२० कार्तिक, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा रहेको मकवानपुरगढी स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला शुभारम्भ गरिएको छ ।
गाउँपालिकाका प्रमुख विदुर हुमागाईले बुधबार स्वास्थ्य प्रयोगशालाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै उनले प्रयोगशाला संचालनमा आएपछि आधारभुत स्वास्थ्य सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाका अन्य स्वास्थ्य संस्थामा पनि प्रयोगशाला स्थापना गर्दै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । उनले शिक्षा, स्वास्थ्य, गरिबि निवारण र विकासको कामलाई संगसंगै लजाने रणनीति गाउँपालिकाको रहेको बताए । मकवानुरगढीमा १५ शैयाको अस्पतालको समेत तयारी भईरहेको उनले जानकारी दिए ।
गढी वडा नम्बर २ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका संयोजक बखानसिं पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा संयोजक विदुरप्रसाद लामिछाने, स्वास्थ्यचौकी व्यवस्थापन समिति सदस्य बीरबहादुर गोले, गोपाल गौतम, पूर्व इन्चार्ज प्रमोद रौनीयार लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रयोगशाला निर्माणका लागि वडा कार्यालयबाट ६० हजार रुपैँया र राष्ट्रिय प्रयोगशाला काठमाडौंबाट ३ लाख ५० हजार रुपैँयाको सामग्री सहयोग प्राप्त भएको जानकारी दिईएको थियो । प्रयोगशाला संचालनमा आएपछि मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर २, वडा नम्बर ६, ७ र ८ नम्बर वडाका बासिन्दाले सेवा पाउने भएका छन् ।
कार्यक्रममा स्वास्थ्य चौकीबाट २ नम्बर प्रदेशमा सरुवा हुनु भएका हेल्थ असिस्टेन्ट प्रमोद रौनियार, अनमी विनिताकुमारी मण्डललाई विदाई गरिएको थियो भने अहेव लक्ष्मण दाहाल, इन्दिरा मैनाली र ल्याव असिष्टेन्ट संगिता तिमल्सिनालाई स्वागत गरिएको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















