Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

वन विज्ञानको संरचनामा आज्ञात पुग्छ, काम रोक्नु : अदालत

Patan-Uchha-Adalat-Hetaud-1563977449.jpg

८ साउन, हेटौँडा । हेटौँडा–१० स्थित त्रिवि अन्तगतको वन विज्ञान अध्ययन संस्थानको संरचनामा आघात पुग्ने भएकाले निर्माणका काम नबढाउन कृषि तथा वन विश्वविद्यालयको नाममा उच्च अदालत पाटन हेटौंडा इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । बुधबार भएको दुबै पक्षका वकिलहरुको बहसपछि अदालतका न्यायाधिश टेकराज नेपाल र चण्डराज ढकालको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । 
अदालतले त्रिवि अन्तरगतको वन विज्ञान अध्ययन संस्थानको नाममा रहेको जग्गा मध्ये पश्चिमबाट ६० विगाह जग्गा कृषि तथा वन विश्वविद्यालयलाई दिने त्रिविले आफ्नो सभाबाट निर्णय गरेको भएपनि कृषि तथा वन विश्वविद्यालयको नाममा दर्ता भईसकेको देखिन नआएको जनाएको छ । 
‘पश्चिमबाट दिने सहमति भएकोमा पूर्व दक्षिणबाट निर्माण थालेकाले सो निर्माणबाट निवेदक क्याम्पसको संरचना समेतमा आघात पार्ने’ आदेशमा उल्लेख छ । आदेशमा ‘विवादित जग्गा विपक्षीको नाममा दर्ता भई नसकेको र तर्फमा समेत विवाद देखिंदा प्रस्तुत निवेदनमा अन्तिम टुंगो नलागेसम्म विवादित जग्गामा निवेदनमा उल्लेख भए बमोजिमको रुख कटान तथा भवन निर्माण समेतका काम नगर्नु, नगराउनु भनि माथि उल्लेखित मिति (साउन ३ गते) मा यस अदालतको एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिईएको छ ।’ भनिएको छ ।
त्रिवि वन विज्ञान अध्ययन संस्थानको तर्फबाट बरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्ले, अधिवक्ताहरु मोहनप्रसाद भट्टराई, मोहनप्रसाद ढकाल र नारायणप्रसाद खनालले बहस गरेका थिए भने कृषि तथा वन विश्वविद्यालयको तर्फबाट बरिष्ठ अधिवक्ता टंकप्रसाद दुलाल र अधिवक्ता मुकुन्दप्रसाद अधिकारीले बहस गरेका थिए । 
अदालतले साउन ३ गते अन्तरिम आदेश दिंदै दुबै पक्षलाई बुधबार छलफलका लागि पहिलो पेशी तोकेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार