Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

बागमती प्रदेशमा १२ लाख ५२ हजार बालबालिकाले टाइफाइड खोप लगाउने

Typhoid-vaccine-Photo1-1649323059.jpg

२४ चैत, हेटौंडा । बागमती प्रदेशमा १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका छन् । चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत बागमती प्रदेशका १५ महिनादेखि १५ बर्षमुनीका १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिकाले टाइफाइड खोप लगाउने भएका हुन् । 
प्रदेश स्वास्थ्य निर्देशनालयले बिहिबार पत्रकार सम्मेलन गरी खोप अभियानका लागि स्वास्थ्यकर्मी र खोप सम्बन्धित खोपकेन्द्रमा पुगिसकेको जानकारी दिएको छ । निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठका अनुसार बागमती प्रदेशका १३ जिल्लामा खोप अभियानका लागि ६ हजार ५ सय २० खोप केन्द्र निर्धारण गरेको छ । यि खोप केन्द्रमा ८ हजार ८ सय ५८ जना खोपकर्मी परिचालन हुनेछन् । खोपकर्मीहरुलाई सहयोगका लागि १७ हजार बढि स्वयंसेवक परिचालन हुने निर्देशक श्रेष्ठले जानकारी दिए ।
८० प्रतिशत खोप केन्द्र विद्यालयमा र २० प्रतिशत खोप केन्द्र स्वास्थ्य संस्थामा रहेको निर्देशनालयका खोप फोकल पर्सन पदम कैनीले जानकारी दिए । खोप केन्द्रमा खोप लगाउन छुटेका बालबालिकाको पहिचानका लागि टिम परिचालन गरी उनीहरुलाई स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको उनले बताए ।
खोप अभियानलाई प्रभावकारी ढंगले संचालन गर्न समुदाय तहमा छलफल, जनप्रतिनिधिहरुमार्फत जानकारी, विद्यालयहरुमा तथ्यांक संकलन लगायतका काम गरिएको र खोप संचालन गर्ने स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण जस्ता काम सम्पन्न भएकाले सबैको सहयोगमा खोप अभियान प्रभावकारी ढंगले सम्पन्न हुने निर्देशनालयका चिकित्सा एवं रोग नियन्त्रण शाखाका प्रमुख नरेन्द्र झाको भनाई छ ।
खोप अभियानको केन्द्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले दरबार हाईस्कूलमा शुभारम्भ गरेका छन् भने बागमती प्रदेशमा मूख्यमन्त्री राजेन्द्र पाण्डेले अपरान्ह हेटौंडामा गर्दैछन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार