२५ फागुन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का निर्वाचित वडा सदस्यले विकास निर्माणको काममा दवाव दिएर निर्माण उपभोक्ता समितिका अध्यक्षलाई अपशव्द बोलेपछि काम प्रभावित भएको बताइएको छ ।
मनहरी गाउँपालिकाको ५ लाख रुपैँया बजेटमा लामिटार बाटो स्तरीकरण एवम् ग्राबेलिङ तथा कृषि सडक निर्माणको काम भैरहेको थियो । उक्त कार्यमा वडा सदस्य बिष्णुबहादुर थिङले निर्माण उपभोक्ता समितिका अध्यक्ष होत्तप्रसाद अधिकारीलाई अपशव्द प्रयोग गर्दै अवरोध गरेको अधिकारीले आरोप लगाए । ‘२ दिनदेखि नियमित रुपमा काम भैरहेको थियो । आधा भन्दा बढी काम सम्पन्न गरिसकेका थियौं’, अध्यक्ष अधिकारीले भने, ‘आज काम भैरहेको समयमा निर्वाचित वडा सदस्यले उनले भने अनुसारको काम नगरेको भन्दै मलाई नानाभाती मुख छाडेर पैसा निकासा रोकिदिन्छु र मुद्दा हालिदिन्छु भनेपछि फाइल जिम्मा लगाएर हिँड्न बाध्य भएँ ।’
वडा सदस्य थिङले आफ्नो निजी स्वार्थमा गाउँमै रहेको ओम शान्तिको भवन अगााडी डस्ट खसाल्न लगाएको बिषयमा वडा सदस्य र उपभोक्ता समिति अध्यक्ष वीचमा विवाद भएको स्थानीयले बताएका छन् । ‘मैले बाध्य भएर ओम शान्ति भवन अगाडी ५ ट्रिप डस्ट खसालिदिएँ, त्यतिले नि नभएपछि काम भैरहेको ठाउँमा आएर सबैको अगाडी मलाई तथानाम गाली गर्ने काम भयो’, अधिकारीले गुनासो गर्दै थपे, ‘विकासको काममा वडा सदस्यले चाहिने भन्दा बढी राजनीति गर्न खोजेको देखियो । म माथि गाली बेइज्जती भएको छ । यस्तो अवस्थामा काम गर्न सकिन्न ।’ वडा सदस्यमा निर्वाचित भएदेखि नै थिङले सामाजिक काममा किचलो गर्ने गरेको स्थानीयको आरोप छ ।
यता वडा सदस्य थिङले ओम शान्तिको भवन अगााडी ६/७ ट्रिप डस्ट चाहिनेमा ५ ट्रिप मात्रै खसालेकोले सामान्य छलफल भएको प्रतिकृया दिए । ‘मैले मुख छाडेको छैन, मुद्दा हाल्छु पनि भनेको होइन’, उनले भने, ‘हामीले भने अनुसार काम नहुने भए पछि फछ्र्यौट गर्न गारो हुनसक्छ मात्रै भनेको हुँ ।’ थिङ एमालेबाट निर्वाचित वडा सदस्य हुन् भने अधिकारी नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















