Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

भुकम्पमा घर भत्किएका लालपुर्जाविहिनले अनुदान पाउने

Gadhi-2-Head-1555922870.jpg

९ बैशाख, हेटौँडा । भुकम्पमा घर भत्किएका जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) विहिनहरुले पनि नयाँ घर बनाउनका लागि अनुदान पाएका छन् । 
प्राविधिकको निरिक्षणबाट लाभग्राही सूचिमा परेर पनि लालपुर्जा नहुँदा सम्झौता गर्नबाट बन्चितहरुले अब सम्झौता गरेर नयाँ घर बनाउन पाउने भएका छन् । मकवानपुरगढी गाउँपालिका २ वडा कार्यालयले यस्तो समस्यामा रहेका भुकम्पपीडितहरुलाई सम्झौताका लागि सूचना प्रकाशित गरेको छ । सूचनामा भुकम्पमा घर क्षति भई लाभग्राही सुचिमा नाम समावेश भई लाभग्राहीको नाममा वा लाभग्राहीको परिवारको नाममा जग्गाधनी प्रमाण पुर्जा नभई आवास पुनर्निर्माण सम्झौता गर्न बाँकी रहेका लाभग्राहीलाई बैशाख १५ गतेसम्म सम्पर्क गर्न भनिएको छ । 
वडा कार्यालयले त्यस्ता लाभग्राहीले परम्परादेखि भोग गर्दै आएको जग्गामा घरवारको क्रममा जडान भएका धारा, विद्युत, टोलीफोन र खानेपानी संस्थानको बिल आदिको प्रमाण पेश गर्न अनुरोध गरेको अध्यक्ष बखानसिं पाख्रिनले बताए । मकवानपुरमा जग्गाधनी प्रमाणपुर्जाको अभावमा पुर्ननिर्माणका लागि सम्झौता गर्नबाट बन्चितको संख्या ठूलो छ । पछिल्लो व्यवस्थाले यस्ता लाभग्राहीहरु लाभान्वित हुने भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

सर्वोच्चद्वारा गगनलाई आधिकारिकता
Gagan-Thapa-1760606336-1776474641.jpg

५ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले नेपाली कांग्रेसको गगन थापाको समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1776474166.jpg

५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र...

मकवानपुरमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु
IMG_0730-1776425202.png

४ वैशाख , हेटौंडा  । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...

१० विषयगत समिति र दुई संयुक्त समितिमा सभापति चयन
sanghiya-samsad-pic-1776420490.jpg

४ बैशाख, हेटौंडा । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा १० विषयगत समिति र दुई संयुक्त समितिमा शुक्रबार सभापति...

आज सुनको मूल्य घट्यो
gold-silver-600X300-1776403344.png

४ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...

पूर्वऊर्जामन्त्री खड्कालाई रिहा गर्न आदेश
Deepak-Khadka-Purbadhar-S-1776388455.jpg

४ बैशाख, हेटौंडा । सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कालाई रिहा गर्न आदेश दिएको छ।  खड्काको...

आज मातातीर्थ औंशी
maratirtha_makalukhabar-1776387258.png

४ बैशाख, हेटौंडा । आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी। प्रत्येक वर्ष वैशाख कृष्ण औंसीका दिनमा आमालाई...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg