Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

वन विकासमा न्यूरेनी पहिलो

Community Forest Logo.jpg

भीमसेन पौडेल

६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ । 
राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको नवलपुर सरस्वती बसामाडी सामुदायिक वन पहिलो, हेटौडा २५ मा रहेको पञ्चकन्या सामुदायिक वन दोश्रो र हेटौडा २४ मा रहेको ज्योति सामुदायिक वन तेश्रो भएको छ । कबुलियती वन तर्फको पुरस्कारमा पहिलो त्रिभुवन राजमार्ग कमेरोडाडाँ कबुलियती वन, टिस्टुङ्ग ६, रुथुमभेक कबुलियती वन खैराङ ९ दोश्रो र महिला हरियाली कबुलियती वन सरिखेत तेश्रो भएका छन ।
 सामुदायिक वन भित्र वन्यजन्तुको संरक्षण र बासस्थानमा प्रभावकारी काम गर्ने सामुदायिक वन समूहलाई पनि वन कार्यालयले पुरस्कृत गर्ने कार्यको शुरुवात २ वर्ष पहिले देखि गर्दै आएको छ । यो पुुरस्कार दुवै पटक हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वनले पाएको थियो । समूहले सालक लगायत अन्य वन्यजन्तुको संरक्षण गर्दै आएको छ ।
यस वर्ष वन्यजन्तु तर्फको पुरस्कार मनहरीमा रहेको सीमपानी देवकोट संयुक्त सामुदायिक वनले पहिलो, चुरेकाड सामुदायिक वन हेटौडा १८ ले दोश्रो र पञ्चकन्या सामुदायिक वन कोगटे ८ ले तेश्रो पुरस्कार प्राप्त गर्न सफल भएका छन । यसैगरी निजी वन तर्फ हेटौडा ६ का  किसान यादवप्रसाद उप्रती पहिलो आमभन्ज्याङ्ग ७ का किसान लालबहादुर बजगाई दोश्रो र हेटौडा ११ का किसान केदारप्रसाद बर्तौला तेश्रो भएका छन । 
निमित्त स्थानीय विकास अधिकारी किसन न्यौपानेको अध्यक्षतामा क्षेत्रीय वन निर्देशानालय र जिल्ला वन कार्यालयको संयुक्त बैठकले यो निर्णय गरेको रेन्जर ऋषि पराजुलीले जानकारी दिनु भयो । घोषणा गरिएका सामुदायिक वन, कबुलियती  वन र किसानलाई एक कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने वन कार्यालयले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार