Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

सांसद बानियाँद्वारा ३ करोडको योजना बाँडफाँड

Indra-Baniya-1573479055.jpg

२५ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतका योजना बाँडफाँड गरेका छन् । बानियाँको संयोजकत्वमा बसेको बैठकले मकवानपुर क्षेत्र नम्बर २ अन्तरगत प्रदेशसभा २ को ३ करोड रुपैँयाको १३ वटा योजनाहरु बाँडफाँड गरेको हो ।
बैठकले ४ वटा योजना ५०/५० लाख रुपैँयाको र ८ वटा योजना १० लाख  र एउटा २० लाख रुपैँयाको रुपैँयाको बाँडफाँड गरेको छ । बैठकले कैलाश गाउँपालिका वडा नम्बर २ को बैकुण्ठ–खोलाखर्क–छ्याङ्दुङ सडक स्तरोन्नति, मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको  अग्निहोत्रा आश्रम भवन निर्माण, राक्सिरा गाउँपालिका वडा नमबर ५ को बोटवारी परेवाभिर जोड्ने सडक र मनहरी गाउँपालिका वडा नम्बर ५ को दरदरा बसन्तपुर सडकका लागि ५०/५० लाख रुपैँया बजेट बाँडफाँड गरेको छ । हेटौँडा–१९ को डोदोन छोईलिङ बौद्ध गुम्बा पूर्वाधार निर्माणका लागि २० लाख रुपैंया बाँडफाड भएको छ । 
त्यसैगरी, हेटौँडा–१९ को शेर–शेर डुमारे सडक, हेटौँडा–१९ कै लेवट लेखपाति ज्यामिरे जोड्ने सडक, मनहरी गाउँपालिका वडा नम्बर ७ को पेमा छोईलिङ बौद्ध विहार गुम्बा पूर्वाधार निर्माण, कैलाश गाउँपालिका वडा नम्बर ४ को बेलटार–धुस्राङ–गरखाल मोटरबाटो स्तारोन्नतिका लागि १०/१० लाख बाँडफाँड गरेको छ । योजनाहरु चालु आर्थिक बर्ष २०७६/०७७ मा कार्यान्वयन हुनेछन् ।
बैठकले राक्सिराङ गाउँपालिका वडा नम्बर ९ को तर्लिङताल्ती सडक ट्रयाक खोल्ने कार्य, मनहरी गाउँपालिका वडा नम्बर ९ को सुवेदी टोल खानेपानी आयोजना, मनहरी गाउँपालिका वडा नम्बर ५ को वण्डेश्वर महादेव मन्दिर पूर्वाधार निर्माण र हेटौँडा–३ को फडिङचोक सिंचाई आयोजनाका लागि १०/१० लाख रुपैँया बाँडफाँड गरेको छ ।
प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको बैठकमा प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, ओम घलान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेति, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तान, जिल्ला समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा आएर माधव नेपालले भने:नेकपा (एस) मा जनलहर बढेको छ
IMG_20240427_211139-1714231703.jpg

१५ बैशाख, हेटौंडा।  नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...

भोलीबाट कान्तिलोकपथ १ महिना अझै बन्द रहने, दिउँसो ३ घण्टा मात्र खुल्ने
IMG_20240311_091120-1714227704.jpg

  १५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...

आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

थप समाचार