७ फागुन, हेटौँडा । साहित्यिक परिवारको २५ औँ वार्षिकोत्सव तथा २२२औँ साहित्य श्रृंलाका अवसरमा बृहत् साहित्य गोष्ठी तथा स्रस्टा सम्मान समारोह बकैयाको छतिवनमा सम्पन्न भएको छ ।
मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानबापत पाँचजना साहित्यकारहरूलाई सम्मान गरिएको छ । झरनाले गजलकार डा. घनश्याम न्यौपाने परिश्रमीलाई नगद ११,५५५।– राशि सहितको होमनाथ–टीकामाया प्रतिभा सम्मान, जनार्दन खनाल र परशुराम गौतमलाई जनही नगद रू. ५,५५५।– राशि सहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान, कवि असिम सागरलाई नगद रू. ५,५५५।– राशिसहितको खडानन्द–मनमाया प्रतिभा सम्मान र कवि पूर्णकला घिमिरेलाई नगद रू.५,५५५।– राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान प्रदान प्रदान गरिएको छ ।
कार्यक्रममा झरनाको प्रचारप्रसारमा विशेष सहयोग गरेबापत पत्रकारहरू सम्मान धर्मेन्द्र दहाल, प्रमोद अर्याल र यादव चौलागाईँलाई समेत सम्मान गरिएको थियो ।
यसैगरी झरनाबाट उत्प्रेरित भई साहित्यिक कृति प्रकाशन गरेबापत् अनमोलमणि, सुवास खनाल, विश्वनाथ सञ्जेल, र कुमार स्याङ्बोलाई झरना रजत सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा संस्थापकहरू, पूर्व कार्यसमिति पदाधिकारी तथा विशिष्ट आजीवन सदस्यहरूलाई समेत सम्मान गरिएको थियो ।
समारोहमा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, बकैया–४ का वडाध्यक्ष राजन दङ्गाल लगायत साहित्यकारहरू तुल्सी थापा, आर. सी. रिजाल, प्रोल्लास सिन्धुलीय, निमेष निखिल, ज्योति जङ्गल, हरिकृष्ण काफ्ले, रत्नविरही घिमिरे, रमेशमोहन अधिकारी, सञ्जय साह, सुदेश सत्याल, विर्खे अञ्जान, राजकुमार लामिछाने, उद्धब सापकोटा, शान्ति प्रियबन्दना, पुरूषोत्तम आचार्य, अमृता नेपाल, गणेशकुमार पौडेल विनोद खत्री आकाश, विनोद केसी, गौतम भद्रध्वज, उमेश तिमल्सिना, लगायत देशका विभिन्न भागहरूबाट विविध विधाका साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
स्थानीय तथा राष्ट्रिय स्तरका विविध विधाका पाँच दर्जनभन्दा बढी साहित्यकारहरूले रचना वाचन गरेको कार्यक्रममा स्थानीय समाजसेवी, राजनीतिकर्मी, विद्यार्थीहरू लगायत सयौंको उपस्थिति रहेको संस्थाका सचिव चिरञ्जीवी लामिछानेले जानकारी दिए ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















