१३ जेठ, हेटौंडा । केबल टेलिभिजन र इन्टरनेट वितरक कम्पनी जयकालिका मल्टिमिडिया प्रालिले मकवानपुर र ललितपुरका दुर्गम गाउँमा केबल टेलिभिजन र इन्टरनेट पुर्याईरहेको छ ।
पूर्वी मकवानपुरको बागमती र बकैया गाउँपालिकादेखि उत्तरको इन्द्रसरोबर गाउँपालिकाका गाउँहरू र ललितपुरको बागमती गाउँपालिकाका पियुटार, खयरघारी, माझखन्ड लगायत स्थानहरुमा अप्टिक फाइबरमार्फत केबल टेलिभिजन र इन्टरनेट पुर्याएको हो । 'अब हामीले फाइबर पुर्याएका मकवानपुर र ललितपुरका दुर्गम भेगमा स्थानीयले केबल तथा आईपि टिभि र ब्रोडब्यान्ड ईन्टरनेटको सुविधा पाउनेछन्'-जयकालिकाका संचालक सरोज न्यौपानेले भने । गाउँमा फाईबर पुगेसंगै कोरोना महामारीका कारण बन्द विद्यालयहरूले अनलाइन क्लास समेत शुरू गरेको उनले बताए । सर्वसाधारण मात्रै नभई शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, सामाजिक संस्था, व्यसायिक लगायतका क्षेत्रले यसबाट लाभ हासिल गर्नेछन् ।
मकवानपुर र ललितपुरका दुर्गम गाउँका स्थानीय खुशी भएका छन् । 'पहिला डाटाबाट राम्रो नेट नचल्दा धेरै कुरा गर्न सकिदैन थियो, टिभि पनि त्यस्तै अवस्था थियो'-स्थानीयहरू भन्छन्-'अब गाउँमा दुबै सुविधा पाउँदा खुशी लागेको छ ।'
जयकालिकाले पनि ग्राहकको सन्तुष्टिका लागि गुणस्तरीय सेवा दिने जनाएको छ । अहिले गाउँमा फाइबर पुगेसंगै मकवानपुर र ललितपुरका दुर्गम भेगमा ग्राहक बढ्ने क्रम शुरू भएको बताउँदै न्यौपानेले यसलाई व्यवस्थित गर्दै गुणस्तरीय सेवा दिने र थप दुर्गम गाउँमा सेवा विस्तार गर्ने योजना रहेको बताए ।
२७ असार, हेटौंडा । बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी...
२७ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । ८ दिनपछि तोकिएको मूल्य अनुसार सुनको मूल्य घटेको हो...
२७ असार, हेटौंडा। मकवानपुरमा सुख्खा खस्दा एकजना गम्भीर घाइते भएका छन्। शुक्रबार बिहान मकवानपुरको...
२७ असार, हेटौंडा । राष्ट्रियसभा बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्न लागेको हो । बैठकमा सांसदहरू...
२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
२६ असार, हेटौंडा। मकवानपुरकाे थाहा नगरपालिकामा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ। थाहानगर ४ ...
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...
१९ असार, हेटौंडा। हेटौंडा १ का वडाध्यक्ष सविन न्यौपाने माथि हातपातको घटना सेलाउन नपाउँदै बिहीबार फेरी अर्का...
१९ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०८१ सालको एसईई परीक्षामा ६७ प्रतिशत...