Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सांसद बानियाँद्वारा भवन उदघाटन

Baniya-1520862853.jpg

२८ फागुन, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको शान्ति बहिरा तथा सुस्त श्रवण आवासिय आधारभूत विद्यालयको नवनिर्मित ८ कोठे भवनको मकवानपुर जिल्ला प्रदेश सभा सांसद ईन्द्रबहादुर बानियाँले सोमवार उदघाटन गरेका छन् ।

भवन उदघाटन गर्दै सांसद बानियाँले शिक्षाको ज्योति सबैले पाउनु पर्ने बताए । शिक्षा विना विकास सम्भव नहुने भन्दै नेपाली काँग्रेस मकवानपुरका सभापति समेत रहेका बानियाँले विद्यालयलाई आफूले सकेको सहयोग गर्ने बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर लामिछानेले विद्यालयको भौतिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ८ कोठे भवन र शौचालय निर्माण गर्न १ करोड ६८ लाख ४२ हजार ७ सय २९ रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ । जस मध्ये प्लान ईन्टरनेशनल नेपालबाट १ करोड ६६ लाख,विद्यालयबाट २ लाख १३ हजार सहयोग भएको थियो ।

कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने प्लान ईन्टरनेशनल नेपाल,नेपाल ग्रामीण पुर्ननिर्माण संस्था, बालजागृति युवा वर्ष मावि, मकवानपुर बहिरा संघ,गौतम नर्सरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयद्धारा संचालित अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा भएको भवन उदघाटन कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई,वडा सदस्य कल्पना विक,प्लान ईन्टरनेशनल नेपाल हेटौडा ईकाइ प्रमुख नेत्रप्रसाद उपाध्याय, सिद्धार्थ अगुवा केन्द्रका श्रोत व्यक्ति किरण आचार्य, राष्ट्रिय अपाङग महासंघ क्षेत्रीय उपाध्यक्ष सरीता थापा, राष्ट्रिय अपाङग महासंघ केन्द्रीय सदस्य सगुन श्रेष्ठ, बालजागृति युवा वर्ष माविका प्रधानाध्यापक भरत सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय भवन निर्माण गर्न बालजागृति युवा वर्ष माविले १५ कठ्ठा जमिन उपलव्ध गराएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार