१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका एम्बुलेन्स मूख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष र प्रमुखलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले प्रदेश सरकारले संचालन गरेका अस्पताल तुलनात्मक रुपमा संघीय सरकारले संचालन गरेको अस्पताल भन्दा स्तरीय ढंगले चलिरहेको दावी गरे ।
अस्पतालहरुको सेवा गुणस्तरीय भए विरामी रिफर गर्ने अवस्थाको अन्त्य हुने उनको भनाई थियो । यसतर्फ अग्रसर भएर काम गर्न पनि उनले निर्देशन दिए । जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उनले जनशक्ति र उपकरणको पर्याप्त उपलव्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव मानबहादुर विके, मन्त्रालयका सचिव दिपक काफ्ले, आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक बसन्त अधिकारी, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
आपूर्ति व्यवस्थापन केन्द्रले पहिलो पटक सुविधा सम्पन्न ‘ख’ बर्गको एम्बुलेन्स जिल्ला अस्पताललाई प्रदान गरेको जनाइएको छ । अहिले उपलव्ध गराइएका ५ वटा एम्बुलेन्सको लागत एक करोड ४६ लाख रुपैंया रहेको छ ।
५ बैशाख, हेटौंडा । साहित्यकार पारिजातको स्मृतिमा स्थापित पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम्...
५ बैशाख, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार...
५ वैशाख, हेटौंडा । नेपाली सेना र पर्सा राष्ट्रिय निकुञ्ज प्रशासनको सयुक्त गस्ती टोलिले पर्सा राष्ट्रिय...
५ बैशाख, काठमाडौं । गण्डकी प्रदेश संसदको विशेष अधिवेशन आह्वानप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। बुधबार...
५ बैशाख, काठमाडौं । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा...
५ बैशाख, हेटौंडा । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’...
५ बैशाख, हेटौंडा । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी...
५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२३ चैत, हेटौंडा । नेपाल तरुणदल हेटौडा-६ नम्बर वडा ईकाई समितिले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको खुला दौड...
२२ चैत, हेटौंडा। हेटौंडा सिमेन्टका अध्यक्ष गणेश प्रसाद भेटवालको निधन भएको छ। हेटौंडा ५ निवासी भेटवाल पेट...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
२७ चैत, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले चैत ४ गते देखि १० गते सम्म संचालित २०८० सालको आधारभूत तह कक्षा ८ को...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...