१७ माघ, हेटौँडा । सरकारले बाराको निजगढलाई ‘स्मार्ट सिटि’ बनाउने भएको छ । सरकारले निजगढसहित ६ वटा शहरलाई स्मार्ट सिटिको रुपमा विकास गर्ने भएको हो ।
काठमाण्डौं उपत्यकामा एक र उपत्यका बाहिर ६ वटा स्मार्ट सिटि बनाउने अवधारणा अनुसार निजगढ छनौटमा परेको छ । निजगढसहित लुम्बिनी, पालुङटार, वालिङ, दुल्लु र अमरगढीलाई पनि स्मार्ट सिटिको रुपमा विकास गरिने भएको छ । निजगढ, पालुङटार र लुम्बिनीलाई स्मार्ट सिटि बनाउन परामर्शदाता नियुक्त गर्न आशयपत्र माग गरिसकेको नयाँ शहर आयोजनाका निर्देशक चक्रवर्ती कण्ठले बताए । स्मार्ट सिटिमा खानेपानी, स्वास्थ्य, शिक्षा, व्यापार, यातायात लगायतका सबै सेवा सूचना प्रविधिसँग जोडिएको र डिजिटलाईज गरिएको हुन्छ । स्मार्ट सिटिको विकास सँगै व्यवस्थित शहरीकरण अघि बढ्ने छ ।
हेटौँडा भन्दा पछि शहरको रुपमा विकास भएको निजगढ स्मार्ट सिटि बनिरहँदा हेटौँडा भने आफ्नो पुरानो अवस्थाबाट माथि उठ्न सकेको छैन । हेटौँडालाई स्मार्ट सिटिको बनाउने र औद्योगिक जिल्लाको रुपमा विकास गर्ने रटान रटेको बर्षौं भईसक्दा पनि न औद्योगिक जिल्ला घोषणा भयो न स्मार्ट सिटिबारे कतै चर्चा छ । धरान–चतरा, कान्तिलोकपथ, फाष्ट ट्रयाक, पूर्वपश्चिम राजमार्गको संगम रहेको मकवानपुर दुईवटा विद्युत आयोजना र पुरानो औद्योगिक क्षेत्र भएको जिल्ला ओझेलमा पर्दैछ । मकवानपुरमा विकासबारे केन्द्रमा लविङ गर्न दलहरु एक मत नहुँदा मकवानपुर बर्षेनी ओझेलमा पर्दै गएको जानकारहरु बताउँछन् ।
‘हेटौँडाका पुराना अग्रजले जिल्ला छोड्ने क्रम जारी छ, अब हेटौँडा आप्रवासीहरुको शहर मात्रै हुने भएको छ ।’–एक नेताले भने । राजनैतिक दलका नेता र सांसदहरुले बृहत र दिगो विकासका योजना नल्याए छिमेकी शहरहरुको तुलनामा हेटौँडा दिनप्रतिदिन ओझेलमा पर्ने उनको भनाई छ ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




