Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

सम्झौताको ९ बर्षपछि गौरीटारमा पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास

DM2-1572948195.jpg

१९ कार्तिक, हेटौँडा । निर्माण सम्झौताको ९ बर्षपछि हेटौँडा–६ गौरीटार (चित्रेपानी) मा नेपाल भारत मैत्री पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास भएको छ । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल र भारतीय दुतावासका चार्ज डिअफेयर्स डा. अजयकुमारले इन्स्टिच्युटको मंगलबार शिलान्यास गरेका हुन् ।
मूख्यमन्त्री पौडेलले देशभरका औद्योगिक क्षेत्रमा आवश्यक जनशक्तिको पूर्तिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताए । उनले लामो समयदेखिको सपनाको रुपमा रहेको पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास भएको भन्दै समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले यस प्राविधिक शिक्षालयको स्थापनाले प्राविधिक क्षेत्रमा आवश्यक जनशक्तिको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले गाउँ तहसम्म प्राविधिक शिक्षा पु¥याउने लक्ष्य लिएको बताए । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको २०६६ फागुन ४ गते भएको पहिलो औपचारिक भारत भ्रमणका क्रममा शिक्षालय स्थापनाका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएको थियो । भारत सरकारको ५८ करोड ४८ लाख रुपैँया आर्थिक सहयोग बन्न लागेको शिक्षालयमा सिटिईभिटि अन्तरगत इलेक्ट्रिकल इन्जिनियरिङ, इलोक्ट्रोनिक एवं कम्युनिकेशन इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ जस्ता ३ बर्षे डिम्प्लोमा कोर्ष संचालन हुनेछन् । साढे १७ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको पोलिटेक्निकल इन्स्टिच्युटमा प्रत्येक विषयका लागि ४२/४२ जनाको कोटाको व्यवस्था गरिनेछ ।
स्थानीय माग अनुसार छोटो अवधीका हाउस वायरिङ, मोटर रिवाईन्डिङ, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी जस्ता १७ विभिन्न शिर्षकका कक्षा समेत महाविद्यालयमा संचालन हुनेछन् । सहमति अनुसार इन्स्टिच्युट संचालनको पहिलो ५ बर्षसम्म भारत र नेपालका बराबर कर्मचारीहरुको व्यवस्था गरिने छ भने ५ बर्षपछि भारतले आफ्नो कर्मचारीहरुको संख्या आधा घटाई १० बर्ष पछि पोलिटेक्निक इन्स्टिच्युट नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

DM1-1572948269.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा सदस्य शाक्यद्वारा पद तथा गोपनीयताको सपथ
Screenshot_20240428_17190-1714304054.jpg

१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।  सिंहदरबारस्थित संघीय...

नेपालसंग वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी
20240428_171114-1714303608.jpg

१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714277843.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित
Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...

इलाम २ मा ७ बजेपछि मतगणना
Capture-1714266183.JPG

१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...

नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हरायो
c-1714264025.jpg

१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...

हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

थप समाचार