Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

गणेश आधारभूत विद्यालयको भवन हस्तान्तरण (तस्बिरसहित)

B1-1560088097.jpg

२६ जेठ, हेटौँडा । हेटौडा उपमहानगरपालिका वडा नं १९ स्थित गणेश आधारभूत विद्यालय, कुवापानीको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । जापान सरकारको सहयोगमा नवनिर्मित चारकोठे विद्यालय भवन, छात्रछात्रा शौचालय सहितस्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको हो । 
निर्माण व्यवसायीको तर्फबाट सागर भण्डारीले विद्यालयको साँचो जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) प्रमुख बद्रीबहादुर पाठकलाई हस्तारन्तरण गरिएको थियो भने पाठकले विद्यालय व्यवस्थापन समितका अध्यक्ष लालबहादुर रुम्बालाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा इकाई प्रमुख पाठकले भवन समेत उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै पाठकले विद्यालयमा बालबालिकाको पँहूच, टिकाउ र सिकाइमा जोड दिदै हस्तान्तरण भएको भवनको सरसफाई, उचित व्यवस्थापन र संरक्षणमा रचनात्मक भूमिका खेल्न आग्रह गरेका थिए । 
कार्यक्रममा जाइका परामर्शकर्ताको तर्फबाट जिल्ला आवासीय इन्जिनियर रोजेश गोविन्द श्रेष्ठ, निर्मल मावि वस्तिपुरका प्रधानाध्यापक प्रवोध विडारी, जिल्ला आयोजना कायाएन्वयन इकाईका इन्जिनियर सन्दिप अधिकारी, वडा नं १९ का वडा सदस्य वागसिं स्याङ्तान, स्वच्छन्द खानी बानियाँ जेभि निर्माण सेवाकातर्फबाट सागर भण्डारी, प्राविधिकहरु र अभिभावकहरु उपस्थिति रहेको थियो ।
आधारभूत तह कक्षा १ देखि ५ सम्मका लागि आवश्यक फर्निचरसहितका सामग्रीसमेत गरी एक करोड सतहत्तर लाख छब्बीस हजार तीन सय तीन रुपैयाको  लागतमा निर्माण सम्पन्न भवनले गुणस्तरीय पठन पाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विद्यालय पुनर्निमाण अन्तरगत मकवानपुर जिल्लामा जाइकाको ऋण सहयोगमा निर्माणाधीन ४१ विद्यालय मध्ये  प्रथम चरणमा निर्माण थालिएका तीन विद्यालय यस अघि नै हस्तान्तरण भएका छन् ।

B2-1560088097.jpg
B3-1560088098.jpg
B4-1560088098.jpg
B5-1560088098.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

सिस्नुपानी मकवानपुरद्वारा दुईजना स्रष्टा सम्मानित
dda-1714560414.jpg

१९ बैशाख, हेटौंडा । स्थापना दिवसको अवसर पारेर सिस्नुपानी नेपाल मकवानपुरले बुधबार हेटौंडामा दुईजना स्रष्टालाई...

नेपाल वेस्ट इन्डिज ’ए’ सँग ७६ रनले पराजित
west-1714559327.jpg

१९ बैशाख, हेटौँडा । वेस्ट इन्डिज ’ए’ टोलीसँगको टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपाल ७६ रनले पराजित...

बुधबार सुनचाँदीको मूल्य घट्यो
download-1-1714542210.jpg

१९ बैशाख, काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोला २ हजार ७ सय...

थप समाचार