Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बागमती प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण (तस्विरहरु)

A1-1614507225.jpg

१६ फागुन, हेटौंडा । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका ५ जिल्ला अस्पताललाई आइतबार हेटौंडामा एम्बुलेन्स हस्तान्तरण गरेको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका ५ अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेका एम्बुलेन्स मूख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष र प्रमुखलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले प्रदेश सरकारले संचालन गरेका अस्पताल तुलनात्मक रुपमा संघीय सरकारले संचालन गरेको अस्पताल भन्दा स्तरीय ढंगले चलिरहेको दावी गरे । 
अस्पतालहरुको सेवा गुणस्तरीय भए विरामी रिफर गर्ने अवस्थाको अन्त्य हुने उनको भनाई थियो । यसतर्फ अग्रसर भएर काम गर्न पनि उनले निर्देशन दिए । जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उनले जनशक्ति र उपकरणको पर्याप्त उपलव्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । 
कार्यक्रममा प्रदेशका प्रमुख सचिव मानबहादुर विके, मन्त्रालयका सचिव दिपक काफ्ले, आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक बसन्त अधिकारी, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
आपूर्ति व्यवस्थापन केन्द्रले पहिलो पटक सुविधा सम्पन्न ‘ख’ बर्गको एम्बुलेन्स जिल्ला अस्पताललाई प्रदान गरेको जनाइएको छ । अहिले उपलव्ध गराइएका ५ वटा एम्बुलेन्सको लागत एक करोड ४६ लाख रुपैंया रहेको छ ।

A2-1614507279.jpg
A3-1614507281.jpg
A6-1614507352.jpg
A4-1614507281.jpg
A5-1614507352.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार