२६ जेठ, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नं १९ स्थित गणेश आधारभूत विद्यालय, कुवापानीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । जापान सरकारको सहयोगमा नवनिर्मित चारकोठे विद्यालय भवन, छात्रछात्रा शौचालय सहितस्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो ।
निर्माण व्यवसायीको तर्फबाट सागर भण्डारीले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) प्रमुख बद्रीबहादुर पाठकलाई हस्तारन्तरण गरिएको थियो भने पाठकले विद्यालय व्यवस्थापन समितका अध्यक्ष लालबहादुर रुम्बालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा इकाई प्रमुख पाठकले भवन समेत उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै पाठकले विद्यालयमा बालबालिकाको पँहूच, टिकाउ र सिकाइमा जोड दिदै हस्तान्तरण भएको भवनको सरसफाई, उचित व्यवस्थापन र संरक्षणमा रचनात्मक भूमिका खेल्न आग्रह गरेका थिए ।
कार्यक्रममा जाइका परामर्शकर्ताको तर्फबाट जिल्ला आवासीय इन्जिनियर रोजेश गोविन्द श्रेष्ठ, निर्मल मावि वस्तिपुरका प्रधानाध्यापक प्रवोध विडारी, जिल्ला आयोजना कायाएन्वयन इकाईका इन्जिनियर सन्दिप अधिकारी, वडा नं १९ का वडा सदस्य वागसिं स्याङ्तान, स्वच्छन्द खानी बानियाँ जेभि निर्माण सेवाकातर्फबाट सागर भण्डारी, प्राविधिकहरु र अभिभावकहरु उपस्थिति रहेको थियो ।
आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी एक करोड सतहत्तर लाख छब्बीस हजार तीन सय तीन रुपैयाको लागतमा निर्माण सम्पन्न भवनले गुणस्तरीय पठन पाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यालय पुनर्निमाण अन्तरगत मकवानपुर जिल्लामा जाइकाको ऋण सहयोगमा निर्माणाधीन ४१ विद्यालय मध्ये प्रथम चरणमा निर्माण थालिएका तीन विद्यालय यस अघि नै हस्तान्तरण भएका छन् ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















