१७ असार, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका-५ ठाडेचुरीमा निर्मित आयुर्वेद औषधालय भवनको मंगलबार उद्घाटन गरिएको छ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पञ्चकर्म तथा पूर्वकर्म आयुर्वेद औषधालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बानियाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणालीको एक प्रभावकारी माध्यमको रूपमा चिनाउँदै यसले आधुनिक औषधिले दिने साइड इफेक्टबाट मुक्त जनस्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले स्थानीय तहसँग समन्वय गरेर अस्पतालका अन्य पूर्वाधार निर्माणमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताउँदै राक्सीराङ्गमा वर्षौंदेखिको जग्गा पूर्जासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गरिने बताए ।
समारोहमा गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ, वडा नम्बर ५ का अध्यक्ष हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
औषधालयमा ओपीडी सेवा, ज्येष्ठ नागरिक तथा स्तनपायी महिलाका लागि विशेष स्वास्थ्य परामर्श, योग तथा पञ्चकर्म सेवा सञ्चालन हुने जानकारी औषधालय प्रमुख कविराज निरीक्षक रामबचन साहले जानकारी दिए ।
गाउँपालिकाको ३० लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको आयुर्वेद औषधालय २ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको र औषधालय निर्माणका लागि आवश्यक जग्गा स्थानीय स्व. रामबहादुर प्रजाले निःशुल्क दान गरेका हुन्।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















