७ असार, हेटौँडा । मुख्य मन्त्री देखि हेटौँडा नगर प्रमुखको हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक दाँया र बाँया २५/२५ मिटरभित्र बनेका घर टहरा भत्काउने विषयमा फरक फरक अभिव्यक्ति आइरहदा हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक विस्तार गर्ने कार्यले पुनः एक पटक चर्चा पाएको छ ।
डिभिजन सडक कार्यालय मकवानपुरले शनिबार कान्तिपुरमा १५ दिन भित्र हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक दाँया र बाँया २५/२५ मिटरभित्र बनेका घर टहरा हटाउन सुचना प्रकाशित भएपछि २५ मिटर सडक बिस्तार कार्यले पुनः एकाएक चर्चा पाएको हो ।
कार्यालयले शनिवार कान्तिपुरमा महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग /राजपथको दाँया/बाँया २५/२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको हो । विभागले आजको मितिले अर्थात असार ७ गतेको मितिले १५ दिनभित्र संरचना हटाउन आदेश दिएको छ ।
यस अघि विभागले विभिन्न मितिमा राष्ट्रिय दैनिक पत्रिकामा पटक पटक सुचना प्रकाशित गर्दै महेन्द्र राजमार्गको धन्सार पुल (बारा) देखि लोथर (मकवानपुर) सम्म तथा त्रिभुवन राजपथको वीरगंज भन्सार (पर्सा) देखि दामेचौर (मकवानपुर) सम्मको राजमार्ग /राजपथको दाँया /बाँया २५/२५ मिटर सडक अतिक्रमण गरी घर टहरा, छाप्रो, मन्दिर लगायतको संरचना हटाउन आग्रह गरेको थियो । तत्कालिन क्षेत्रीय प्रशासक बिनोद केसीले सडक विस्तारको कामलाई थालनि गरेको भएतापनि सडक छेउमा पर्ने घर धनीहरुले मुआब्जाको माग गर्दै सर्वाेच्च अदालतमा मुद्धा दायर गरेपछि अदालतले तत्काल सडक विस्तारको काम रोक्न आदेश गरे पछि सडक विस्तार कार्य प्रभावित बनेको थियो । यता प्रदेशको मन्त्रीपरिषदको निर्णयले हेटौँडाको मुख्य बजारक्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगतको सडक दाँया र बाँया १६/१६ मिटरभित्र बनेका घर टहरा भत्काउन निर्णय गरेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















