडा। बिहीबार हेटौंडा सहित मनहरीको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल...
२४ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन...
२४ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा हालै सरकारले जारी...
२४ माघ, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर एक हात्तीको मृत्यु भएको छ । गोली लागेर जंगली हात्ती...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
१२ माघ हेटाैडा ।हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाले श्रीमद्भागवत सप्ताह ज्ञान...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
११ माघ, कुश्मा। शुक्रबार साँझ पर्वत केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।शुक्रबार साँझ ७ बजेर ८ मिनेटको समयमा...