२३ जेठ, हेटौंडा । कोरोनाका करण जाी निषेधाज्ञाको समयमा विकास निर्माणको काम ठप्प भईरहेको समयमा मकवानपुरको बागमती गाउँपालिका र सिन्धुली जोडने बागमती नदीमा निर्माण भइरहेको बागमती पुलको सबै स्पानको काम सम्पन्न छ ।हेटौंडा–धरान चतरा सडक खण्ड अन्तरगत बागमती नदीमा निर्माण भइरहेको पुलको ११ वटै स्पानको ढलान कार्य आइतबार सम्पन्न भएको हो।
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ जोड्ने पुलको शनिबार स्लाब ढलानको काम सकिएको हो ।
निर्माणस्थलमा हेटौंडा–धरान चतरा सडक आयोजनाका विरेन्द्र महतोसहितको ७ जनाको प्राविधिक टोली लकडाउनको समयमा पनि कामको निगरानी गरिरहेका छन् ।कामलाई निरन्तर अघि बढाउन निगरानी भईरहेको र तोकेकै अवधीमा काम सक्ने गरी काम गरेपनि लकडाउनका कारण केही असर गरेको उनको भनाई छ।आफुहरु नै निर्माणस्थलमा निरन्तर रहेर काम गराईरहेको उनले बताए ।
दैनिक १२ घण्टासम्म ५५ जना कामदार र १० जना अन्य कर्मचारी खटिएको स्वच्छन्द निर्माण सेवाका साईट इन्चार्ज सन्तोष सापकोटाले बताए ।समयमै काम सक्ने गरी काम भईरहेपनि लकडाउनका कारण चैत १२ गतेदेखि काम प्रभावित भएर बैशाख ३ गतेदेखी पुन काम शुरु गरेको उनको भनाई छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले काम गर्न स्विकृति दिएपछि काम थालेपनि निर्माण सामग्री जुटाउन समस्या भईरहेको सापकोटाले जानकारी दिए । २०७६ सालमा पुलको काम गरिरहेको समयमा अविरल बर्षासंगै आएको बाढिले पुलको ढलान, फर्मा,मेसिन लगायतका सामग्री वगाउँदा ४ करोड रुपैंयाको क्षति भएको जनाईएको छ ।
स्वच्छन्द निर्माण सेवाले ५ बर्षमा निर्माण सक्ने गरी २०६८ सालमा ठेक्का लिएको पुल भुकम्प र नाकाबन्दीका कारण प्रभावित भएको थियो । म्याद सकिएपछि पछिल्लो पटक ५ पटक २०७८ साल असारसम्म म्याद थपिएको पुल निर्माणको ८९ प्रतिशत काम सम्पन्न भएको आयोजनाका सव इन्जिनियर चेतनकुमार मण्डलले बताए ।अन्य कुनै समस्या नभए तोकेकै समयमा काम सम्पन्न हुने स्वच्छन्दका इन्जिनियर अन्जन विडारीको भनाई छ । पुलमा एकसातामा पैदल हिड्न मिल्ने र एक महिनामा २ पांग्रे सवारी संचालन हुन सक्ने हुने जनाइएको छ । अब सामान्य प्राविधिक काम बाँकी रहेको निर्माण कम्पनीले जनाएको छ ।
पुल निमार्ण भएपछि धरान चतरा सडक खण्डका सवारी निर्वाध संचालन हुने छन् भने ट्युवबाट यात्रा गर्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।२३ करोड लागत रहेको पुलको लम्बाई ४ सय १३ मिटर र ७.७० मिटर चौडाई रहेको छ ।
५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको...
५ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन सोमबार तोलाको १२ सय रुपैयाँ बढेको हो । सुन प्रतितोला...
५ फागुन, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...
५ फागुन, हेटौंडा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र छिमेकी भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ओमनको राजधानी...
५ फागुन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने भएका छन् ।...
५ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशको...
५ फागुन, हेटौंडा। हेटौँडा हुदै काठमाडौँ जोड्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने...
४ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलाको २७ सय रुपैयाँले घटेको हो । सुन प्रतितोला एक लाख...
४ फागुन, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
२९ माघ, हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन...
३० माघ, हेटौंडा ।मकवानपुरको बकैयामा एक घरमा आगलागी हुँदा घर जलेको नष्ट भएको छ। मंगलबार मकवानपुरको बकैया...