Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

बानियाँको उपस्थितिमा जापानसंग राक्सिराङमा विद्यालय बनाउने हस्ताक्षर

japan2-1569943612.jpg

१४ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको उपस्थितिमा मकवानपुरको राक्सिराङमा विद्यालय बनाउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 
राक्सिराङ गाउँपालिका वडा नम्बर २ मा सरिखेत कुडुलेमा रहेको प्रजा प्रगति विद्यालयको विद्यालय भवन निर्माणका लागि नेपालस्थित जापानी दुतावाससंग एक करोड रुपैँयाको सम्झौता भएको हो । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता समेत रहेका बानियाँको पहलमा जापानी राजुदतावासले शौचालय र बाथरुमसहितको ६ कोठे भवन बनाउन एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 
जापानी राजदुतावासका डेपुटी चिफ अफ मिशन युजो योशियोका र विद्यालयका प्रधानाध्यापक गोपालप्रसाद चौधरीले मंगलबार जापानी दुतावासमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । विद्यालयमा ८ कक्षासम्म पठनपाठन हुने र ८० प्रतिशत चेपाङ समुदायका बालबालिकाहरु अध्ययन गर्ने २०७७ असोज १४ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । 
कार्यक्रममा बोल्दै नेता बानियाँले आफूले जापानी दुतावासलाई गरेको आग्रह स्वीकार गर्दै ६ कोठे भवन बनाईदिन लागेकोमा दुतावासलाई आभार प्रकट गर्दै उक्त ग्रामीण क्षेत्रका चेपाङ बालबालिकाहरु अब वर्षातमा समेत पानी नचुहिने र सुविधासम्पन्न भवनमा पठनपाठन गर्न पाउने भन्दै खुशी प्रकट गरे ।

japan5-1569943615.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ
ganha-arrest-1715305499.jpg

२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
1641373260_1615078427_san-1715304890.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा आजबाट तीन दिने प्रदेशस्तरीय युवा सम्मेलन
Capture-1715301939.JPG

२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक...

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस
Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

उपराष्ट्रपति र नेपालका लागि नर्वेका राजदूतबीच शिष्टाचार भेटवार्ता
Screenshot_20240509_16450-1715252410.jpg

२७ बैशाख, काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले शिष्टाचार...

बागमतीको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस
Bagmati-province-mukhyama-1715251228.jpg

२७ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन बैशाख ३१ गते आह्वान गर्न सिफारिस गरेको छ...

केदार कार्कीद्वारा कोशीमा नयाँ सरकार गठनविरूद्ध रिट दायर
img-04-1715250293.jpg

२७ बैशाख, काठमाडौं । कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा रिट...

थप समाचार