Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

चौकीटोल क्षेत्रमा डोजर चल्यो, वडाध्यक्ष भन्छन् ‘राम्रो काम’

Chaukitol-1574576954.jpg

८ मंसिर, हेटौँडा । हेटौंडा बजार क्षेत्रको २५ मिटर सडक विस्तार हुने वा नहुने भन्ने बारेमा चर्चा चलिरहँदा हेटौँडा–१ चौकीटोल क्षेत्रमा डोजर चल्न शुरु भएको छ । 
३ नम्बर प्रदेश सरकारको १३ करोड रुपैयाँ लगानीमा चौकीटोलदेखि कर्रा पुलसम्मको क्षेत्रमा सडक विस्तारका लागि डोजर चल्न शुरु भएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय चितवनले कार्यान्वयन गर्ने गरी सो कामको ठेक्का गजुरमुखी शिवशक्ति निशान जेभीले पाएको छ । 
प्रदेश सरकारको लगानीमा चौकीटोलदेखि हेटौंडा–१० कर्रापुलसम्म राप्तिखोला किनारमा २.३ किलोमिटर सडक विस्तारको काम शुरु भएको बताउँदै हेटौंडा–१ का वडा अध्यक्ष सविन न्यौपानेले सडक विस्तारले चौकीटोलदेखि कर्रापुलसम्मको बस्ति, अस्पताल लगायतका भौतिक संरचनाको सुरक्षामा सहयोग पुग्ने बताए । उनले यसले बजार क्षेत्रमा हुने सवारी चाप व्यवस्थापनमा पनि महत्वपूर्ण योगदान दिने भएकाले सडक विस्तार राम्रो काम भएको बताए ।
उनले यो क्षेत्र सधैं राप्ति खोलाको बाढिको चपेटामा पर्ने भएकाले ड्याम बनाई सडक विस्तार हुँदा बस्ती जोगाउन पनि फलदायी हुने बताए । यसअघि पटक पटक बस्ति संरक्षणका लागि विभिन्न निकायमा पुगेको भन्दै उनले अहिलेको कामले बस्ति जोगिनुका साथै यातायात पूर्वाधार तयार हुने बताए । उनले कामको गुणस्तरीयताको निगरानीमा वडा कार्यालय र त्यस क्षेत्रका स्थानीय सक्रिय रहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार