Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

खानेपानी सुविधा पाएपछि गाउँले दंग

5-1483885348.jpg

२४ पुस, हेटौंडा । बर्षौंदेखि खानेपानीको समस्या खेप्दै आएका मकवानपुरको हाँडीखोला–४ का सर्वसाधारण अहिले निकै खुसी छन् । ३/४ घण्टा लगाएर खोल्साबाट खानेपानी ल्याउन बाध्य भएकाहरु अहिले घरघरमै पानी आउन थालेपछि दंग छन् ।

खानेपानी आयोजनाबाट हाँडीखोला–४ र ३ नम्बर वडाका करिब ३ सय घरधुरी लाभान्वित भएका छन् । हालसम्म २ सय ५० वटा धारा वितरण भएको सिमलताल खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हिरालाल स्याङ्तानले जानकारी दिए । ‘बर्षौंदेखि धमिलो र फोहोर पानी खान बाध्य यहाँका बान्दिालाई खानेपानी तथा ढल निकास विभाग तथा डिभिजन खानेपानी कार्यालयको आर्थिक सहयोगमा आयोजना सम्पन्न भएपछि धेरै राहत मिलेको छ’, उनले भने, ‘अहिले २५ वटा धारा वितरण भएको छ । धारामा २४ घण्टा नै पानी आइरहेको छ । आवश्यकता अनुसार धारा सङ्ख्या थपिँदै जानेछ ।’

२०६५ सालबाट निर्माण कार्य सुरु गरेको यस आयोजना २०७० सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि विभिन्न समस्याको कारण ढिलो भएको उनले जानकारी दिए । ‘हामी अहिले परीक्षणको क्रममा नै रहेका छौं । २४ घण्टै धारामा पानी आउँदा स्थानीय निकै खुसी छन्’, उपभोक्ता समितिका सचिव किरण मोक्तानले जानकारी दिंदै भने, ‘पानी पुग्दो छ । हामी दैनिक २४ घण्टा नै सबैको घरघरमा पुग्ने गरी पानी वितरण गर्न सक्षम छौं ।’ अधिकांश तामाङ समुदायको बाहुल्यता रहेको हाँडीखोला–४ र ३ नम्बर वडाका बासिन्दाले बर्षौंदेखि खेप्दै आएको समस्या हल भएकोमा निकै खुसी लागेको सचिव मोक्तानले सुनाए ।

यसअघि निर्माण भैसकेका खानेपानी ट्याङ्की तथा पाइपहरुमा समेत भूकम्पको कारण क्षती पुगेकोले अहिलेदेखि नै केही समस्या देखिन थालेको भन्दै उनले यस बिषयमा डिभिजन खानेपानी तथा सरसफाई कार्यालयमा जानकारी गराइएको जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार