४ माघ, हेटौंडा । हेटौंडामा सडक विस्तारको काम रोक्ने मंगलबार दिनभरको प्रयास असफल भएको छ ।
जिल्लाका राजनीतिक दल र मकवानपुर उद्योग बाणिज्य संघको टोलीले दिनभर दौडधुप गरे पनि सडक विस्तारको काम नरोकिने भएको हो । राजनीतिक दलको बैठकले मुअाव्जा र समय माग्ने अान्तरिक सहमति गरेर क्षेत्रीय प्रशासन कार्यालयमा छलफल गरेपनि निष्कर्ष निस्कन सकेन । त्यस्तै उद्योग बाणिज्य संघको टोलीले गृहमन्त्री विमलेन्द्र निधिलाई सिमरा पुगेर अाफ्नो मागबारे ध्यानाकर्षण गराएको थियो । राजधानीमा सक्रिय टिमबाट पनि सकारात्मक जवाफ अाएन ।
प्रशासन र सडक सडक विस्तारमा पछि नहट्ने बुझेपछि संघ संयोजक रहेको हेटौडा बसोबास संरक्षण समितिले बुधबार हेटौंडा बन्दको घोषणा गरेको छ । समितिले २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडक कार्यालयले सडक विस्तार गर्न लागेकोमा विरोध जनाएको छ । सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै वि.स. २०११ साल देखि नै बसोबास गर्दै आएको समितिको भनाई छ ।
डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालयसँग मुआब्जाको विषयमा गरिएको छलफल विना निष्कर्ष टुंगिएकाले बजार बन्द गरी आन्दोलन गर्न थालेको हेटौडा बसोबास संरक्षण समितिले जनाएको छ ।
केही दिन अघिबाट सडक डिभिजन कार्यालयले २५ मीटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने मंगलबारदेखि निजी घर तथा टहरा भत्काउन थालेको छ ।
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




