Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

२५ मिटर : हेटौँडामा अब के हुन्छ ?

Hetauda-1565665318.jpg

२८ साउन, हेटौँडा । डिभिजन सडक कार्यालयले सडक विस्तारका क्रमलाई अघि बढाईरहेको बेला अचानक ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको अभिव्यक्ति सार्वजनिक भयो । 
दुई दिन अघि जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा उनले हेटौंडामा २५ मिटर हैन १६ मिटर सडक विस्तार हुने उद्घोष गरे । २५ मिटर सडक भत्किए आफुले समेत ‘कुम्लो’ बोकेर हिड्नुपर्ने अभिव्यक्ति दिए । उनले बाईपास बनाउन बजेट विनियोजन भएको समेत बताए । १६ मिटर सडक विस्तार हुने हो भने आफुले नै घर भत्काउन अघि बढ्ने पनि बताए । यसरी हेर्दा मुख्यमन्त्रीले २५ मिटर सडक विस्तारलई आफ्नो प्रतिष्ठासंग जोडेर हेरेको प्रष्ट हुन्छ ।
तर यता राजमार्ग नै विस्तार गरिरहेको डिभिजन सडक कार्यालयले भने बाराको अमलेखगञ्ज्देखि ३ नम्बर पुलसम्म र मकवानपुरको लोथरदेखि मनहरीसम्म सडक विस्तार गर्ने क्रममा २५/२५ मिटरलाई नै मापदण्ड बनाएर संरचनाहरु भत्काईरहेको छ । ‘यस्तो अवस्थामा हेटौँडामा अब के हुन्छ ?’–सर्वसाधारणहरु अन्यौलमा छन् । केहीले मूख्यमन्त्री हेटौँडा बजारको मात्रै मूख्यमन्त्री नभएर प्रदेशकै मूख्यमन्त्री भएकाले यस्तो अभिव्यक्ति दिनु गैरजिम्मेवारीपन भएको बताउँछन् भने केहीले बजार जोगाउन सहि अभिव्यक्ति भनिरहेका छन् ।
कानूनी अड्चन टुंगो लगाएर सडक विस्तार गर्ने कामलाई गति दिने तयारी गरिरहेको डिभिजन सडक कार्यालय पनि मूख्यमन्त्रीको कडा अभिव्यक्तिले ‘पर्ख’ अवस्थामा पुगेको छ । मनहरीसम्म आफ्नो काम अघि बढाएको कार्यालय अहिले हेटौँडातर्फ अघि बढ्न नसक्नु मूख्यमन्त्रीकै अभिव्यक्तिको असरको रुपमा लिईएको छ ।
सडक विस्तारबारे प्रतिक्रिया लिन खोज्दा कार्यालय प्रमुख सुमन योगेश फोन ‘रसिभ’ गर्दैनन् भने सूचना अधिकारी जयराम अधिकारीको मोवाईल केहि दिनदेखि स्विच अफ छ । यसले उनीहरु रक्षात्मक अवस्थामा पुगेको त हैन भन्ने प्रश्न उव्जिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरीको दुई वडामा कांग्रेसको अगुवा कार्यकर्ता भेला
Screenshot_20240514_19531-1715695716.jpg

१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...

हेटौंडा १४ का वडाध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि दुर्व्यवहार
IMG_20240514_190529-1715693035.jpg

१ जेठ, हेटौंडा। समाचार संकलनकालागि हेटौंडा -१४ को कार्यालय मयुरधाप पुगेका २ जना  संचारकर्मीहरुलाई हेटौंडा १४ का...

कांग्रेसको नाराबाजीका कारण दुवै सदन अवरुद्ध
Screenshot_20240514_18293-1715691031.jpg

१ जेठ, हेटौंडा। प्रतिनिधिसभाको मंगलबार साँझ बसेको बैठक जेठ ३ गते बिहान बस्ने गरी स्थगित भएको छ। साँझ ६ बजेलाई...

अब शिक्षकले तलब मासिक रुपमै पाउने
Screenshot_20240514_16070-1715686930.jpg

१ जेठ, हेटौंडा। सरकारले आर्थिक वर्ष २०८१/८२ मा शिक्षकको तलब मासिक रुपमा प्रदान गर्ने भएको छ । मंगलबार राष्ट्रपति...

नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

थप समाचार