२८ फागुन, हेटौँडा । सर्वोच्च अदालतले सुरुङ मार्ग निर्माणमा प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
न्यायाधिश दिपकराज जोशीको इजलासले हेटौडा काठमाडौको बिचमा पर्ने भिमफेदी कुलेखानी जोडने सुरुङ सर्वोच्चको फैसला बमोजिम किन नबनाएको भनि सरकारका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । अधिवक्त ध्रुवप्रसाद चौलागाईले फागुन २२ गते अदालतको अपहेलनासम्बन्धी रिट दायर गरेका थिए । रिटको सुनुवाई गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्री तथा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रि एवं मन्त्रालयसमेतका नाममा फैसला बमोजिमको काम हालसम्म नगरेकोले किन उक्त काम नगरेको हो भनि लिखित जवाफ माग गरेको छ ।
अधिवक्ता चौलागाईले २०६४ सालमा दायर गरेको परमादेश मुद्दामा सर्वोच्चले संविधानले नेपाली नागरीकलाई नेपाल राज्यभर आवतजावत हिडडुल र वसोबास गर्ने हक मौलिक हक प्रदान गरेको र सो हकलाई साकार पार्न मार्ग आवश्यक पर्ने हुँदा प्रस्तावित सुरुङमार्ग निर्माण गर्न प्राथमिकता दिनु भन्ने आदेश दिएको थियो ।
फैसला आदेश बमोजिम हाल सम्म सुरुङमार्ग निर्माणमा चासो नदिएपछि चौलागाईले पुन रिट दायर गरेका थिए । रिटमा बर्तमान अवस्थामा सुरुङमार्ग बनेपछी तेल र ह्रासकट्टी, टायर ट्युब, पाटपुर्जा र मर्मत सँभारबाट बर्षेनी राज्यलाई १०÷१२ अर्ब रुपैयाँ बचत दावि गरिएको छ । देशको बार्षिक १२ अरब भन्दा बढी रकम बचत हुने उक्त सरुङ मार्ग निर्माण हुन हल्ला चल्ने तर नबनेको अहिलेको अवस्थामा यो अदालतको अपहेलनाको मुद्दाबाट राज्यलाई दबाब पुग्ने र नेपाल सरकारलाई अदालतको आदेश बमोजिम काम गर्न पर्यो भनि दबाब समेत दिन सकिने चौलागाईको भनाई छ । फैसला बमोजिम सुरुङ वनाउन प्राथमिकता नदिएमा १ वर्ष कैद र दश हजार रुपैयाँसम्म जरीवाना हुने कानूनी व्यवस्था रहेको निवेदक चौलागाईको भनाई छ ।
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















