२५ फागुन, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–३ का निर्वाचित वडा सदस्यले विकास निर्माणको काममा दवाव दिएर निर्माण उपभोक्ता समितिका अध्यक्षलाई अपशव्द बोलेपछि काम प्रभावित भएको बताइएको छ ।
मनहरी गाउँपालिकाको ५ लाख रुपैँया बजेटमा लामिटार बाटो स्तरीकरण एवम् ग्राबेलिङ तथा कृषि सडक निर्माणको काम भैरहेको थियो । उक्त कार्यमा वडा सदस्य बिष्णुबहादुर थिङले निर्माण उपभोक्ता समितिका अध्यक्ष होत्तप्रसाद अधिकारीलाई अपशव्द प्रयोग गर्दै अवरोध गरेको अधिकारीले आरोप लगाए । ‘२ दिनदेखि नियमित रुपमा काम भैरहेको थियो । आधा भन्दा बढी काम सम्पन्न गरिसकेका थियौं’, अध्यक्ष अधिकारीले भने, ‘आज काम भैरहेको समयमा निर्वाचित वडा सदस्यले उनले भने अनुसारको काम नगरेको भन्दै मलाई नानाभाती मुख छाडेर पैसा निकासा रोकिदिन्छु र मुद्दा हालिदिन्छु भनेपछि फाइल जिम्मा लगाएर हिँड्न बाध्य भएँ ।’
वडा सदस्य थिङले आफ्नो निजी स्वार्थमा गाउँमै रहेको ओम शान्तिको भवन अगााडी डस्ट खसाल्न लगाएको बिषयमा वडा सदस्य र उपभोक्ता समिति अध्यक्ष वीचमा विवाद भएको स्थानीयले बताएका छन् । ‘मैले बाध्य भएर ओम शान्ति भवन अगाडी ५ ट्रिप डस्ट खसालिदिएँ, त्यतिले नि नभएपछि काम भैरहेको ठाउँमा आएर सबैको अगाडी मलाई तथानाम गाली गर्ने काम भयो’, अधिकारीले गुनासो गर्दै थपे, ‘विकासको काममा वडा सदस्यले चाहिने भन्दा बढी राजनीति गर्न खोजेको देखियो । म माथि गाली बेइज्जती भएको छ । यस्तो अवस्थामा काम गर्न सकिन्न ।’ वडा सदस्यमा निर्वाचित भएदेखि नै थिङले सामाजिक काममा किचलो गर्ने गरेको स्थानीयको आरोप छ ।
यता वडा सदस्य थिङले ओम शान्तिको भवन अगााडी ६/७ ट्रिप डस्ट चाहिनेमा ५ ट्रिप मात्रै खसालेकोले सामान्य छलफल भएको प्रतिकृया दिए । ‘मैले मुख छाडेको छैन, मुद्दा हाल्छु पनि भनेको होइन’, उनले भने, ‘हामीले भने अनुसार काम नहुने भए पछि फछ्र्यौट गर्न गारो हुनसक्छ मात्रै भनेको हुँ ।’ थिङ एमालेबाट निर्वाचित वडा सदस्य हुन् भने अधिकारी नेकपा माओवादी केन्द्रका स्थानीय नेता हुन् ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















