Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौंडामा विपद जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोगसम्बन्धी छलफल

Screenshot_20240912_13572-1726128762.jpg

२७ भदौ, हेटौंडा । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग सम्बन्धी छलफल कार्यक्रम भएको छ । भू-उपग्रह प्रविधिमार्फत विपद न्यूनीकरणको क्षेत्रमा काम गरिरहेको जापानस्थित सिन्स्पेक्टिभ कम्पनीसंगको सहकार्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले बागमती प्रदेश विपदको दृष्टिकोणले जोखिमपूर्ण रहेको बताउँदै प्रविधिको प्रयोगले जोखिम न्यूनिकरणमा सहयोग पुग्ने बताए । आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार प्रविधिको प्रयोग गरि जोखिम न्यूनीकरणका लागि अघि बढिरहेको बताउँदै कार्यक्रमले यसमा थप पृष्ठपोषण दिएको धारणा राखे । कार्यक्रममा बागमती प्रदेशसभा अन्तरगतको प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले समितिले बागमती प्रदेशमा विपदबारे अध्ययन गरि प्रतिवेदन बुझाएको बताउँदै यस्तो प्रविधिको उपयोगले विपद न्यूनिकरणमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै सिन्धुपाल्चोकमा भएका विपदका घटनाको विश्लेषणमा सिन्स्पेक्टिभले काम गरेकोले यससंगको सहकार्यले प्रदेशमा विपद न्यूनिकरण गर्न सकिने बताए । 
बागमती प्रदेशका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, सुरक्षा निकायका प्रतिनिधि लगायत सहभागी कार्यक्रममा सिन्स्पेक्टिभका महाप्रबन्धक भीन्सेन्ट केस्लरले कम्पनीले सिन्धुपाल्चोकमा विपदबारे गरेको अध्ययन र यसबाट प्राप्त तथ्यांक, बागमती प्रदेश सरकारसंग विपद न्यूनीकरणका लागि गर्न सकिने सहकार्य लगायतको बारेमा प्रस्तुति दिएका थिए । उनले प्रदेश सरकारसंग तथ्यांक आदानप्रदानका लागि सिन्स्पेक्टिभले आफ्नो भू-उपग्रहको सदुपयोगका लागि सहकार्य गर्न चाहेको बताए । 
सिन्स्पेक्टिभ क्षेत्रीय बिक्री प्रवन्धक कपिल मल्लिकले कार्यक्रममा उठेका जिज्ञासाबारे सहजिकरण गरेका थिए । कार्यक्रममा सिन्स्पेक्टिभको भू-उपग्रहबाट प्राप्त तथ्यांकबाट पहिरो र हिमताल विस्फोटन जोखिम, सुख्खा क्षेत्रको अध्ययन गरि आगलागीको जोखिम जस्ता विपदबारे जानकारी प्राप्त गरि पूर्व तयारी गर्न सकिने जनाइएको छ । 
सिन्स्पेक्टिभले सिंगापुर, काजकिस्तान, जापान, फिलिपिन्स, भियतनाममा सशुल्क सेवा दिंदै आएको छ भने बागमती प्रदेश सरकारसंग समझदारी भएमा सहयोगको रूपमा काम गर्ने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार