३ पुस, हेटौँडा । हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा कालोपत्रे निर्माण कार्य सुरु भएको छ । वीरगञ्जमा आयोजित एक समारोहका बीच पर्सा क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादव र ३ नम्बरका क्षेत्रका प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारले स्तारोन्नतिको काम शुभारम्भ गरेका हुन् ।
भारत सरकारको आर्थिक सहयोगमा सडक विभागले निर्माण गर्न लागेको वीरगञ्ज–ठोरी सडक खण्ड अन्तर्गत सेढवासम्मको ३० किलोमिटर सडक कालोपत्रे निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन प्रालि र भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त रुपमा पाएका छन् । १ अर्ब ३२ करोड ४७ लाख ८३ हजार रुपैयाँको लागतमा निर्माण हुन लागेको १५/१५ मिटर चौडाई भएको दुई लेन कालोपत्रे सडकबाट पर्साका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सडक विभाग र ठेकेदार कम्पनीबीच ३० महीनाभित्र काम योजना पूरा गर्ने सम्झौता भएको छ । वीरगञ्ज–ठोरी हुलाकीमार्ग सुधार योजना सुभारम्भ समारोहमा पर्सा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्य जन्नत अन्सारी, २ का लालबाबु राउत गद्दी, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, सडक विभागका इन्जिनियर शम्भुकुमार मोची लगायतको सहभागिता थियो ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















