३१ जेठ, हेटौंडा। मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकाले आफ्नै आन्तरिक बजेटबाट ४ वटा वडाहरुलाई जाेड्नकाे लागि एकै पटक बोलपत्र आह्वान गरि शिलान्यास गरेको ५ वटा मोटररेवल पक्की पुलको निर्माण सम्पन्न गरेको छ।
पालिकाकले आफ्नो आन्तरिक स्रोतबाट करिब साढे ३३ करोड रुपैयाँ खर्चिएर निर्माण सम्पन्न गरेकाे दुईवटा पक्की पुलकाे शनिबार बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।अघिल्लो वर्षनै लामिटार–मकरी–चकरी–बेलडाँडा सडकअन्तर्गत निर्माणाधीन ५ वटा पक्की पुलमध्ये ३ वटा गत वर्ष नै सम्पन्न गरी उद्घाटन गरिसकिएकाे थियो। बाँकी २ वटा पुलकाे पनि शनिबार उद्घाटन गरेसंगै एकै पटक ठेक्का आह्वान गरि शिलान्यास गरिएको ५ वटा मोटररेवल पुलको निर्माण कार्य सम्पन्न भएको हो । शनिबार बिहान एक कार्यक्रमका बीच मनहरी ३ स्थित ठाडोखोला र हाँडीखाेलामा निर्मित पुलकाे सांसद बानियाँले उद्घाटन गरेका हुन् ।
८ दशमलव ४० मिटर चाैडाई र ९० मिटर लम्बाईकाे ३ स्पानकाे ठाडाेखाेला पुल हिराचन बानियाँ जेभीले ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी सम्पन्न गरेको हो ।
त्यस्तै ३५ मिटर लामाे एक स्पानकाे हाँडीखाेला पुल भैरव नारायणम् जेभीले ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण गरेको हो । मनहरी १ र २ जोड्ने च्यापलखोला पुल, ३ र ४ जोड्ने ट्वाङ्ग्रा खोला पुल र ३ र ४ नम्बर वडालाई नै जोड्ने अर्को मसिने खोला पुल गत वर्ष जेठमै उद्घाटन गरिएको थियो । ३ स्पानको च्यापल खोला पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँ, २ स्पानको ट्वाङ्ग्रा खोला ६ करोड ४९ लाख ६० हजार रुपैयाँ र २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा यसअघि नै सम्पन्न गरिएको हो । तीन वटै पुल निर्माणको काम बानियाँ हिराचन जेभीले गरेको हो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै पुल निर्माणको काम थालिएको भएता पनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी सबै पुल निर्माण सकेको हो । हेटौंडा उपमहानगरपालिकाको १३ नम्बर वडा हुँदै मनहरीको १ देखि ४ नम्बर वडालाई जोड्दै वैकल्पिक मार्गको विकास गर्ने अवधारणाअनुसार गाउँपालिकाले आन्तरिक स्रोतबाट बेहोर्नेगरी २०७७ सालमा एकैसाथ ५ वटा पुल निर्माणको बहुवर्षीय ठेक्का लगाएको थियो ।
उदघाटन कार्यक्रममा बोल्दै नेता बानियाँले २०८४ को निर्वाचन सम्ममा
लामिटार-चकरी-मकरी पदमपाेखरी सडक स्तरीकरण र कालाेपत्रे गर्न प्रदेश सरकारबाट आवश्यक बजेट बिनियाेजन गर्ने प्रतिवद्धता गरेका थिए
बानियाँले चकरीबाट हेटाैँडा-१३ पदमपाेखरी जाेड्ने पुल निर्माण गर्नकाे लागि पनि प्रदेश सरकारबाट आवश्यक बजेट विनियाेजन गर्ने बताएका छन् । संघीयता र गणतन्त्र आएपछि धेरै विकासका कामहरु भएकाे भन्दै उनले वर्तमान व्यवस्था जनताकाे हितमा रहेकाे दावी गरेका थिए। गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले पुल निर्माण सकिएसँगै मनहरी गाउँपालिकाको ४ वटा वडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भन्दै खुसी व्यक्त गरेका छन् ।
पुल उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललित बहादुर घलान, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, प्रदेशसभा पूर्व सांसद ओम ग्लान, मनहरी गाउँपालिकाका पूर्व अध्यक्ष एकराज उप्रेती, नेपाली काँग्रेस मनहरी सभापति प्रकाश वर्ताैला, वडा नम्बर ३ का अध्यक्ष अनन्त अर्याल, स्थानीय नरहरिनन्दन उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















