१४ चैत, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको गरिबी निवारण बचत तथा ऋण सहकारी संस्थाको भवन शिलान्यास भएको छ । नेपाली कांग्रेसस बागमती प्रदेश सभापति एवम् बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले गरेका हुन् ।
हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयमार्फत विनियोजन भएको ७ लाख रुपैयाँ बजेटबाट भवन बनाउन लागिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिए । भवनको समुद्घाटन गर्दै नेता बानियाँले छरिएर रहेको पूँजीलाई एकिकृत गरी हुनेको बचत गर्ने र नहुनेलाई ऋण लगानी गर्ने काम सहकारीहरुले गरेको बताए । अर्थतन्त्रको खम्बाहरुमध्ये सहकारी संस्था पनि एक खम्बा भएकाले दिगो विकासको लक्ष्य प्राप्त गर्न सहकारी संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको बताए । सहकारी संस्थालाई आगामी दिनमा पनि सहयोग गर्दै भवन निर्माणको क्रममा सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सहकारी संस्थाले ३ तले भवन बनाउन लागेको सहकारी संस्थाका उपाध्यक्ष रिपु प्रसाद गौतमले जानकारी दिए । 'संस्था स्थापना भएको २५ वर्षसम्ममा पनि आफ्नो भवन निर्माण गर्न सकेका थिएनौँ', उपाध्यक्ष गौतमले भने, ‘हेटौंडा ६ नम्बर वडा कार्यालयको विशेष पहलमानै यो अभियान सुरु भएको छ । हामीले सबैको साथ, सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ ।'
भवन शिलान्यास कार्यक्रममा हेटौंडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले आगामी दिनमा पनि सहकारी संस्थालाई सहयोगको लागि वडा कार्यालय तयार रहेको बताए । कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य विजय पौडेल , लेखराज ढकाल, सहकारीका निर्वतमान अध्यक्ष पुष्पराज पराजुली लगायत संस्थाका सञ्चालक समितिका पदाधिकारी र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
९ असार, हेटौंडा । कैलालीको नेपालभारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय...
९ असार, हेटौंडा । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन...
९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र...
८ असार, हेटौंडा । एसीसी मेन्स यू–१६ इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको यूकेएम ओभल मैदानमा...
८ असार, हेटौंडा । सभामुख देवराज घिमिरेले सांसद अमरेशकुमार सिंहले संसदमा दिएको ‘पाँच-सात वटा जिल्लाबाहेक अरु...
८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, मधेस र गण्डकी प्रदेशसहित ...
८ असार, हेटौंडा । मलेसियामा आजदेखि एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ। एसियाली...
७ असार, हेटौंडा । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हेटौंडा-७ मा बृहत बृक्षारोपण गरिएको छ । हेटौंडा-७ नम्बर वडा...
७ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर २ वनस्खण्डीमा कुकुरको टोकाइबाट बच्न भाग्ने क्रममा एक बालक...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
५ असार, हेटौंडा । मकवानपुरको थाहानगरमा धारिलो हतियार प्रहार गरी महिलाको मृत्यु भएको छ। महिलालाई देवरले धारिलो...
४ असार, हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता तथा नेपाली काँग्रेस हेटौंडा नगर सचिव...
७ असार, हेटौंडा । चितवनमा भएको सवारी दुर्घटनामा मृत्यु भएका ७ जनामध्ये दुई जनाको पहिचान खुलेको छ। पहिचान...
२६ जेठ, हेटौंडा। भर्खरै बागमती प्रदेश प्रहरी प्रमुखको सरुवा भई आएका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले...
२७ जेठ, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यपुस्तक हाम्रो कैलाशको विषयमा...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२८ जेठ, हेटौंडा। कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्यादीका साथै प्राकृतिक विपद्का...