Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

१२ स्वास्थ्य भवनको यसरी भयो शिलान्यास (तस्विरहरु)

H4-1612273229.jpg

धियालमा भवन शिलान्यास ।

२० माघ, हेटौंडा । मकवानपुरसहित ३ जिल्लामा १२ स्वास्थ्य संस्था मंगलबार एकै दिन शिलान्यास भएका छन् । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई ९भवन० मकवानपुरले निर्माण गर्न लागेको भवनको मंगलबार शिलान्यास भएको हो ।
कार्यालयका प्रमुख तुलसीराम खर्बुजाले मकवानपुरका ४, नवलपुरका ४ र परासी जिल्लाका ४ गरी १२ वटा स्वास्थ्य संस्थाको शिलान्यास भएको जानकारी दिए । भुकम्पबाट क्षति पुगेका मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ११ को टिष्टुङ स्वास्थ्य चौकी, राक्सिराङ गाउँपालिका वडा नम्बर ८ को खैराङ स्वास्थ्य केन्द्र, बकैया गाउँपालिका वडा नम्बर २ को धियाल स्वास्थ्य चौकी र भीमफेदी गाउँपालिका वडा नम्बर ३ को निबुवाटार स्वास्थ्य चौकीको शिलान्यास मंगलबार भएको छ ।
टिष्टुङ र खैराङ गरी ७ करोड ४१ लाख ९७ हजार ११ रुपैंया, धियाल र निबुवाटारमा ३ करोड ७ लाख ८५ हजार ८ सय १० रुपैंयाको लागतमा भवन निर्माण हुँदैछ । टिष्टुङको भवन राष्ट्रियसभा सदस्य रामनारायण विडारी र थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, खैराङको भवन राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, धियालको भवन बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र निबुवाटारको भवन भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले शिलान्यास गरेका थिए । नवलपुरमा ४ र परासी जिल्लामा पनि ४ वटा भवन त्यहाँका स्थानीय तहका प्रमुख लगायतले भवन शिलान्यास गरेका थिए ।

H1-1612273314.jpg

निबुवाटारमा भवन शिलान्यास ।

H5-1612273445.jpg

खैराङमा भवन शिलान्यास ।

H-1612273314.jpg

टिष्टुङमा भवन शिलान्यास ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार