Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

कान्तिलोकपथको काम सानोपोखराबाट हुने

Kantilok-path-1481191882.jpg

२३ मंसिर, हेटौँडा । निर्माणधिन कान्तिलोकपथको काम अब सानोपोखराबाट हुने भएको छ । बजार क्षेत्रमा धेरै धुलो उडेको भन्दै कान्तिलोकपथ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएपछि प्रशासनमा छलफल भएको हो ।

प्रशासन कार्यालयमा भएको छलफलमा सानोपोखराबाट कान्तिलोकपथको स्तरोन्नतिको काम हुने सहमति भएको हो । संघर्ष समिति, प्रशासन कार्यालय, सडक निर्माण वानीयाँ निर्माण सेवा सहितको सरोकारवालाको बैठकले हेटौँडाको सानोपोखराबाट स्तरोन्नतिको काम थाल्ने, सडकमा धुलो नियन्त्रणको लागि पानी हाल्ने तथा सडक निर्माणका क्रममा खानेपानी पाईप र विद्युतिय पोलको व्यवस्थापनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने निर्याण् भएको छ ।

छलफलमा निर्माण कम्पनीले खानेपानी पाईप र विद्युतिय पोलको व्यवस्थापनमा सम्बन्धित निकायबाट समन्वय हुन नसक्दा समस्या परेको जानकारी दिएको थियो । पाईप व्यवस्थापनका लागि लाखौं रकम आवश्यक पर्ने भएपनि खानेपानी बोर्डसँग बजेट अभाव रहेको बताईएको छ । बैठकमा संघर्ष समितिका संयोजक रबिन्द्र पोखरेल, निर्माण सेवाका ऋषिराज बानियाँ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा, मकवानपुर प्रहरी प्रमुख वसन्तकुमार लामा लगायतको उपस्थिति रहेको थियो ।

बानियाँ निर्माण सेवाले हेटौँडा–७ न्यूरेनी, हेटौँडा–६ चौघडा लगायतका क्षेत्रमा कान्तिलोकपथको काम गरिरहेको छ । छिटै नै कालोपत्रे गर्ने लक्ष्यका साथ काम गरिरहेको विएनएसको दावि छ ।

तस्विरहरु : हेटौँडा–६ चौघडामा कान्तिलोकपथमा ढल विस्तार हुँदै । तस्विर सौं. उत्सव चौलागाई ।

Kantilok-path1-1481191882.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको हाडीखोलामा भाईले दाजुलाई गरे खुकुरी प्रहार
khukuri-1711690898.jpg

१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1711675828.jpg

१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती...

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउने
ff-1711674098.jpg

१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ...

डिजेल चोरी गर्ने दुईजना पक्राउ
Capture-1711673567.JPG

१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै...

एसईई परीक्षाः आज अनिवार्य नेपालीको परीक्षा
df-1711673011.jpg

१६ चैत, हेटौंडा । बिहीबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली...

मनहरीमा प्रअलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन
df-1711672396.jpg

१६ चैत, मनहरी । मकवानपुरको मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम...

कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
Screenshot_20240325_20405-1711640072.jpg

१५ चैत, चिसापानी। सोमबार दिउँसो होली खेल्ने क्रममा फोटो सुट गर्न कर्णाली पुलबाट नदीमा हाम फालेर पौडी खेलेका १७...

हानेपा बागमती प्रदेश सरकारमा सहभागी, पर्यटन मन्त्रीको शपथ
IMG-20240328-WA0017-1711631837.jpg

१५ चैत, हेटौंडा । दुई दिन अघि समर्थन फिर्ता लिएको हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ...

ईलाम-२ बाट राप्रपाले गुरूङलाई उठाउने
laxmi-1711609723-1711620301.jpg

१५ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले इलाम २ मा प्रतिनिधि सभा निर्वाचनमा  लक्ष्मी गुरुङलाई...

थप समाचार