Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सुरुङ मार्गको भ्रष्टाचार छानविनको माग

Bhimsen-Mahat-1505303191.jpg

२८ भदौ, हेटौँडा । हेटौँडा–कुलेखानी–काठमाण्डौं सुरुङमार्गको नाममा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको छ । 
नेपाल पूर्वाधार विकास कम्पनीले जनताबाट उठाएको करोडौं रुपैँयाबाट भ्रष्टाचार गरेको भन्दै दोषिलाई कारवाहीको माग गरिएको हो । विगतदेखि नै कम्पनीले गरेका गलत कामको विरोधमा अभियान संचालन गरिरहेका हेटौँडाका भीमसेन महतले बुधबार पत्रकार सम्मेलन गर्दै दोषीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले कम्पनीका संस्थापक अध्यक्ष कुशकुमार जोशीले मकवानपुरबासीले खसी, बोका, गरगहना, कृषिउपज विक्रि गरेर सुरुङ मार्ग निर्माणका लागि गरेको लगानीमा हिनामिना गरेको दावि गरे । 
उनले परियोजना निर्माणस्थलसम्म पहुँच मार्ग निर्माणका लागि काम नै नगरी ३९ लाख ८ हजार ५ सय ११ रुपैँया, क्यानेडेली कम्पनीबाट लगानी भित्र्याउन भन्दै उसका लागि १ करोड ३५ लाख रुपैँया, कम्प्युटर खरिदमा ४६ लाख, नायिका निशा अधिकारीलाई सगरमाथा चढ्नका लागि ५ लाख रुपैँया चन्दा लगायतका दर्जन भन्दा बढि शिर्षकमा हिनामिना गरेको दावि महतको छ । उनले संस्थापक अध्यक्ष जोशी सुरुङ मार्ग निर्माणमा भन्दा पनि आर्थिक लाभमा केन्द्रित भएको भन्दै राज्यले कम्पनीलाई सुरुङ मार्ग निर्माणका लागि दिएको अनुमति खारेजी गर्नु सही भएको बताए । उनले आप्mनो परेको लगानी उठाउनका लागि संगठित पहलका लागि मकवानपुरबासीलाई आग्रह गरेका छन् । 
राज्यले पनि अनुमति खारेज गर्नु अघि जनताको लगानी सुरक्षित गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । मकवानपुरका चर्चित राजनीतिज्ञ एवं समाजसेवी समेत रहेका महतले लामो समयदेखि सुरुङ मार्गका नाम भईरहेको भ्रष्टाचारबारे उजागर गर्दै आएका छन् ।

हेटौँडा–काठमाण्डौं सुरुङमार्गमा भ्रष्टाचारको यस्तो खुलासा


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार