Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

बानियाँको पहलमा दर्दरा-बसन्तपुर सडकमा स्ल्याब 

Slab-1560351719.jpg

२९ जेठ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको पहलमा मनहरी गाउँपालिकाको वडा नम्बर ५ स्थित दर्दरा बसन्तपुर सडक खण्डमा ढलानको काम भएको छ । बानियाँको पहलमा उपलब्ध ५० लाख रुपैयाँको बजेटमा करिब ५ सय मिटर बाटो स्ल्याब ढलान भएको हो । 
मनहरी गाउँपालिकाको केन्द्र रजैया हुँदै बसन्तपुर डिल्लीपुर आवतजावत गर्ने स्थानीयको सहजताको लागि बाटो स्ल्याब ढलान गरिएको दर्दरा बसन्तपुर डिल्लीपुर सडक स्तरीकरण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर स्याङ्तानले बताए । बर्षायाममा हिलो र अन्य समयमा धुलो उड्ने बाटोमा स्ल्याब भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको अध्यक्ष स्याङ्तानले दावी गरे । बजेटबाट ६ मिटर चौडाई र २० सेन्टिमिटर मोटाईको करिब पाँचसय मिटर बाटो ढलान गरिएको छ । ‘स्टिमेटमा ४७० मिटर ढलान गर्नुपर्ने उल्लेख भएपनि हामीले करिब ५ सय मिटर सडक स्ल्याब ढलान गरेका छौँ, उनले भने, ‘नेता ईन्द्र बानियाँले चुनावको बेला गर्नुभएको प्रतिबद्धता अनुसार भएको सडक स्तरोन्नतिको काम भएको भन्दै यस क्षेत्रको अन्य सडक स्तरीकरणको लागि पनि आवश्यक सहयोग हुने अपेक्षा गरेका छौं ।’
योजनालाई तोकिएकै मितिमा तोकिएकै ढाँचामा सम्पन्न गर्न ५ नम्बर वडाबासीको योगदान रहेको स्थानीय शिवराज उप्रेतीले जानकारी दिए । स्ल्याब ढलानबाट स्थानीय करिब एक हजार घरधुरी प्रत्यक्ष लाभान्वित भएको उनले दावी गरे । प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले निर्वाचनको समयमा जनताको सामु गरेको प्रतिबद्धता अनुसार आफ्नो पहलमा स्ल्याब ढलानको लागि ५० लाख रुपैयाँ बजेट उपलब्ध गराएको जानकारी दिँदै आवश्यकताको आधारमा बजेट उपलब्ध गराउँदै जाने प्रतिबद्धता जनाए ।
यस्तै ५ नम्बर वडाको बसन्तपुरमा मनहरी गाउँपालिकाबाट स्वीकृत बजेटमा नाली निर्माण तथा बाटो स्तरीकरणको काम भैरहेको छ । गाउँपालिकाको करिब २३ लाख रुपैयाँको योजनामा काम भैरहेको हो । स्थानीय उपभोक्ता समितिले बाटो निर्माणको काम धमाधम अघि बढाइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटवार्ता
gagan.2026-04-15-10-13-52-1776650507.jpg

७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...

पेस्तोलसहित एक युवक पक्राउ
Screenshot_20260420_07392-1776650074.jpg

७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...

आज अक्षयतृतीया पर्व मनाइँदै
satu-jau-akshya-tritiya16-1776649550.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...

अब कर्मचारीको तलब १५ दिनमा
Artha-mantralaya-finance-1776649315.jpg

७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...

हल्का वर्षा हुने सम्भावना
1774004021_Rain9-1200x560-1776648779.jpg

७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1776564885.jpg

६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776564591.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...

मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg