Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सम्झौताको ९ बर्षपछि गौरीटारमा पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास

DM2-1572948195.jpg

१९ कार्तिक, हेटौँडा । निर्माण सम्झौताको ९ बर्षपछि हेटौँडा–६ गौरीटार (चित्रेपानी) मा नेपाल भारत मैत्री पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास भएको छ । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेल र भारतीय दुतावासका चार्ज डिअफेयर्स डा. अजयकुमारले इन्स्टिच्युटको मंगलबार शिलान्यास गरेका हुन् ।
मूख्यमन्त्री पौडेलले देशभरका औद्योगिक क्षेत्रमा आवश्यक जनशक्तिको पूर्तिका लागि प्राविधिक शिक्षा आवश्यक रहेको बताए । उनले लामो समयदेखिको सपनाको रुपमा रहेको पोलिटेक्निक इन्स्टिच्युटको शिलान्यास भएको भन्दै समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले यस प्राविधिक शिक्षालयको स्थापनाले प्राविधिक क्षेत्रमा आवश्यक जनशक्तिको आवश्यकता पुरा गर्न सहयोग गर्ने बताए । उनले प्रदेश सरकारले गाउँ तहसम्म प्राविधिक शिक्षा पु¥याउने लक्ष्य लिएको बताए । कार्यक्रममा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको २०६६ फागुन ४ गते भएको पहिलो औपचारिक भारत भ्रमणका क्रममा शिक्षालय स्थापनाका लागि नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएको थियो । भारत सरकारको ५८ करोड ४८ लाख रुपैँया आर्थिक सहयोग बन्न लागेको शिक्षालयमा सिटिईभिटि अन्तरगत इलेक्ट्रिकल इन्जिनियरिङ, इलोक्ट्रोनिक एवं कम्युनिकेशन इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ जस्ता ३ बर्षे डिम्प्लोमा कोर्ष संचालन हुनेछन् । साढे १७ हेक्टर क्षेत्रफलमा निर्माण हुन लागेको पोलिटेक्निकल इन्स्टिच्युटमा प्रत्येक विषयका लागि ४२/४२ जनाको कोटाको व्यवस्था गरिनेछ ।
स्थानीय माग अनुसार छोटो अवधीका हाउस वायरिङ, मोटर रिवाईन्डिङ, प्लम्बर, इलेक्ट्रिसियन, सिकर्मी, डकर्मी जस्ता १७ विभिन्न शिर्षकका कक्षा समेत महाविद्यालयमा संचालन हुनेछन् । सहमति अनुसार इन्स्टिच्युट संचालनको पहिलो ५ बर्षसम्म भारत र नेपालका बराबर कर्मचारीहरुको व्यवस्था गरिने छ भने ५ बर्षपछि भारतले आफ्नो कर्मचारीहरुको संख्या आधा घटाई १० बर्ष पछि पोलिटेक्निक इन्स्टिच्युट नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।

DM1-1572948269.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार